Dictionary

All Word

85801 शीतलहरी ना. शीतप्रधान क्षेत्रमा चल्ने वा जाडो याममा बग्ने बर्फिलो चिसो हावा।
85802 शीतला ना. गर्मी चढेको बेला शरीरमा खटिरा निस्कने एक सङ्क्रामक रोग, बिफर।
85803 शीतला ना. २. बिफर रोगकी अधिष्ठात्री देवीको नाम।
85804 शीताङ्क ना. अधिकतम जलवाष्प ग्रहण गरिसकेको वायुको अवस्था, द्रवीकरण हुने स्थिति।
85805 शीताङ्ग ना. हातगोडा चिसो भएर आउने एक प्रकारको जरो,सन्निपातको जरो।
85806 शीताद्रि ना. हिमालय पर्वत, हिमाल।
85807 शीतार्द्र वि. शीत वा ओसले भिजेको।
85808 शीतोपचार ना. अत्यधिक चिसाको प्रयोगबाट रोगको उपचार गर्ने प्रक्रिया।
85809 शीतोष्ण वि. चिसो र न्यानो ठन्डा र गर्मी।
85810 शीतोष्ण प्रदेश ना. चिसोतातो बराबरी रहेको वा समान जलवायु भएको भूभाग।
85811 शीत्कार ना. अत्यधिक आनन्द वा आकस्मिक पीडाका क्षणमा मुखबाट निस्कने केवल 'सी-सी' को अव्यक्त ध्वनि।
85812 शीत्कार ना. सम्भोगका समयमा मुखबाट निस्कने आवाज।
85813 शीर्ण वि. खस्नु, छरिनु, फ्याँकिनु, फुट्नु आदिबाट नष्ट भएको, थोत्रिएको, मकाएको।
85814 शीर्ण वि. २. ओइलाएको सुकेको।
85815 शीर्ण वि. ३. रोगले खाएको, दुब्लाएको।
85816 शीर्णता/त्व ना. शीर्ण हुनाको भाव वा अवस्था।
85817 शीर्ष ना. कुनै विषयवस्तुको माथिल्लो भाग वा टुप्पो, टाउको, शिर।
85818 शीर्ष ना. २. मस्तक, ललाट, निधार।
85819 शीर्षक ना. लेख, निबन्ध, कविता आदिको शिरमा रहने नाम,टाउको।
85820 शीर्षक ना. २. टाउको जोगाउने वा ढाकिने वस्तु ( फेटा, टोपी, पगरी आदि)।
85821 शीर्षदेशना ना. जीवित व्यक्तिका टाउकाको नाप लिने प्रक्रिया।
85822 शीर्षबिन्दु ना. हे. शिरोबिन्दु।
85823 शीर्षरेखा अक्षरमाथि रहने सिधा रेखा, डिको।
85824 शीर्षस्थ वि. सबभन्दा माथि रहेको उपल्लोस्तरको।
85825 शीर्षस्य सम्मेलन ना. विभिन्न राष्ट्रका बिच हुने उच्चस्तरीय सम्मेलन।
85826 शीर्षस्थान ना. सबभन्दा उच्च वा माथिल्लो ठाउँ।
85827 शीर्षस्थान ना. २. भेरी अञ्चलको दुल्लुमा ज्वालादेवीको पश्चिमपट्टि रहेको ज्वाला निस्कने ठाउँ।
85828 शील ना. राम्रो बानीबेहोरा असल चालचलन, चरित्र, स्वभाव, प्रकृति।
85829 शील ना. २. जोडिएको, लागेको, अभ्यस्त, अनुरक्त आदि अर्थ दिई समासका अन्तमा प्रयोग हुने (जस्तो भ्रमणशील, स्नेहशील, सौन्दर्यशील इ.)।
85830 शुक ना. सुगा।
85831 शुक ना. २. शुकदेव।
85832 शुकदेव ना. शुकी (सुगी) का रूपमा पृथ्वीमा घुमेकी घृताची नामकी अप्सराबाट जन्मेका व्यासका छोरा प्रसिद्ध पुराणवाचक ज्ञानीका रूपमा प्रख्यात ऋषि।
85833 शुक्रबार ना. हे. सुक्रबार।
85834 शुक्ति ना. सिपी।
85835 शुक्ति ना. २. घुंगीकिरो।
85836 शुक्ति ना. ३. शङ्ख।
85837 शुक्ति ना. ४. खप्पर।
85838 शुक्तिका ना. सिपी।
85839 शुक्तिका ना. २. शरीररचना विज्ञानमा तख्ताकार वा कुनै वस्तु रहने, हाडको खोक्रो भागको नाम।
85840 शुक्र ना. आयतनका हिसाबले वा नवग्रहमध्ये छैटौँ ग्रह, भृगु।
85841 शुक्र ना. २. आफ्ना सञ्जीवनी मन्त्रले युद्धमा मारिएका राक्षसहरूलाई पुनर्जीवित गर्ने, राक्षसहरूका गुरु दैत्यगुरु शुक्राचार्य।
85842 शुक्र ना. ३. पुरुषको सन्तानोत्पादक मुख्य तत्त्व, वीर्य।
85843 शुक्र ना. ४. शुक्रवार।
85844 शुक्रकीट ना. शुक्रकीटाणु।
85845 शुक्र कीटाणु ना. पुरुषको परिपक्व तथा सन्तान उत्पादनको क्षमता भएको वीर्यकोष।
85846 शुक्रमेह ना. मूत्रेन्द्रियबाट शुक्र बगिरहने एक रोग।
85847 शुक्रवार शुक्रबार।
85848 शुक्रवासर ना. शुक्रवार, शुकवार।
85849 शुक्रवाहिनी वि. शुक्र वा वीर्य बग्ने।
85850 शुक्रवाहिनी नली ना. पुरुषको शरीरमा हुने शुक्र बग्ने नली।