Dictionary

All Word

86151 शोषण रहित वि. कसैले कसैलाई थिचोमिचो गर्न नपाउने वा कुनै पनि प्रकारको शोषण नभएको (समाज)।
86152 शोषणी ना. लेख्ता वा रेखा खिच्दा बढी भएको मसी सोस्ने कागत सोस्ता।
86153 शोषणीय वि. शोषण हुने वा हुन सक्ने, चुसिने।
86154 शोषणीय वि. २. चुस्न लायक, शोषण गर्न योग्य।
86155 शोषित वि. सुक्खा पारिएको, सुकाइएको।
86156 शोषित वि. २. अनुचित रूपमा सोस्ने काम गरिएको, चुसिएको, शोषणमा परेको।
86157 शौक ना. हे. सोख।
86158 शौच ना. शास्त्रले बताएअनुसार खानपान, आचरण, व्यवहार आदि सबै शुद्ध राख्ने काम स्वच्छता, पवित्रता।
86159 शौच ना. २. सूतक, जुठो आदिबाट चोखिने काम।
86160 शौच ना. ३. दिसापिसाप आदि गर्ने काम।
86161 शौचागार / शौचालय ना. दिसापिसाप गर्ने ठाउँ, पाइखाना, चर्पी,हगनगौंडी।
86162 शौनक ना. ऋग्वेदको प्रातिशाख्य तथा अन्य अनेक वैदिक रचनाका प्रणेता, पुराणप्रसिद्ध, नैमिषारण्यवासी एक महर्षि।
86163 शौरसेनी ना. प्राचीन समयमा भारतको शूरसेन (वर्तमान मथुरा र त्यसको छेउछाउ ) देश वा प्रदेशमा बोलिने शिष्ट प्राकृत भाषा।
86164 शौरसेनी ना. वि. २. शूरसेन देशको वा त्यहाँ चलेको, शूरसेनसम्बन्धी।
86165 शौर्य ना. सूरोपन, वीरता, बहादुरी, पराक्रम।
86166 शौल्किक ना. लिच्छविकालीन भन्सारचौकीको अधिकारी।
86167 श्मशान ना. मसान, मरनघाट।
86168 श्याम वि. कालो र निलो मिसाउँदा हुने रङको, हल्का कालो, कल्साउँदो, साँवलो।
86169 श्याम वि. २. गाढा हरियो ना. ३. कृष्ण।
86170 श्याम वि. ४. कालो रङ।
86171 श्याम वि. ५. बादल, मेघ।
86172 श्यामकर्ण ना. सबै शरीर सेतो र कानमात्र कालो भएको, उत्तम जातको घोडा।
86173 श्यामकर्ण ना. (यस्तो घोडा फापिलो र अश्वमेध यज्ञका निम्ति उपयोगी मानिन्छ)।
86174 श्यामकर्ने ना. श्यामकर्ण।
86175 श्यामकली ना. कमलो डाँठमा उँधो फर्केर फुल्ने, बाहिरी पात रातो र भित्री गुभो बैजनी रङको हुने, एक जातको फूल।
86176 श्यामकली ना. २. गीतको एक राग वा लय।
86177 श्यामकली ना. (उदा. रामकली गाए पनि श्यामकली गाए पनि बुढीलाई गोसाईंथान उखान )।
86178 श्यामल वि. हल्का कालो वर्णको, अलिअलि कालो, साँवलो।
86179 श्यामलता ना. हल्का कालोपन।
86180 श्यामलिमा ना. कालिमा, श्यामलता।
86181 श्याम व्यङ्ग्य वि. मानवीय जीवनका सङ्गत- असङ्गत आदि प्रतिनिधिमूलक घटना र पात्रका माध्यमबाट एकै पटक विरोधाभासपूर्ण प्रभाव पारी मर्माहत तुल्याउने तथा युगीन परिवेशमा व्याप्त विसति र विकृतिप्रति स्वैरकल्पनाको समेत प्रयोग गरेर कटु मनोविनोदात्मक पाराले व्यङ्ग्य प्रहार गर्ने बीसौं शदीमा पश्चिमी मुलुकको आधुनिकोत्तर आख्यान साहित्यमा देखापरेको अरू व्यङ्ग्यभन्दा बढी भेदक र सशक्त व्यङ्ग्य, ब्ल्याक ह्युमर।
86182 श्यामसाही ना. अम्खोरा।
86183 श्यामसुन्दर ना. कृष्ण, वासुदेव।
86184 श्यामा ना. सोह्रवर्षे बाला।
86185 श्यामा ना. २. राधा, राधिका।
86186 श्यामा ना. ३. काली,दुर्गा।
86187 श्यामा ना. ४. कालो वर्णकी स्त्री।
86188 श्यामा ना. ५. सन्तान पैदा नगरेकी स्त्री।
86189 श्यामा ना. ६. काली गाई।
86190 श्यामा ना. ७. कृष्णपक्षको रा।
86191 श्यामा ना. ८. मिठो बोली बोल्ने कालो रङको प्रसिद्ध चरो, पोथी कोइली।
86192 श्यामा ना. धानबारीमा हुने, धानकै जस्तो बोट भएको र झन्डै उस्तै गेडा फल्ने बुटे झार।
86193 श्यामिका ना. कालोपन, कालिमा, श्यामलता।
86194 श्रद्धा ना. देखिएको वा नदेखिएको कुनै पनि आदर्श गुण, विशिष्ट कुरा, महत्त्व, शक्ति आदिबाट मन प्रभावित भई तिनका प्रति उत्पन्न हुने आदरपूर्ण भावना, ईश्वर, धर्म आदि र आफ्ना पूज्य तथा मान्यजनप्रतिको सद्भाव, आस्था, निष्ठा, विश्वास, भक्तिभाव।
86195 श्रद्धा ना. २. उत्कट वा प्रबल इच्छा, चाहना, सर्धाइँ (विशेषतः गर्भिणी स्त्रीको )।
86196 श्रद्धा ना. ३. वैवस्वत मनुकी पत्नी।
86197 श्रद्धा ना. ४. अत्रि ऋषिकी पत्नी।
86198 श्रद्धाञ्जली ना. देवता वा सम्मान्य व्यक्तिमा चढाउनका निम्ति देखाइने फल, फूल, माला, अर्घ्य आदिसहितको अञ्जली।
86199 श्रद्धाञ्जली ना. २. कुनै दिवङ्गत पूज्य व्यक्तिमा श्रद्धा अभिव्यक्त गर्दा गरिने गुणानुवाद।
86200 श्रद्धालु वि. गर्नुपर्ने काम, श्रद्धापूर्वक गर्ने, श्रद्धा भएको, भक्तालु।