Dictionary

All Word

85651 शिरोवर्ती वि. श्रद्धा र सम्मान गर्नुपर्ने, सर्वश्रेष्ठ, सर्वोत्तम।
85652 शिरोवर्ती वि. २. शिरमा रहेको वा रहन लायक।
85653 शिरोवर्ती वि. ना ३. आदरणीय व्यक्ति, प्रधान पुरुष।
85654 शिरोवेष्टन ना. शिरमा गुतिने फेटा, पगरी।
85655 शिला ना. उच्छा सिला।
85656 शिला ना. पत्थर, ढुङ्गो।
85657 शिला ना. २. जाँतो, घट्ट।
85658 शिला ना. ३. संघारठेलो।
85659 शिलाखण्ड ना. ढुङ्गाको टुक्रो।
85660 शिलाजित ना. सूर्यको रापले तातेका विशेष किसिमका ढुङ्गाबाट निस्कने, कालो पग्लिएको पदार्।
85661 शिलान्यास ना. घर, मन्दिर आदि बनाउँदा साइतमा विधिपूर्वक पूजाआजा गरी जगमा ढुङ्गो, ईंट आदि राख्ने काम, गृहारम्भ।
85662 शिलापट ना. ढुङ्गाको पट वा आसन, ढुङ्गाको पाटी।
85663 शिलापत्र ना. शिलालेख।
85664 शिलालेख ना. चिरस्थायित्वका निम्ति शिलामा कुँदिएको कुनै विशेष विषयको प्रचार, प्रमाण आदि हुने लेख वा स्मारिका।
85665 शिलावृत्ति ना. सिला खोजेर गरिने जीवननिर्वाह,उच्छवृत्ति।
85666 शिल्प ना. नाना थरीका कलापूर्ण वस्तुहरू बनाउने, बुट्टा भर्ने आदि हातको कला वा सिप, हस्तकला, कालिगडी।
85667 शिल्प ना. २. कुनै काम तह मिलाएर गर्ने ढाँचा।
85668 शिल्प उद्योग ना. शिल्पसम्बन्धी कुरा वा हस्तकलाको उद्योग।
85669 शिल्पक ना. अठार उपरूपकमध्ये एक तथा शान्त र हास्यरसबाहेक अरू रस हुने, मसान आदिको वर्णन गरिने, नायक ब्राह्मण र उपनायक नीच पात्र भएको, चारअङ्के उपरूपक।
85670 शिल्पकला ना. शिल्पसम्बन्धी कला, हस्तकला, कालिगडी।
85671 शिल्पकार ना. शिल्पसम्बन्धी वा हस्तकलाको काम गर्ने कालिगड,शिल्पी।
85672 शिल्पकारी ना. शिल्पकारको काम वा कौशल, कारिगरी।
85673 शिल्पकौशल ना. शिल्पकला।
85674 शिल्पगृह ना. शिल्पशाला।
85675 शिल्पजीवी ना. कारिगरीको कामबाट जीवनवृत्ति चलाउने व्यक्ति, कारिगर।
85676 शिल्पता/त्व ना. शिल्पको भाव, गुण वा धर्म।
85677 शिल्पवाद ना. साहित्यलाई शिल्पको कालिगड मान्ने र शिल्पलाई केवल प्रविधि मात्र नमानेर साहित्यकै पर्याय सम्झने, बीसौं शताब्दीको तेस्रो दशकमा अमेरिकामा प्रयोग भएको साहित्यिक सिद्धान्।
85678 शिल्पविद्या ना. शिल्पसम्बन्धी विद्या वा ज्ञान।
85679 शिल्पविधान ना. रचनात्मक अभिव्यक्तिका सन्दर्भमा आवश्यक कुरा कलात्मक एवं कुशलतापूर्वक प्रस्तुत गर्ने पद्धति वा ढाँचाकाँचा।
85680 शिल्पशाला ना. शिल्पसम्बन्धी काम गर्ने घर वा शिल्पविद्या सिकाउने विद्यालय।
85681 शिल्पशाला ना. २. शिल्पसम्बन्धी साधन वा वस्तुहरू राखिएको ठाउँ।
85682 शिल्पशास्त्र ना. शिल्पसम्बन्धी निर्माणका विधि लेखिएको वा कालिगडीको विवेचना गरिएको शास्त्र शिल्पविद्या।
85683 शिल्पशास्त्री ना. शिल्पसम्बन्धी शास्त्र वा प्रयोगकुशलताको ज्ञाता।
85684 शिल्पसज्जा ना. शिल्पले सजाउने काम हस्तकलाको सजावट।
85685 शिल्पिक वि. शिल्पकला वा कारिगरीसित सम्बन्धि।
85686 शिल्पिक वि. ना. २. शिल्पको काम गर्ने व्यक्ति, कालिगड।
85687 शिल्पिका ना. औषधीका रूपमा काम लिइने एक प्रकारको तृण।
85688 शिल्पी ना. शिल्पसम्बन्धी काम गर्ने व्यक्ति, शिल्पकार, कालिगड।
85689 शिल्पी ना. वि. २. शिल्पसम्बन्धी शिल्पको।
85690 शिल्पी ना. ३. शिल्पकलामा निपुण।
85691 शिव ना. हिन्दुका तीन प्रधान देवता- ब्रह्मा, विष्णु र महादेवमध्ये संहारकार्यका प्रतीक मानिएका प्रसिद्ध देवता रुद्र महादेव, शम्भु, पशुपति।
85692 शिव ना. २. मड्गल, कल्याण, आनन्द।
85693 शिव ना. ३. मुक्त हुने काम मुक्ति, मोक्ष।
85694 शिव ना. ४. विष्कम्भादि सत्ताइस योगमध्ये एक योग।
85695 शिव ना. ५. कालो धतुरो।
85696 शिव ना. ६. पानी, जल।
85697 शिवका ना. लिच्छविकालीन मुद्रा वा सिक्का।
85698 शिवगामी ना. मङ्गलकामना गरेर शिवको उपासना गर्ने व्यक्ति।
85699 शिवगिरि ना. कैलाश ( शिखर वा पर्वत)।
85700 शिव चतुर्दशी ना. शिवरात्रि।