Dictionary

All Word

86101 शोणित चन्दन ना. रातो चन्दन।
86102 शोणितपुर ना. बाणासुरको नगर।
86103 शोणितपुर ना. २. काठमाडौंदेखि दक्षिणपश्चिममा रहेको एक प्राचीन बस्ती ( थानकोट)।
86104 शोथ ना. पित्त, वायु आदिको प्रकोपद्वारा शरीरको कुनै अङ्ग सुनिने रोग, सुज।
86105 शोध ना. शुद्ध पार्ने वा चोख्याउने काम, शुद्धिसंस्कार।
86106 शोध ना. २. रिन तिर्ने काम।
86107 शोध ना. ३. कुनै विषयमा गहन अध्ययनका साथ गरिनेखोज, अनुसन्धान।
86108 शोध ना. ४. साटो फेर्ने काम, बदला।
86109 शोधक वि. शुद्ध पार्ने वा चोख्याउने।
86110 शोधक वि. २. रिन फस्र्योट गर्ने।
86111 शोधक वि. ३. खोज वा अनुसन्धान गर्ने, शोधकर्ता।
86112 शोधक वि. ४. शुद्धि वा संशोधन गर्ने।
86113 शोधकर्ता वि. शोध गर्ने वा शुद्ध पार्ने (व्यक्ति)।
86114 शोधकर्ता वि. २. भर्ताल दिने (मानिस)।
86115 शोधकार वि. हे. शोधकर्ता।
86116 शोधकार्य ना. कुनै विषयमा विशेषतः विश्वविद्यालय तहका स्नातकोत्तर वा विद्यावारिधिजस्ता उच्च र विशिष्ट उपाधिका निम्ति स्वीकृति लिएर शोधप्रबन्ध वा शोधग्रन्थ तयार पार्न गरिने प्रारम्भिक वा पूर्वकार्य।
86117 शोधन ना. शुद्ध पार्ने काम,शुद्धगराइ।
86118 शोधन ना. २. शोध गर्ने काम,अनुसन्धान।
86119 शोधन ना. ३. धातु आदि चम्काउने वा उजिल्याउने काम।
86120 शोध निर्देशक ना. शोधकार्य गर्ने, शोधार्थीलाई आवश्यक निर्देशन दिने वा मार्गदर्शन गर्ने व्यक्ति, अनुसन्धाननिर्देशक।
86121 शोध निर्देशक ना. २. कुनै विषयको ज्ञान सूचनात्मक रूपमा प्रदान गर्ने ग्रन्थ प्रश्नोत्तरका रूपमा विषयवस्तुको ज्ञान गराउने पुस्तक।
86122 शोधनीय वि. शोधन गर्न योग्य।
86123 शोधनीय वि. २. शोधन वा शुद्ध गर्न सकिने।
86124 शोधपत्र ना. निर्देशकका अन्तर्गत रहेर शोधार्थीले कुनै विषयमा आफ्नो शोधकार्य पूरा गरी तयार पार्ने गहन लेख वा पत्र।
86125 शोधपरक वि. शोधका रूपमा गरेको वा शोधलाई विशेष जोड दिइएको ( लेख, ग्रन्थ आदि)।
86126 शोधप्रबन्ध ना. शोधका आधारमा प्राप्त जानकारीलाई सङ्कलित गरेर लेखिएको प्रबन्ध, शोधपत्र।
86127 शोधभर्ना ना. कुनै विषय वा शीर्षकअन्तर्गत खर्च हुने रकम अर्कातिर खर्च गर्नुपर्दा पछि सो रकमान्तर भएको हिसाब पूरा गर्ने काम सट्टाभर्ना।
86128 शोधार्थी ना. कुनै विषयमा शोध वा अनुसन्धान गर्न चाहने वा गरिरहेको व्यक्ति वा छात्र।
86129 शोधित वि. शोध गरिएको।
86130 शोधित वि. २. शुद्ध पारिएको, सुधारिएको।
86131 शोधित वि. ३. चुक्ता गरिएको, तिरिएको।
86132 शोध्य वि. हे. शोधनीय।
86133 शोध्यपत्र ना. छाप्नुभन्दा पहिलेका अशुद्धिहरू ठिक पार्न तयार गरिने, कुनै छापिने लेख वा किताबको नमुना प्रुफ।
86134 शोभन ना. राम्रोपन, सुन्दरता, शोभा, कान्ति।
86135 शोभन ना. २. ज्योतिषशास्त्रका अनुसार सत्ताइस योगमध्येको एक योग।
86136 शोभन ना. वि. ३. राम्रो लाग्ने, मनोहर, सुन्दर, चमकदार।
86137 शोभा ना. व्यक्ति, वस्तु वा सभा, कार्यक्रममा हुने सौन्दर्य,सुन्दरता।
86138 शोभा ना. २. चमक, कान्ति वा प्रकाश।
86139 शोभा ना. ३. भव्यता।
86140 शोभाञ्जन ना. सजिवनको बोट वा त्यसमा फल्ने कोसो।
86141 शोभान्वित वि. शोभाले युक्।
86142 शोभायमान वि. शोभा बढाइरहेको, धेरै सुहाएको, राम्ररी खुलेको।
86143 शोभायात्रा ना. कुनै सांस्कृतिक-सामाजिक उत्सव वा विशिष्ट व्यक्तिका अभिनन्दनमा निकालिने जुलुस।
86144 शोभायात्रा ना. २ जन्ती,बरियाँ।
86145 शोभित वि. शोभाले पूर्ण, शोभायुक्त, सुहाएको , खुलेको।
86146 शोभित वि. २. सजिएको वा सजाइएको, सजिसजाउ।
86147 शोषक वि. पानी, रस, चिसो आदि सुकाउने, सोस्ने सुक्खा पार्ने।
86148 शोषक वि. २. जुक्ति, बल आदि लगाएर अरूको धनसम्पत्ति, श्रम, उत्पादन आदि तान्ने वा चुस्ने, धुताहा, चुसाहा।
86149 शोषण ना. कुनै तातो वस्तुद्वारा पानी, रस, चिसो आदिको सोसाइ सुक्ने वा सुकाउने काम।
86150 शोषण ना. २. अरूको, खास गरी आफ्ना अधीनमा रहेका निर्धानिमुखा व्यक्तिहरूका गुण, काम, परिश्रम, उत्पादन, आय आदिबाट व्यक्तिगत स्वार्थ पूरा गर्न उठाइने अनुचित लाभ, चुस्ने वा धुत्ने काम, चुसाइ।