Dictionary

All Word

85901 शुभारम्भ ना. कुनै कार्यको विधिवत् आरम्भ,असल कामको थालनी।
85902 शुभाशिष् / शुभाशीर्वाद ना. आफूभन्दा साना व्यक्तिलाई कल्याण चिताएर दिइने आशिष् ,हितकारी आसिक, मङ्गलकारी आशीर्वाद।
85903 शुभाशुभ वि. शुभ र अशुभ असल र खराब, राम्रोनराम्रो।
85904 शुभेच्छा ना. शुभ कुराको इच्छा वा चाहना, शुभकामना।
85905 शुभेच्छु / शुभेच्छुक वि. भलो चिताउने, शुभचिन्तक।
85906 शुभ्र वि. सेतो, टकटका।
85907 शुभ्र वि. २. चम्किलो, उज्यालो।
85908 शुभ्रता ना. शुभ्र हुनाको भाव, गुण वा स्थिति, सेतोपना, उज्यालोपना।
85909 शुल्क ना. यातायातका साधन, खासगरी बाटो, घाट आदिमा लाग्ने कर वा महसुल।
85910 शुल्क ना. २. कुनै वस्तुको उत्पत्ति, उपभोग, आयातनिर्यात आदि हुँदा सरकार वा राज्य, स्थानीय निकाय वा गा. वि. स. न. पा. आदि विविध निकाय वा कुनै अधिकृत संस्थान आदिले उठाउने वा लगाउने निर्दिष्ट रकम (जग्गाको तिरो, मालसामानको भन्सार, पानीबिजुली आदिको महसुल इ.)।
85911 शुल्क ना. ३. शैक्षिक, सामाजिक, धार्मिक आदि संस्थाहरूमा पठनपाठन वा अन्य कामका निम्ति प्रवेशका समयमा र मासिक, वार्षिक आदि रूपमा बुझाइने नियमानुसारको दस्तुर, फीस।
85912 शुल्क ना. ४. कुनै आंशिक काम गरेबापत दिइने ज्याला, पारिश्रमिक मजदुरी।
85913 शुल्क ना. ५. घर, सामान आदि उपभोग गरेबापत दिइने वा लिइने कबुलअनुसारको रकम) भाडा, किराया।
85914 शुल्क ना. ६. वैवाहिक कार्यमा रीतिरिवाजअनुसार कन्या वा वरपक्षलाई दिइने दस्तुर, दाइजो।
85915 शुल्कग्राही वि. शुल्क लिने वा उठाउने।
85916 शुश्रूषा ना. असक्त, रोगी र बालबच्चा आदिको स्याहार वा सुसार, टहल सेवा।
85917 शुश्रूषा ना. २. आज्ञापालन।
85918 शुश्रूषा ना. ३. कुनै कुरा सुन्ने वा जान्ने चाहना।
85919 शुश्रूषु वि. सुसार वा टहल गर्न इच्छा गर्ने, सेवा गर्ने।
85920 शुश्रूषु वि. २. आज्ञापालन गर्ने, आज्ञाकारी।
85921 शुश्रूषु वि. ३. सुन्न वा जान्न चाहने।
85922 शुषिर वि. प्वाल वा छिद्र भएको।
85923 शुषिर वि. ना. २. प्वाल, छिद्र, दुलो।
85924 शुषिर वाद्य ना. मुखले फुकेर बजाइने बाजा (बाँसुरी, सनई, मुरली आदि)।
85925 शुष्क वि. आगो, घाम आदिको रापले तातेर पानीको भाग वा चिसोपनजति निग्रिएको, सुकेको, सुक्खा २ मनोविनोद वा हँस्सीठट्टामा अभिरुचि नलिने बिरसिलो, नीरस।
85926 शुष्क वि. ३. अमिल्दो स्वभावको खस्रो।
85927 शुष्क वि. ४. कुनै सार नभएको।
85928 शुष्क वि. ५. चाख नलाग्ने, झर्कोलाग्दो।
85929 शुष्ककलह ना. कारण वा मतलबविनाको झगडा, व्यर्थको रडाको।
85930 शुष्कता ना. शुष्क हुनाको भाव वा स्थिति, सुक्खापन, बिरसिलोपन।
85931 शुष्कनरवानर ना. शिवालिक पर्वतशृङ्खलामा अश्मीभूत अस्थि अवशेषका रूपमा पाइएको मानवजस्तो देखिने वानर।
85932 शुष्काङ्ग वि. शरीर सुकेको, दुब्लो पातलो।
85933 शूक ना. कुनै वस्तुको तिखिएको चुच्चो भाग (झुस,टुँडो आदि)।
85934 शूकधान्य ना. लामो टुँडो हुने जातको कुनै अन्न ( गहुँ, जौ, धान आदि), जुँगेधान, जौ, गहुँ आदि।
85935 शूकर ना. सुँगुर।
85936 शूकर ना. २. बँदेल, वराह।
85937 शूद्र ना. आर्यहरूको वर्णव्यवस्थाअनुसार अन्तिम वा चौथो वर्ण, पहिले अछुत मानिएको परिगणित जाति हरिजन।
85938 शूद्रता ना. शूद्र हुनाको भाव वा अवस्था।
85939 शूद्रदेवता ना. पूषा।
85940 शून्य वि. गुदी वा सारवस्तु केही पनि नभएको, खाली, रित्तो,खोक्रो।
85941 शून्य वि. २. मानिसको बस्ती, हलचल आदि नभएको, सुनसान, निर्जन, एकान्।
85942 शून्य वि. ३. भौतिक रूप वा आकार नभएको, निराकार।
85943 शून्य वि. ४. वास्तविकता वा अस्तित्व नभएको।
85944 शून्य वि. ५. नभएको,रहित (समस्त पदका अन्तमा, जस्तो ज्ञानशून्य, भावशून्य इ. )।
85945 शून्य वि. ना. ६. खाली ठाउँ, आकाश, अन्तरिक्ष।
85946 शून्य वि. ७. गणितमा कुनै अङ्कको पछाडि हाल्दा त्यस अङ्कलाई दश गुना बढाउने र एक्लो प्रयोग हुँदा अभावको सूचक बन्ने गोलो चिह्न, बिन्दु ( ) ८. विज्ञानका अनुसार हावा पनि नभएको खाली ठाउँ।
85947 शून्य वि. हठयोगका अनुसार शरीरका आठ चक्रमध्ये सातौं चक्र १० केही पनि नहुने कुरो वा स्थिति, अभाव, अवास्तविकता।
85948 शून्य वि. ११. ब्रह्म।
85949 शून्यता ना. शून्य हुनाको भाव वा स्थिति,रित्तोपन।
85950 शून्यवाद ना. ईश्वर, आत्मा आदिको नित्य सत्ता नमान्ने र संसारलाई शून्य ठान्ने एक दार्शनिक सिद्धान्त बौद्धको माध्यमिक दर्शन।