Dictionary

All Word

85951 शून्यवाद ना. २. नास्तिक म।
85952 शून्यवादी वि. शून्यवादको अनुयायी।
85953 शून्यवादी वि. २. बौद्ध।
85954 शून्यवादी वि. ३. नास्तिक।
85955 शून्यसान्य वि. सुनसान।
85956 शून्यहृदय वि. प्रिय वस्तुको अभाव वा अन्य कुनै कारणले होसहवास हराएको।
85957 शून्यहृदय वि. २. मनमा दयामाया वा चेतना नभएको।
85958 शूर वि. डर नभएको, आँटिलो, साहसी, पराक्रमी।
85959 शूर वि. ना. २. वीर पुरुष, योद्धा।
85960 शूर वि. ३. कृष्णका बाजेको नाम।
85961 शूरता ना. शूर हुनाको गुण वा स्थिति, सूरोपन, शौर्य।
85962 शूरविद्या ना. युद्ध गर्ने वा युद्धकला सिकाउने विद्या।
85963 शूरवीर ना. साहसी योद्धा, ठुलो वीर।
85964 शूरवीर ना. वि. २. साह्रै आँटिलो,सूरो।
85965 शूरसेन ना. द्वापरयुगका मथुराका राजा र कृष्णका मामाबाजे।
85966 शूरसेन ना. २. व्रजभूमि वा त्यसका निवासी (वर्तमान मथुरा र त्यसका निकटको प्रदेश शूरसेन देश कहलाउँथ्यो र त्यस देशका सेनाहरू अति शूरा हुनाले राजाको नाम पनि शूरसेन नै थियो भनिन्छ)।
85967 शूर्प ना. अगाडि बिट नभएको र पछाडि बिट उचालिएको, मदेसमा प्रचलित, पुरानो चारकुने नाइलो।
85968 शूर्पणखा ना. नाइलाजस्ता नङ भएकी, रावणकी बहिनीको नाम।
85969 शूल ना. प्राचीन कालको भालाजस्तो तिखो र घोच्ने फलामे हतियार।
85970 शूल ना. २. पोल्ने मासुमा घुसारिने सुइरो।
85971 शूल ना. ३. वायु बिग्रनाले पेट आदि अङ्गमा हुने चर्को पीडा, सोला हान्ने रोग।
85972 शूल ना. ४. मानसिक वेदना, व्यथा, पीडा।
85973 शूल ना. ५. ज्योतिषशास्त्रअनुसार सत्ताइस योगमध्ये एक।
85974 शूल ना. ६. वास्तु वा मूर्तिमा तीन अमल बराबरको नाप, तीन अगुल, पर्वन्, रुद्राक्ष, अग्नि, गुण वा विद्यामध्ये कुनै एक बराबरको नाप।
85975 शूलपाणि ना. हातमा शूल लिने व्यक्ति।
85976 शूलपाणि ना. २. महादेव, शिव।
85977 शूलविद्या ना. वास्तु वा मूर्तिमा तीन अमल बराबरको नाप, तीन अङ्गुल, पर्वन्, रुद्राक्षि , शूल, अग्नि, गुण वा विद्या बराबरको नाप।
85978 शूली ना. ठुला अपराधीलाई गुदद्वारबाट रोपी माथिसम्म उनेर प्राणदण्ड दिइने, मालाजस्तो तिखो टुप्पो भएको प्राचीन हतियार,बातो।
85979 शूली ना. वि. २. त्रिशूल लिने (महादेव)।
85980 शूली ना. ३. शूलको रोग भएको।
85981 शृगाल ना. जम्वुक, स्याल।
85982 शृङ्खला ना. कुनै वस्तुको क्रम वा सिलसिला, मेसो,पङ्क्ति, लङ।
85983 शृङ्खला ना. २. धातु, विशेषतः फलामका मुन्द्री गाँसेर बनाइएको सिक्री वा साङ्लो, जन्जिर।
85984 शृङ्खलाबद्ध वि. शृङ्खला वा क्रम, लङ आदि मिलेको, सिलसिलेवार।
85985 शृङ्खलाबद्ध वि. २. सिक्री वा जन्जिरले बाँधिएको।
85986 शृङ्खलित वि. शृङ्खलामा राखिएको, क्रमबद्ध।
85987 शृङ्खलित वि. २. सिक्रीले उनिएको,जन्जिरमा बाँधिएको।
85988 शृङ्ग ना. सिङ।
85989 शृङ्ग ना. २. टाकुरो वा चुचुरो (जस्तो- पर्वतशृङ्ग)।
85990 शृङ्ग ना. ३. कुनै ठाडो वस्तुको अगिल्लो वा उपल्लो चुच्चो भाग (घरको धुरी, मन्दिरको गजुर, खुंडे जुनको चोसो वा कुन,स्तनको टुप्पो इ.)।
85991 शृङ्ग ना. ४. फुकेर बजाइने नरसिङ्गा वा भैंसी आदिका सिङको बाजा।
85992 शृङ्ग ना. ५. पानीको सिर्को, फोहरा, पचका।
85993 शृङ्गपूट ना. जुका परेका बालकहरूलाई खुवाइने जरायोको सिङ, पुट गरी बनाइएको प्रसिद्ध आयुर्वेदीय औषधी।
85994 शृङ्गार ना. शरीर वा कुनै वस्तुलाई राम्रो र आकर्षक पार्न सजाउनेसिंगार्ने काम, सजावट।
85995 शृङ्गार ना. २. शारीरिक शोभा बढाउन कोरीबाटी गरी लुगा, सिंदूर, गाजल, लिपिस्टिक आदि लाउने काम,सिंगारपटार।
85996 शृङ्गार ना. ३. शोभा बढाउने वस्तु, सिंगार गर्ने साधन।
85997 शृङ्गार ना. ४. काव्यमा वर्णित नौ प्रकारका रसमध्ये पहिलो र रति स्थायी भाव,नायकनायिका आलम्बनविभाव आदि हुने एक रस।
85998 शृङ्गार ना. (यो संयोग शृङ्गार र विप्रलम्भ शृङ्गार दुई किसिमको हुन्छ)।
85999 शृङ्गार ना. ५. सम्भोगको इच्छा, रसिकता, प्रेम।
86000 शृङ्गारक ना. प्रीति, प्रेम।