Dictionary

All Word

85851 शुक्राचार्य ना. भृगु ऋषिका छोरा र दानवहरूका गुरु, प्रसिद्ध ऋषि।
85852 शुक्राणु ना. स्त्रीको गर्भमा प्रविष्ट भएर सन्तान उत्पादन गराउने पुरुषको वीर्यको अणु वा परिपक्व शुक्रकीट।
85853 शुक्ल वि. सेतो, उज्यालो, विशुद्ध।
85854 शुक्ल वि. ना. २. साठी संवत्सरमध्येको एक संवत्सर।
85855 शुक्ल वि. ३. ब्राह्मण र क्षत्रियहरूको एक उपाधि वा थर।
85856 शुक्ल पक्ष ना. औंसीपछिको परेवादेखि पूर्णिमासम्मका चन्द्रमाको कला र बिम्ब बढ्दै जाने पन्ध्र दिनको समूह, पूर्णिमापक्ष, सुदी।
85857 शुक्ल यजुर्वेद ना. शुक्लयजुर्वेद र कृष्णयजुर्वेदमध्ये एक।
85858 शुचि वि. चोखो, शुद्ध, पवित्र।
85859 शुण्ड ना. मत्ताहात्तीको गण्डस्थलबाट चुहिने सुगन्धी रस।
85860 शुण्ड ना. २. हात्तीको सुँड।
85861 शुदी ना. शुक्लदिवसको सङ्क्षिप्त रूप, सुदी।
85862 शुद्ध वि. धुलोमैलो, मिलावट आदि नभएको, स्वच्छ, निर्मल, चोखो, पवित्र।
85863 शुद्ध वि. २. छलकपट केही नभएको, निष्कपट।
85864 शुद्ध वि. ३. दाग वा दोष नभएको, निष्कलङ्क, निर्दोष।
85865 शुद्ध वि. ४. त्रुटि वा अशुद्धिरहित (वर्ण, शब्द, वाक्य, भाषा आदि), ठिक।
85866 शुद्ध वि. ५. केही नजान्ने वा धनजन केही नभएको, सुदाम।
85867 शुद्धता ना. शुद्ध हुनाका निम्ति चाहिने कुरो वा तत्त्व शुद्ध हुनाको भाव वा स्थिति, शुद्धपना।
85868 शुद्धबुद्ध ना. साह्रै सोझो प्रकृतिको, केही नजान्ने।
85869 शुद्धशान्ति ना. मृतकको आशौचबाट शुद्ध हुनलाई मरेका बाह्र वा तेह्र दिनमा गरिने होम, दान आदि कर्म, मृतकको जुठो चोख्याउने काम।
85870 शुद्धात्मा वि. हृदय शुद्ध भएको, मनमा छल, कपट, पाप आदि नभएको।
85871 शुद्धापहनुति ना. उपमेयलाई मिथ्या देखाई उपमानलाई नै सत्य प्रमाणित गरिने अर्थालङ्कार, अपहनुति अलङ्कारको एक भेद।
85872 शुद्धि ना. शुद्ध पार्ने काम,चोख्याउने काम।
85873 शुद्धि ना. २. पवित्रता, शुद्धता।
85874 शुद्धि ना. ३. सफाइ, स्वच्छता।
85875 शुद्धि ना. ४. कुनै प्रायश्चित्तपरक कर्म वा संस्कार, पवित्रीकरण।
85876 शुद्धिपत्र ना. पुस्तकपुस्तिकाहरूमा अशुद्ध छापिएका अक्षर, पद आदिको सङ्केत गरी सच्याएर छापिएको पत्र।
85877 शुद्धिपत्र ना. २. धर्म वा जातिबाट च्युत भएको व्यक्तिले प्रायश्चित्त गरी वा नगद तिरी धर्माधिकारीद्वारा पाएको प्रमाणपत्र, पतियापुर्जी।
85878 शुद्धीकरण ना. अशुद्धलाई शुद्ध गर्ने काम वा प्रक्रिया।
85879 शुद्धीकृत वि. शुद्ध गरिएको, सच्याइएको।
85880 शुद्धोदन ना. कपिलवस्तुका शाक्यवंशीय राजा तथा गौतम बुद्धका पिताको नाम।
85881 शुनःसेप ना. अजीगर्तनामक वैदिक ऋषिका माहिला छोरा, एक वैदिक ऋषि,(यिनलाई हेला गरेर शुनः सेप अर्थात् 'कुकुरको पुच्छर' भन्ने नाम राखिएको थियो। राजा हरिश्चन्द्रले नरबलि दिन लागेर पनि शुन सेपले ईश्वरको स्तुति गरी आफूलाई उम्काएपछि विश्वामित्रले यिनलाई धर्मपुत्र बनाएर 'देवरात' भन्ने नाम राखेका थिए)।
85882 शुभ वि. कल्याण गर्ने, मङ्गलमय, हितकारी, असल।
85883 शुभ वि. २. मनोहर, सुन्दर।
85884 शुभ वि. ना. ३ माङ्गलिकता, कल्याण।
85885 शुभ वि. ४. राम्रो भाग्य, अनुकूलता, फाप।
85886 शुभकर्म ना. भलो वा असल हुने काम, पुण्यकार्य।
85887 शुभकर्म ना. २. विवाह, व्रतबन्ध आदि धार्मिक कार्य, सत्कर्म।
85888 शुभकामना ना. भलाइको चाहना, शुभेच्छा।
85889 शुभकामना ना. २. कुनै विशेष पर्व वा अवसरमा साथीसँगाती वा इष्टमित्रहरूलाई कल्याण चिताई दिइने वा पठाइने सन्देश।
85890 शुभचिन्तक वि. कल्याणको कामना गर्ने, असल चिताउने, हितैषी।
85891 शुभदृष्टि ना. कुनै कामकुराप्रति असल चिताइने हेराइ, सुदृष्टि।
85892 शुभदृष्टि ना. २. राम्रो ग्रहको दृष्टि पर्ने काम।
85893 शुभम् ना. कुनै ग्रन्थ, चिठीपत्र, लिखत आदिको अन्तमा लेखिने मङ्गलसूचक शब्द।
85894 शुभमस्तु ना. कसैको कल्याण वा भलो चिताएर भनिने शब्द।
85895 शुभमस्तु ना. २. आशीर्वाद दिँदा प्रयोग गरिने शब्द कल्याण होस्।
85896 शुभाकाङ्क्षा ना. अरूको शुभ वा असल होस् भन्ने चाहना, शुभेच्छा।
85897 शुभाकाङ्क्षी वि. शुभाकाङ्क्षा गर्ने, कल्याण चाहने।
85898 शुभागमन ना. कल्याण वा मङ्गल हुने गरी भएको, कसैको आगमन भलो हुने आगमन (उदा. तपाईंको शुभागमनले म अत्यन्त हर्षित छु )।
85899 शुभाञ्जन ना. शोभाञ्जन वृक्ष, सैंजन।
85900 शुभाञ्जन ना. २. आँखालाई हित गर्ने गाजलविशेष।