Dictionary

All Word

8701 गन्दा वि. फोहरमैला भएको; घिनलाग्दो दुर्गन्धपूर्ण।
8702 गन्ध ना. १. नाकद्वारा चाल पाउन सकिने, हावामा मिलेर फिँजिएको कुनै वस्तुका सूक्ष्मकणहरूको प्रसार; वासन; बास; महक; बास्ना।
8703 गन्ध ना. २. पञ्चमहाभूत (पृथ्वी, जल, तेज, वायु, आकाश) मध्ये पृथ्वीको गुण।
8704 गन्ध ना. ३. पञ्चतन्मात्रा (शब्द, स्पर्श, रूप, रस, गन्ध) मध्ये एक।
8705 गन्ध ना. ४. थोरै मात्रा, सारै थोरै अंश; लेश।
8706 गन्ध ना. ५. दुर्गन्ध; हरक।
8707 गन्ध ना. ६. कुनै कुराको साह्रै मसिनु रूपले वा लक्षणद्वारा मात्र भएको ज्ञान।
8708 गन्धक ना. बारुद आदि विष्फोटक पदार्थमा र कीटाणुनाशक विषालु औषधीमा प्रयोग हुने, तिखो हरक र पहेँलो रङ भएको एक खनिज पदार्थ वा उपधातु।
8709 गन्धकाकुली ना. मञ्जरीका रूपमा खैराखैरा फूल फुल्ने र एउटै भेट्नामा धेरै लामालामा पात हुने, गरम, त्रिदोषनाशक,विषनाशक र ज्वरनाशक गुण भएको आयुर्वेदिक बुटी।
8710 गन्धतॄण ना. बाबियाको जस्तै पात हुने र सानो सेतो रङको फूल फुल्ने सुगन्धी घाँस; तेलीबाबियो।
8711 गन्धद्रव्य ना. १. मिठो बास्ना चल्ने पदार्।
8712 गन्धद्रव्य ना. २. आफूमा रहेको सुगन्धले अन्य वस्तुलाई समेत सुगन्धित पार्ने वस्तु (श्रीखण्ड, कस्तूरी, केशर इ.)।
8713 गन्धराज ना. खुर्सानीफूल जस्तै लहरामा फुल्ने, हल्का रामतिलक जस्तै वा सेतो रङको हुने, मिठो बास्ना आउने एक जातको लाम्चो फूल।
8714 गन्धर्व ना. १. गाउने र बजाउने कलामा प्रवीण एक देवयोनि।
8715 गन्धर्व ना. २. गानबजान नै पेसा भएको एक जाति; गाइने।
8716 गन्धर्व नगर ना. १. महाभारतप्रसिद्ध गन्धर्वहरूको बस्ती वा राजधानी।
8717 गन्धर्व नगर ना. २. वायुमा आएको उष्णताको प्रभावले आकाशमा परेको प्रतिबिम्ब जलथलमा अनुबिम्बित हुन जाँदा देखिने सहर, ग्राम, जङ्गल आदिको दृश्य।
8718 गन्धर्व नगर ना. ३. काल्पनिक नगर; मिथ्यालोक |
8719 गन्धर्व नगर ना. ४. अवास्तविक वस्तुमा पनि हुने वास्तविकताको भान।
8720 गन्धर्व नगर ना. ५. चन्द्रमण्डल |
8721 गन्धर्व विद्या ना. गानबजानसम्बन्धी विद्या; सङ्गीतशास्त्र।
8722 गन्धर्व विवाह ना. हिन्दू धर्मशास्त्र (मनुस्मृति) का अनुसार आठ प्रकारका विवाहमध्ये आमाबाबुको अनुमति नलिई प्रेम भएका केटा र केटीका आफ्नै राजीखुसीले गरिने विवाह, प्रेमविवाह।
8723 गन्धर्व वेद ना. चार उपवेदमध्ये एक वेद; गन्धर्वविद्या; सङ्गीतशास्त्र।
8724 गन्धवह ना. १. हावा; वायु।
8725 गन्धवह ना. २. श्रीखण्ड; चन्दन।
8726 गन्धवह ना. वि. ३. गन्ध लैजाने; गन्धवाहक।
8727 गन्धवह ना. ४. सुगन्धि।
8728 गन्धाक्षत ना. १. चन्दन, अक्षता आदि पूजाका सरसामान।
8729 गन्धाक्षत ना. २. पूजासामानद्वारा देवता, ब्राह्मण आदिलाई टीका लगाइदिने काम।
8730 गन्धाक्षती ना. जनश्रुतिअनुसार विधवाका माइतीले दियोकलश पुजेर दिएको उत्तम जैसीमा गनिने सन्तान।
8731 गन्धालु वि. बास्ना आउने; बास्नादार; गन्धयुक्।
8732 गन्धिलो वि. गन्ध भएको; गन्धयुक्।
8733 गन्धी वि. १. बास्ना आउने; गन्धयुक्त; सुवासि।
8734 गन्धी वि. ना. २. बास्नादार वस्तुको व्यापार गर्ने व्यक्ति।
8735 गन्धे वि. १. दुर्गन्धी; फोहरमैला भएको।
8736 गन्धे वि. ना. २. सार्की आदिलाई होच्याएर गाली गर्ने गरिएको शब्द।
8737 गन्धे वि. स्त्री. गन्धिनी; गन्धेनी।
8738 गन्धे वि. ३. पानका आकारका केही ठुला पात हुने, बिचमा पहेँला रङका घोगाजस्ता कर्णिकारमा सेता फूल र घोगाकै आकारका फल फल्ने, जरो, अरुचि, कफ तथा पित्तनाशक र पथ्य गुण भएको एक बुटी |
8739 गन्धे झार ना. १. सेता वा नीला रङका ससाना फूल फुल्ने एक किसिमको झार; गोब्रेझार।
8740 गन्धे झार ना. २. गनाउने भार।
8741 गन्नेमान्ने वि. समाजमा मर्यादित तथा प्रतिष्ठित; ठुलाठालू; भलाद्मी।
8742 गन्हाइ ना. गन्हाउने भाव, क्रिया वा प्रक्रिया |
8743 गन्हाइनु अ.क्रि. दुर्गन्ध आइनु।
8744 गन्हाउनु अ.क्रि. दुर्गन्ध आउनु, दुर्नाम चल्नु।
8745 गन्हाउने ना. गर्भवती आइमाईलाई हुने अरुचि, औसाने।
8746 गप्फड वि. महाको गफी; गफाडी।
8747 गप्फा ना. मुखमा नअटाएसम्मको ठुलो गाँस; गप्फू।
8748 गप्फु वि. ठुलो घाँटी भएको गर्धने।
8749 गप्फू ना. मुखमा नअटाएसम्मको ठुलो गाँस; गप्फू।
8750 गप्फू वि. ठुलो घाँटी भएको गर्धने।