Dictionary

All Word

8751 गप्फ्याइ ना. गप्फ्याउने काम वा प्रक्रिया |
8752 गप्फ्याइनु क.क्रि. ठुलठुला गाँस हालेर खाइनु; गप्फा हालिनु।
8753 गप्फ्याउनु- स.क्रि. ठुलो गाँस हालेर धमाधम खानु; गप्फा हसुर्नु।
8754 गफ ना. १. मन बहलाउन वा समयकटनीका लागि गरिने बातचित; खालि मनोरञ्जनको कुरा; गफगाफ।
8755 गफ ना. २. हुँदै नभएको कुरा झुटो कुरा।
8756 गफ ना. ३. ठट्यौलो कुरा, हाँसखेलको कुरा।
8757 गफगाफ ना. १. उद्देश्यविनाको कुराकानी।
8758 गफगाफ ना. २. खालि हँस्यौली वा ठट्यौलीका कुरा।
8759 गफाडी वि. धेरै गफ गर्ने स्वभावको; गुड्डी हाँक्ने; गप्फड गफी।
8760 गफलक्क क्रि.वि. खाँदा ठुलठुला गाँस हालेर अटाईनअटाई खाने गरी।
8761 गफलत ना. १. प्रमाद वा असावधानीबाट हुने गल्ती; भुलचुक।
8762 गफलत ना. २. बेपरवाही; बेहोसी।
8763 गफल्क्याइ ना. ठुलठुला गाँस हालेर खाने क्रिया वा किसिम।
8764 गफल्क्याइनु क.क्रि. गफलक्क खाइनु; एकै गप्फा पारिनु।
8765 गफल्क्याउनु स.क्रि. ठुलठुला गाँस हालेर एकदममै खानु; गप्फ्याउनु।
8766 गफसफ ना. १. उद्देश्यविनाको कुराकानी।
8767 गफसफ ना. २. खालि हँस्यौली वा ठट्यौलीका कुरा।
8768 गफागफ क्रि.वि. खाँदा गप्फाका गप्फा हालेर; कपाकप।
8769 गफाडी वि. धेरै गफ गर्ने स्वभावको; गुड्डी हाँक्ने; गप्फड गफी।
8770 गफास्ट/गफास्टक वि. १. भएनभएका कुरा जोडेर गफ छाँट्ने; गफी; गफाडी।
8771 गफास्ट/गफास्टक वि. ना. २. त्यस्ता धेरै कुराको समुदाय वा सङ्कलन।
8772 गफी वि. १. धेरै गफ गर्ने; गफडी।
8773 गफी वि. २. भएनभएका कुरा गर्ने खालको; फटाहा।
8774 गबडु वि. कुरकुरे बैँसको; भर्खर जवानी चढेको; पट्ठो।
8775 गबुल्लो वि. छाँट न काँटको; लठ्यौरो; हबुल्लो।
8776 गबुवा ना. गाईभैंसीको दुध दुहुने काठ वा बाँसबाट बनेको भाँडो; ढुङ्ग्रो; दुधेरो।
8777 गब्रुङ ना. एक प्रकारको खाकी रङको कपडा।
8778 गब्रुवा वि. हल्का खालको खैरो, फुस्रो खैरो।
8779 गभर्नर ना. १. कुनै प्रान्त वा प्रदेशको शासक; प्रशासक।
8780 गभर्नर ना. २. राज्यपाल; क्षेत्रपाल |
8781 गभर्नर ना. ३. मौद्रिक नीति क्रियान्वित गर्ने तथा राष्ट्रबैङ्कको प्रशासन सञ्चालित गर्ने प्रमुख पदाधिकारी।
8782 गभारो ना. १. केरा, कर्कलो, मकै आदिका फेदमा रोगको रूपमा उब्जने सेतो रङको, गँड्यौलाजस्तो किरो।
8783 गभारो ना. २. त्यस्ता किराबाट उब्जने सो रोग।
8784 गभीर वि. १. गहिरो; गहकिलो; गम्भीर।
8785 गम्नु स.क्रि. १. कुनै काम कुरामा नहड्बडाई विचार गर्नु, धैर्यपूर्वक सोच्नु, मनन गर्नु।
8786 गम्नु स.क्रि. २. गौर गर्नु; सम्झनु; घोरिनु।
8787 गम ना. १. हिँड्ने काम; गमन।
8788 गम ना. २. प्रस्थान।
8789 गम ना. ३. बाटो; मार्ग।
8790 गम ना. ४. चाल; गति।
8791 गम ना. १. मनमा हुने गहिरो दुःख, शोक; मानसिक चिन्ता।
8792 गम ना. २. पछुताउ; फिक्री।
8793 गम ना. १. विचलित नभईकन गरिने विचार; धैर्यपूर्वकको सोचाइ, गौर।
8794 गम ना. २. प्रेम गर्दा प्रेमीप्रेमिकामा रहने गाम्भीर्य वा आन्तरिक विश्वास।
8795 गम ना. ३. भेउ; पत्तो।
8796 गमक वि. १. खबरको ओसारपसार गर्ने; सङ्केत गर्ने; सूचना दिने।
8797 गमक वि. २. सम्झाउने; कुनै कुराको स्मरण गराउने।
8798 गमक वि. ३. कुनै पनि वस्तुलाई हिँडाउने वा सञ्चालन गराउने; गति दिने।
8799 गमक वि. ना. ४. नगरा, मृदङ्ग, तबला आदि बाजाको गम्भीर ध्वनिप्रसार।
8800 गमक वि. ५. सङ्गीतमा आरोहअवरोहजस्ता तत्त्वका आधारमा एक स्वरबाट अर्को स्वरमा जाने रीति वा विभिन्न स्वरलाई स्पर्श गर्दै जाने गति; सङ्गीतको स्वरप्रवाह।