Dictionary

All Word

86201 श्रद्धालु वि. २. इच्छा वा चाहना गर्ने,अभिलाषी।
86202 श्रद्धालु वि. ना. ३. गर्भिणी स्त्री।
86203 श्रद्धावान् वि. श्रद्धा भएको, श्रद्धालु।
86204 श्रद्धास्पद वि. श्रद्धा गर्न योग्य,श्रद्धेय।
86205 श्रद्धेय वि. श्रद्धा गर्न योग्य, श्रद्धा गरिनुपर्ने, आदरणीय।
86206 श्रद्धेय वि. २. विश्वास गर्न सकिने विश्वसनीय।
86207 श्रम ना. कुनै वस्तुको उत्पादन तथा निर्माण वा जीवननिर्वाहका निम्ति शारीरिक वा बौद्धिक शक्ति लगाएर गरिने काम, मिहिनेत, परिश्रम।
86208 श्रम ना. २. कुनै कामका निम्तिको मानवीय चेष्टा, प्रयत्न, प्रयास।
86209 श्रम ना. ३. काम गर्दा लाग्ने थकाइ, थकान, ग्लानि।
86210 श्रम ना. ४. शरीरको कसरत, व्यायाम।
86211 श्रम ना. ५. घामपानीमा तप्ने काम,असिनापसिना।
86212 श्रमकण ना. धेरै मिहिनेत गर्दा शरीरबाट निस्कने पसिनाका थोपा।
86213 श्रम कार्यालय ना. श्रमिकहरूको सङ्ख्या, स्थिति आदिको जानकारी प्राप्त गर्ने, गराउने कार्यालय।
86214 श्रमजीवी वि. शारीरिक वा बौद्धिक श्रम गरेर अथवा कुनै किसिमको मजदुरीद्वारा जीवन निर्वाह गर्ने, श्रमद्वारा जीविका चलाउने।
86215 श्रमजीवी वि. ना. २. श्रम गर्ने व्यक्ति, श्रमिक।
86216 श्रमजीवी वि. मजदुर ज्यामी।
86217 श्रमणक ना. बौद्ध सन्न्यासी, बौद्ध भिक्षु।
86218 श्रमदान ना. सर्वसाधारण जनताले सहयोगात्मक भावना तथा स्वेच्छापूर्वक सार्वजनिक बाटोघाटो, बाँध पैनी, विद्यालय महाविद्यालय आदिको निर्माणकार्यमा ज्याला नलिई वा कम ज्याला लिई गर्ने काम।
86219 श्रमदानी वि. श्रमदान गर्ने, श्रमका रूपमा दान दिने।
86220 श्रमनीति ना. कुनै पनि उत्पादनमा सामूहिक श्रम लगाउने नीति वा कार्यपद्धति।
86221 श्रमविभाग ना. श्रमिकहरूको हकहितको संरक्षण तथा व्यवस्थासम्बन्धी काम गर्ने विभाग।
86222 श्रमविभाजन ना. कुनै काम छिटोछरितो टुङ्ग्याउन वा श्रमलाई सामूहिक छरितो रूपमा ल्याई व्यवस्थित रूपमा छुट्टयाई बाँड्ने तथा जिम्मा लाउने काम।
86223 श्रमशक्ति ना. श्रमद्वारा प्राप्त हुने शक्ति वा ताग।
86224 श्रमसाध्य वि. श्रमले मात्र पार लाउन सकिने, चर्को मिहिनेत गर्नुपर्ने, कष्टसाध्य।
86225 श्रमसङ्गठन ना. श्रमको समुचित उपयोग तथा श्रमिकहरूको स्थिति र हकहितको सुधार एवं सुरक्षाका निम्ति बनेको सङ्गठन।
86226 श्रमसङ्घ ना. कुनै कारखाना आदिमा काम गर्ने श्रमिकहरूको संस्था, श्रमसङ्गठन।
86227 श्रमिक ना. श्रम गर्ने व्यक्ति, मजदुर, ज्यामी।
86228 श्रमिक ना. वि. २. मेहनत गर्ने, श्रमी।
86229 श्रमिक कल्याण कार्य ना. श्रमिकहरूको भलाइका निम्ति गरिने कार्य।
86230 श्रमिक कल्याण केन्द्र ना. श्रमिकहरूको कल्याण हुने, विभिन्न कार्य गरिने केन्द्र वा ठाउँ।
86231 श्रमिक दिन ना. एक दिनमा एक व्यक्तिले गरेका कामका अनुपातले हडताल आदिका समयमा भएको हानिको हिसाब लगाउँदा हुने दिनको सङ्ख्या।
86232 श्रमिक सङ्घ ना. श्रमसङ्घ।
86233 श्रवण ना. कथा, पुराण, प्रवचन आदि सुन्ने काम,शब्दग्रहण।
86234 श्रवण ना. २. सुन्ने ज्ञानको इन्द्रिय, कर्ण, कान।
86235 श्रवण ना. ३. सत्ताइस नक्षत्रमध्ये बाइसौं नक्षत्र।
86236 श्रवण केन्द्र ना. सबैले सुन्न पाउने गरी सार्वजनिक रूपमा रेडियो वा ध्वनियन्त्र राखिएको मुख्य ठाउँ।
86237 श्रवण विद्या ना. सुनेर मात्र आर्जन गरिने वा सिकिने विद्या।
86238 श्रवणीय वि. सुन्न लायक, सुन्नुपर्ने।
86239 श्रवणीयता ना. श्रवणीय हुनाको भाव वा स्थिति, सुन्न सकिने अवस्था।
86240 श्रवणेन्द्रिय ना. पाँच ज्ञानेन्द्रिय (आँखा, कान, नाक, जिभ्रो र छाला) मध्ये एक इन्द्रिय, सुन्ने इन्द्रिय, कान।
86241 श्रव्य वि. सुन्न योग्य, सुन्न सकिने।
86242 श्रव्य वि. २. सुनेर मात्र थाहा पाइने।
86243 श्रव्यकाव्य ना. अभिनय नभई सुनेर वा पढेर मात्र आनन्दानुभूति गरिने, पद्य वा गद्यमा लिखित कविता, कथा, निबन्ध, जीवनी आदि विधाका काव्य।
86244 श्राद्ध ना. शास्त्र तथा कुलका आचारअनुसार पितृहरूले पाऊन् भन्ने उद्देश्यले श्रद्धापूर्वक गरिने कर्म।
86245 श्राद्ध पक्ष ना. आश्विन महिनाको कृष्णपक्ष, सोहश्राद्ध।
86246 श्राद्धिक वि. श्राद्धसम्बन्धी, श्राद्धको।
86247 श्राद्धीय वि. श्राद्धसम्बन्धी, श्राद्धिक।
86248 श्रान्त वि. श्रमले थाकेको,थकित, क्लान्।
86249 श्रान्त वि. २. इन्द्रियहरूलाई वशमा राख्ने।
86250 श्रान्त वि. ना. ३. सन्न्यासी, साधु।