Dictionary

All Word

85751 शिष्टप्रयोग ना. मर्यादित रूपको वा शिष्ट व्यक्तिलाई सुहाउने खालको प्रयोग (बोलाइ, लेखाइ आदिमा )।
85752 शिष्टमण्डल ना. मैत्री, सदभावना, सम्झौता, सुसम्बन्ध आदिका निम्ति कुनै विशिष्ट व्यक्तिको नेतृत्वमा अर्को देश वा सम्बन्धित तहमा जाने भद्र व्यक्तिहरूको समूह।
85753 शिष्टसमाज ना. शिष्ट वा सभ्य मानिसहरू बसेको समाज, सभ्यहरूको समूह।
85754 शिष्टसम्मत वि. शिष्ट जनद्वारा स्वीकृत वा अनुमोदित भलादमीहरूले अंगालेको।
85755 शिष्टाचार ना. आगन्तुकहरूप्रति अँगालिने मान- मर्यादासहितको राम्रो व्यवहार, आतिथ्य सत्कार।
85756 शिष्टाचार ना. २. शिष्ट वा सभ्य मानिसहरूको आचरण, सदाचार।
85757 शिष्टाचार महापाल ना. परराष्ट्र मन्त्रालयअन्तर्गत मित्रराष्ट्रका राजदूत वा अन्य प्रतिनिधिहरूको स्वागतका लागि खटिने विशिष्ट अधिकृत ( चिफ अफ प्रोटोकल)।
85758 शिष्टाचारी वि. शिष्ट आचरण वा सभ्य व्यवहार गर्ने, शिष्टाचारको पालन गर्ने।
85759 शिष्टाचारी वि. २. सदाचारी।
85760 शिष्टाचारी वि. ३. विनम्र, विनयशील।
85761 शिष्य ना. शिक्षकद्वारा कुनै किसिमको शिक्षा प्राप्त गर्ने व्यक्ति, विद्यार्थी, शिक्षार्थी।
85762 शिष्य ना. २. आफूले पढाएको वा सिकाएको व्यक्ति, चेलो।
85763 शिष्य ना. 3. आफूसँग कुनै धर्मको दीक्षा लिएको वा आफूले मन्त्र सुनाएको चेलो।
85764 शिष्य ना. वि. ४. सिकाउन सघाउन योग्य।
85765 शिष्यता/त्व ना. शिष्य हुनाको भाव वा अवस्था।
85766 शिष्य परम्परा ना. कुनै गुरुसम्प्रदायबाट चल्दै आएको शिष्यहरूको पुस्तैनी परम्परा, परम्परागत शिष्यमण्डली।
85767 शीकर ना. पानीका मसिना थोपाको समूह, छिटाछिटी, जलकण।
85768 शीकर ना. २ बतासमा उडेको पानीको थोप्लो ओस, शी।
85769 शीघ्र क्रि.वि. तुरुन्त चाँडो, झट्ट।
85770 शीघ्रकारी वि. शीघ्र काम गर्ने, काम गर्नमा तेजिलो।
85771 शीघ्रकारी वि. २. शीघ्र प्रभाव पार्ने (औषधी, भोजन आदि)।
85772 शीघ्रगामी वि. चाँडो हिँड्ने, द्रुतगामी।
85773 शीघ्रता/त्व ना. शीघ्र वा चाँडो हुने चाल वा स्थिति छिटोपना।
85774 शीघ्रातिशीघ्र क्रि.वि. अति चाँडो वा हुनेसम्मको छिटो,तुरुन्तातुरुन्त, छिटोभन्दा पनि छिटो।
85775 शीत ना. राती जमिन, रुख, पात आदिमा पर्ने पानीका ससाना थोप्ला, ओस।
85776 शीत ना. २. ठन्डीको अवस्था वा अनुभव, जाडो, चिसो।
85777 शीत ना. ३. नचलमलाउने, अल्सी।
85778 शीत कटिबन्ध ना. भूमध्यरेखादेखि ६६१ / २ अंश उत्तर र ६६१ / २ अंश दक्षिणदेखि ध्रुवप्रदेशसम्म पर्ने साह्रै चिसो रहने पृथ्वीका दुई भाग।
85779 शीतकण ना. राती वा जाडामा आकाशबाट परेको, टल्कने पानीका थोप्ला जलबिन्दु शी।
85780 शीतकर वि. चिसो वा ठण्डा गर्ने।
85781 शीतकर वि. ना. २. चन्द्रमा।
85782 शीतकर वि. ३. कपुर।
85783 शीतकरण ना. चिसो वा ठन्डा बनाउने प्रक्रिया।
85784 शीतकाल ना. जाडोको समय हिउँद याम (प्रायः मङ्सिर, पुस र माघ महिना वा हेमन्त ऋतुदेखि आधा शिशिर ऋतुसम्म)।
85785 शीतकालीन वि. जाडाको समयको जाडामा हुने, जाडोसम्बन्धी।
85786 शीतज्वर ना. साह्रै जाडो वा ठन्डी भएर चढ्ने एक किसिमको जरो काम।
85787 शीतप्रधान वि. धेरै शीत लाग्ने वा जाडो हुने (देश, ठाउँ आदि)।
85788 शीतप्रधान वि. २. सर्दी वा चिसो लाग्ने।
85789 शीतमण्डल ना. सुमेरु र कुमेरु वृत्तदेखि ध्रुवतर्फको जाडो क्षेत्र।
85790 शीत मरुभूमि ना. हिउँले ढाकिएको क्षेत्र।
85791 शीतयुद्ध ना. सेना र शस्त्रास्त्रको प्रत्यक्ष प्रयोग नभए तापनि राष्ट्रहरूका बिच भित्रभित्रै विरोध चल्ने र प्रकट रूपमा तानातान भइरहने तथा त्यस्तो नीतिले युद्धको भावना चर्कंदै जाने अवस्था वा कार्य।
85792 शीतल वि. जलवायुका संयोगले वा तापक्रम घट्नाले आनन्दलाग्दो भएको, शरीरलाई सन्च लाग्ने स्थितिको, ठिक्क खालको चिसो।
85793 शीतल वि. २. नतात्ने वा नजङ्गिने, सौम्य, नरम (स्वभाव)।
85794 शीतल वि. ३. नदुखाउने, सन्चो लाग्ने।
85795 शीतलगेडी ना. केराउका जत्रा राता, सेता, हरिया दाना हुने, प्रायः केटाकेटीले खाने गुलियो खानेकुरो।
85796 शीतलचिनी ना. हे. कबाफचिनी।
85797 शीतलता ना. शीतल हुनाको भाव वा स्थिति, सन्च लाग्ने चिसोपन।
85798 शीतलपाटी ना. बेत आदिका मसिना चोयाले बुनेको एक किसिमको मान्द्रो।
85799 शीतलपाटी ना. २. बोटका छेउछाउमा भएका गर्मीयाममा हावा लाग्ने, शीतल हुने पौवा वा पाटी।
85800 शीतलपाटी ना. ३. विश्रामस्थल।