Dictionary

All Word

86001 शृङ्गारक ना. २. सिंदुर वि. ३. सिंगार्ने।
86002 शृङ्गार रस ना. काव्यका नव रसमध्ये एक रस, शृङ्गार।
86003 शृङ्गाराभास ना. नसुहाउँदो र अनुचित रूपमा शृङ्गारको वर्णन गर्दा हुने एक प्रकारको काव्यदोष।
86004 शृङ्गारिक वि. शृङ्गारको भावना भएको, शृङ्गारसम्बन्धी।
86005 शृङ्गारित वि. शृङ्गार गरिएको, सिंगारिएको।
86006 शृङ्गारित वि. २. शृङ्गार वा प्रेममा आसक्।
86007 शृङ्गारी वि. शृङ्गारयुक्त शृङ्गार गर्ने, सजिसजाउ।
86008 शृङ्गारी वि. ना. २. ठाँटिलो, रसिलो व्यक्ति।
86009 शृङ्गारी वि. 3. कामुक वा ढाँचाढर्रा पार्ने मानिस।
86010 शृङ्गी वि. सिङ हुने वा सिङ भएको, सिङालो (पशु)।
86011 शृङ्गी वि. २. सिङबाट बनेको वा सिङको (बाजा)।
86012 शृङ्गी वि. ना ३. पहाडको टाकुरो।
86013 शृङ्गी वि. ४. सिङ्गेमाछो।
86014 शेख ना. मुसलमानको पैगम्बर मुहम्मदका वंशजहरूले पाएको एक उपाधि।
86015 शेख ना. २. मुसलमानका प्रमुख चार वर्ग- शेख, सैयद, मुगल, पठानमध्ये श्रेष्ठ मानिने वर्ग।
86016 शेखर ना. शिरमा धारण गरिने वस्तु (टोपी, मुकुट, पगरी, किरीट आदि)।
86017 शेखर ना. २. शिखर, चुचुरो।
86018 शेखर ना. ३. टाउको, शिर।
86019 शेप ना. पुरुषको जननेन्द्रिय, लिङ्ग।
86020 शेप ना. २. पशुको रज।
86021 शेप ना. ३. पुच्छर।
86022 शेफालिका/ शेफाली ना. भेट्नैपिच्छे रहरका जस्ता पाँचपाँचवटा पात हुने एक जातको बोट वा माथि निलो र तल सेतो हुने त्यसको फूल।
86023 शेयर ना. हे. सेयर।
86024 शेर ना. हे. सेर (सिंह)।
86025 शेर ना. हे. सेर ( कविता )।
86026 शेष वि. बाँकी रहेको, बचेखुचेको, रहल।
86027 शेष वि. ना. २. छानेर बचेको वस्तु, छनौटो।
86028 शेष वि. ३. गणितमा भाग गर्दा वा ठुलो अङ्कबाट सानो अङ्क घटाउँदा बचेको अङ्क।
86029 शेष वि. ४. कुनै वस्तुको उपभोग गरिसकेपछि पनि रहेको थोरै अंश, निथारपिथार।
86030 शेष वि. ५. टुङ्गिने काम वा अवस्था समाप्ति, मरण, अन्त्य।
86031 शेष वि. ६. शेषनाग।
86032 शेषनाग ना. भगवान् विष्णुको शय्याका रूपमा परिकल्पना गरिएका सहस्र फणायुक्त नागराज, अनन्।
86033 शेषपछि क्रि. वि. मृत्युउप्रान्त ,मरेपछि, सेखपछि।
86034 शेषप्रश्न ना. ईश्वर, सृष्टिकर्ता, मरणउप्रान्तको स्थिति, वीज र फलको पौर्वापर्य आदिका बारेमा आजसम्म टुङ्गो लाग्न नसकेकाले उत्तर पाउन बाँकी रहेको, असम्भव प्रश्न।
86035 शेषशायी ना. विष्णु।
86036 शेषान्तर वि. शेष रहेको कुरो, परिणाम।
86037 शेषान्तर वि. २. भूतप्रेत, प्रेतात्मा (धामीझाँक्रीका बोलीमा )।
86038 शैक्षणिक वि. शिक्षणसम्बन्धी शिक्षणको, शिक्षणका प्रयोजनमा आउने।
86039 शैक्षिक वि. शिक्षासँग सम्बन्ध राख्ने, शिक्षासम्बन्धी।
86040 शैक्षिक वि. ना. २. शिक्षाशास्त्रको विशेषज्ञ।
86041 शैक्षिक भ्रमण ना. पाठ्यक्रममा निर्देश गरेअनुसार शिक्षाका विभिन्न क्रियाकलापमध्ये ऐतिहासिक, भौगोलिक, सामाजिक आदि विषयको अध्ययन अवलोकनका निम्ति शिक्षणसंस्थाबाट विद्यार्थीहरू सम्बन्धित स्थानमा घुम्न जाने काम।
86042 शैक्षिक सत्र ना. शिक्षायोजनाअनुसार विद्यालय महाविद्यालयमा नयाँ कक्षाको आरम्भ भएदेखि वर्ष दिनभित्र चालु रहने समयावधि।
86043 शैथिल्य ना. शिथिल हुने चाल वा स्थिति, शिथिलता, खुकुलोपन।
86044 शैथिल्य ना. २. निर्धोपन, कमजोरी।
86045 शैथिल्य ना. ३. नसर्ने वा लेसिने चाल, ढिलाइ, सुस्ती।
86046 शैल ना. शिला भएको वा शिलाबाट बनेको शिलासम्बन्धी।
86047 शैल ना. ना. २. पहाड, पर्व।
86048 शैलकन्या / कुमारी ना. हिमालयकी पुत्री पार्वती।
86049 शैलकूट ना. पहाडको चुचुरो, शिखर ,टाकुरो।
86050 शैलज वि. शैल वा पर्वतबाट उत्पन्न।