Dictionary

All Word

86051 शैलजा ना. पार्वती।
86052 शैलजा ना. २. दुर्गा।
86053 शैलपुत्री ना. नवदुर्गामध्ये एक, पार्वती।
86054 शैलशिखर ना. पहाडको टाकुरो, पर्वतको चुचुरो, शैलकूट।
86055 शैलाधिप / शैलाधिराज ना. हिमालय।
86056 शैली ना. विशेष किसिमले कुनै काम गर्ने प्रणाली वा पद्धति, काम गराइको ढाँचा, परिपाटी छाँटछन्द।
86057 शैली ना. २. असल शीलस्वभाव भएका व्यक्तिबाट हुने कुरो।
86058 शैली ना. ३. कुनै सिद्धान्त जस्तै भएर आएको रीति वा चलन।
86059 शैली ना. ४. साहित्यिक रचनामा लेखकका व्यक्तित्वगत विशेषताको छाप दिने वा विषयवस्तुका अनुकूल भाव अभिव्यक्त हुने खास ढाँचा।
86060 शैली ना. ( सरल शैली, तार्किक शैली, आलङ्कारिक शैली आदि)।
86061 शैलीकार ना. साहित्यिक रचनामा कुनै विशिष्ट तथा आकर्षक शैलीको निर्माता, शैलीको चमत्कार प्रदर्शित गर्ने व्यक्ति।
86062 शैली तत्त्व ना. लेखनका सन्दर्भमा कुनै पनि अनुभूत विषयवस्तुका अभिव्यक्तिलाई सुन्दर तथा प्रभावपूर्ण पार्नका निम्ति तरिकासाथ सजाइने विशिष्ट पदरचना।
86063 शैलेन्द्र ना. हिमालय पर्व।
86064 शैल्पिक वि. शिल्पसम्बन्धी शिल्पको।
86065 शैव वि. शिवसम्बन्धी, शिवको।
86066 शैव वि. ना. २. हिन्दुका मुख्य तीन (शैव, शाक्त, वैष्णव)सम्प्रदायमध्ये शिवलाई मान्ने सम्प्रदाय, शिवको उपासक, शिवभक्।
86067 शैव वि. ३. शिवपुराण।
86068 शैव वि. ४. पाशुपत अस्त्र।
86069 शैवपत्र ना. बेलपत्र।
86070 शैवल ना. हे. शैवाल।
86071 शैवलिनी ना. नदी, खोलो।
86072 शैवाल ना. पानीसिंवाली, झ्याउ।
86073 शैव्या ना. पुराणप्रसिद्ध राजा हरिश्चन्द्रकी पत्नी।
86074 शैशव ना. शिशुको अवस्था, बाल्यावस्था, बालकपन।
86075 शैशव ना. (तिम्रै शीतल बक्षस्थलमा यो कविको शैशवकाल बित्यो।-सिद्धिचरण, 'ओखलढुङ्गा')।
86076 शैशव ना. वि. २. शिशुसम्बन्धी, बालकको।
86077 शैशिर वि. शिशिर ऋतुमा हुने, शिशिर ऋतुसम्बन्धी।
86078 शोक ना. स्वजन वा प्रिय व्यक्तिको मृत्यु वा वियोगमा हुने मानसिक कष्ट, मनको पिर, सुर्ता चिन्ता।
86079 शोक ना. २. साहित्यमा करुणरस निसृत हुने स्थायी भाव।
86080 शोककाव्य ना. कुनै प्रिय वा गुणी व्यक्तिका वियोगमा हृदयको व्याकुलता अभिव्यञ्जित गरी लेखिएको, करुणरसप्रधान काव्य।
86081 शोकगीत ना. प्रिय व्यक्तिसँगको बिछोडमा शोक व्यक्त गर्दै गाइने गी।
86082 शोकपुस्तिका ना. कुनै विशिष्ट व्यक्तिको निधन हुँदा सम्बन्धित ठाउँमा गएर हार्दिक शोक व्यक्त गरी मन्तव्य लेख्ने वा हस्ताक्षर गर्ने पुस्तिका।
86083 शोक प्रस्ताव ना. कुनै विशिष्ट व्यक्तिको निधन भएकोमा दुःख व्यक्त गर्दै सभा, समिति आदिले पारित गर्ने प्रस्ताव।
86084 शोकसन्तप्त वि. आफन्त वा प्रिय व्यक्तिको वियोगमा व्याकुल भएको, शोकमा डुबेको।
86085 शोकसन्देश ना. शोकाकुल अवस्थामा शोकसन्तप्त व्यक्ति वा परिवारलाई दिइने वा पठाइने समवेदनाको सन्देश।
86086 शोकसभा ना. कुनै विशिष्ट व्यक्तिको निधनमा शोक व्यक्त गर्न गरिने सभा वा जमघट।
86087 शोकसमाचार ना. कसैका मृत्युको शोकसम्बन्धी खबर वा कुरो।
86088 शोका ना. नेपालको सुदूर पश्चिममा दार्चुला जिल्लाको उत्तरी भागमा र त्यसको पश्चिमपट्टिको भारतीय इलाकामा पनि बसोबास गर्ने एक जाति।
86089 शोकाकुल वि. शोकले छटपटाएको, दुःखले व्याकुल भएको, वेदनाग्रस्।
86090 शोकातुर वि. शोकले ग्रस्त भएको, शोकाकुल।
86091 शोकार्त वि. शोकले पीडित, शोकाकुल।
86092 शोच ना. सोच्ने काम, सोच।
86093 शोच ना. २. अफसोस, विलाप, चिन्ता।
86094 शोचनीय वि. चिन्ता गर्नुपर्ने,चिन्तनीय।
86095 शोचनीय वि. २. विचार पुऱ्याउनुपर्ने, विचारणीय।
86096 शोच्य वि. शोचनीय।
86097 शोण वि. गाढा रातो, लाल।
86098 शोण वि. ना. २. रातो रङ, लाल।
86099 शोण वि. ३. भारतको बिहार प्रान्तमा बग्ने तथा पटनानजिकै गङ्गामा मिल्ने एक नदी।
86100 शोणित वि. रातो वर्णको लाल, लोहि।