Dictionary

All Word

85701 शिवता /त्व ना. शिव वा कल्याणको भाव, गुण वा धर्म।
85702 शिवता /त्व ना. २. अमरता मोक्ष।
85703 शिवनामी ना. शिव- शिव' आदि रूपमा शिवको नाममा छापिएको ओढ्ने, चद्दर वा बर्को।
85704 शिवपुराण ना. अठार महापुराणमध्ये शिवको महिमा वर्णन गरिएको एक पुराण, शैव पुराण।
85705 शिवपुरी ना. शिवलोक, कैलाश।
85706 शिवपुरी ना. २. वाराणसी।
85707 शिवपुरी ना. ३. काठमाडौं उपत्यकाको सोझो उत्तरमा रहेको एक पर्व।
85708 शिवबुटी ना. भाङ, गाँजा।
85709 शिवबुटी ना. (शिवले खाने वा शिवको नाम लिएर खाइने रूपमा )।
85710 शिवभक्त ना. शिवजीको भक्।
85711 शिवभक्त ना. २ वि. सं. १९८१ वैशाख १ गतेदेखि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरद्वारा नेपालमा दासप्रथाको उन्मूलन गर्दा पशुपतिनाथको सञ्चित धन उपयोग गरिएकाले त्यसै सन्दर्भमा अमलेख गरिएका कमारा - कमारीहरूलाई दिइएको उपनाम।
85712 शिवरात्रि ना. शिवको पूजाआजा गरिने, उत्सव मनाइने तथा व्रतउपवास आदि बसिने फागुन कृष्णचतुर्दशी तिथिको रात,शिवचतुर्दशी।
85713 शिवलिङ्ग ना. शिवको लिङ्गाकार रूप लिङ्गका रूपमा पुजिने शिवको मूर्ति वा प्रतीक।
85714 शिवलिङ्गी ना. पन्जाकार तथा कुनाकुना परेका पात हुने, लहरा वा पातका टुप्पामा धागाका छाँटका त्यान्द्रा देखिने, साना पहेंल्छ्या फूल फुल्ने, फर्सीको जस्तो एक जातको लहरो, त्यसै लहरामा फल्ने काँचोमा हरियोसेतो धर्सो र पाकेपछि रातो हुने गोल फल वा शिवलिङ्गका आकारको नाइटो हुने बिउ।
85715 शिवलोक ना. शिवजीको वास भएको लोक, कैलाश।
85716 शिववाहन ना. शिवजीको वाहन नन्दी नाउँको साँढे।
85717 शिवा ना. पार्वती, दुर्गा।
85718 शिवा ना. २. मोक्ष, मुक्ति।
85719 शिवालय ना. शिवको मूर्ति वा लिङ्ग स्थापित भएको मन्दिर, शिवमन्दिर, महादेवको देवल।
85720 शिवालय ना. २. शिवको वास हुने ठाउँ।
85721 शिवालिक ना. महाभारत पर्वतशृङ्खलादेखि दक्षिणपट्टि त्यसैको हाराहारीमा पूर्वपश्चिम केही टाढासम्म फिँजारिएको होचो पर्वतमाला, चुरे पहाड।
85722 शिवि ना. पुराणप्रसिद्ध एक दानशील राजाको नाम।
85723 शिवि ना. २. सिकारी जन्तु।
85724 शिवि ना. ३. भोजपत्र।
85725 शिविका ना. पाल्की, म्याना।
85726 शिविर ना. सेना रहने वा बस्ने ठाउँ छाउनी, ब्यारेक।
85727 शिविर ना. २. राजनीतिक आन्दोलन वा युद्धका सिलसिलामा कायम गरिने किल्ला, दुर्ग।
85728 शिविर ना. ३. यात्रा, पर्वतारोहण आदिका अवसरमा अस्थायी रूपमा पाल टाँगी बास कायम गरिने ठाउँ।
85729 शिशिर ना. छ ऋतुमध्ये अन्तिम वा हेमन्तपछिको ऋतु, माघ र फागुन महिनामा पर्ने ऋतु।
85730 शिशिर ना. वि. २. सर्दी जमेको, चिसो।
85731 शिशिर ऋतु ना. छ ऋतुमध्ये अन्तिम ऋतु, माघ र फागुन महिनामा पर्ने ऋतु।
85732 शिशु ना. जन्मेदेखि प्रायः पाँच वर्षसम्मका उमेरका बालक, नानी, बच्चो।
85733 शिशु ना. २. कुनै पनि पशुपक्षीको बच्चो (बाछो, छावा, केटो, चल्लो, बचरो इ.)।
85734 शिशु उद्यान ना. केटाकेटीलाई खेल्न, बस्न र मनोरञ्जन गर्नका निम्ति बनाइएको साधनयुक्त बगैँचा।
85735 शिशुकल्याण केन्द्र ना. केटाकेटीको स्वास्थ्यको संरक्षण, निरीक्षण वा उपचार आदि गरिने स्थान।
85736 शिशुता ना. बालकपन, बाल्यावस्था।
85737 शिशुत्व ना. शिशुता।
85738 शिशुपाल ना. युधिष्ठिरद्वारा राजसूय यज्ञ भइरहेका बेला द्वेष र दुर्वचनको फलस्वरूप कृष्णका हातबाट मारिने, चेदिदेशका राजाको नाम।
85739 शिशुपाल वध ना. कृष्णद्वारा शिशुपाललाई मारिएको कथाको विषय वर्णन भएको कविमाघनिर्मित संस्कृत भाषाको महाकाव्य।
85740 शिशुमार ना. सोंस नामको एक जलजन्तु।
85741 शिशुमार ना. २. पुछारमा ध्रुवतारा रहेको देखिने एक नक्षत्रमण्डल।
85742 शिशुमार चक्र ना. त्यस्ता नक्षत्रहरूको घेरो वा फन्को।
85743 शिशुरोग विशेषज्ञ ना. केटाकेटीहरूको रोग तथा निदानसम्बन्धी विशेष ज्ञान भएको व्यक्ति, बालकहरूको कुशल डाक्टर वा चिकित्सक।
85744 शिश्न ना. पुरुषको जननेन्द्रिय, लिङ्ग।
85745 शिष्ट वि. आनीबानी राम्रो भएको नियमअनुशासनमा रहने तथा सभ्यता र सौजन्यपूर्ण व्यवहार गर्ने।
85746 शिष्ट वि. २. सधाइएसिकाइएको, समुचित शिक्षादीक्षा पाएको, सभ्य।
85747 शिष्ट वि. ३. शान्त र नम्र स्वभावको।
85748 शिष्ट वि. ४. बाँकी रहेको शेष, रहल।
85749 शिष्ट वि. ना. ५. मान्य वा प्रतिष्ठित व्यक्ति, बुद्धिमान् पुरुष।
85750 शिष्टता ना. शिष्ट हुनाको भाव, गुण वा स्थिति।