Dictionary

All Word

8801 गमक ना. सुगन्ध; महक; बास्ना।
8802 गमक्क क्रि.वि. गम्कने वा गज्कने चालले; गजक्क।
8803 गम खानु टु. पर्खेर वा गौर गरेर विचार गर्नु।
8804 गमगिर ना. सानो खाल्टो बनाएर त्यहीँ बसी गिर्राले हिर्काइने र छोप्तै गरी खेलिने भकुन्डाको एक खेल।
8805 गमडी ना. बाला नलागी दुम्सीकाँडे भई गुभैमा फल्ने अग्तिया धान।
8806 गमन ना. १. एक ठाउँबाट अर्को ठाउँ पुगुन्जेलको यात्रा; त्यस्तो यात्रामा प्रस्थान गर्ने काम; हिँडाइ।
8807 गमन ना. २. कुनै ठाउँमा पुग्ने वा जाने काम।
8808 गमन ना. ३. कसैमाथिको हमला; आक्रमण।
8809 गमन ना. ४. स्त्रीसँगको सहवास; रतिक्रीडा; सम्भोग।
8810 गमनागमन ना. जाने र आउने काम आवतजावत; आइजाइ।
8811 गमनीय वि. गमन गर्न उचित; जान लायक; जानुपर्ने।
8812 गम पाउनु टु. कुनै कुराको सुइँको वा अन्त पाउनु।
8813 गमर्को ना. १. हातको पसरमा वा अँजुलीमा अटाएसम्मको अन्न, पैसा आदिको परिमाण; हातले उभाउन सकेजति वस्तु।
8814 गमर्को ना. २. मुखमा अटाएसम्मको गाँस वा अँगालाले भ्याएसम्मको अँठ्‌याइ।
8815 गमर्को ना. ३. जाडो आदिले वा स्वेच्छाले गँगटो झैँ भएको हात आदिको मुद्रा।
8816 गमर्क्याइ ना. गमर्क्याउने क्रिया वा प्रक्रिया।
8817 गमर्क्याइनु क.क्रि. गमर्कोमा अटाएसम्म झिकिनु।
8818 गमर्क्याउनु स.क्रि. १. हातमा अटाएसम्म मुठ्याउनु, मुठी वा अँजुलीमा अटाईनअटाई झिक्नु।
8819 गमर्क्याउनु स.क्रि. २. गाईबस्तुले मुख गाडेर खानु।
8820 गमर्क्याउनु स.क्रि. ३. अँगालोमा नअटाएसम्म बेसरी च्याप्नु, अँगालाले अँठ्याउनु।
8821 गमला ना. शोभाका लागि कौसी, बार्दली, ढोका आदिमा फूल वा अन्य ससाना बिरुवापात लगाइने र सजाइने बाल्टी वा आरीका ढाँचाको माटो, धातु आदिको भाँडो।
8822 गमार वि. १. सहरिया सभ्यतादेखि टाढै बसेको वा भएको गाउँको बासिन्दा; गाउँले।
8823 गमार वि. २. शिष्टता नजानेको; असभ्य; मूर्ख।
8824 गमिलो वि. गम्भीर स्वभावको; धैर्यपूर्वक विचार गर्ने; गम भएको।
8825 गमी वि. गम गर्ने; गमिलो; गम्दारी।
8826 गम्कनु अ.क्रि. १. रूप, सिप, बल, बुद्धि, धन आदिले मत्त हुनु; मात्तिनु; कसैलाई टेरपुच्छर नलाउनु गमक्क पर्नु।
8827 गम्कनु अ.क्रि. २. बाजागाजा धूमधामसित बज्नु।
8828 गम्कनु अ.क्रि. ३. खुब बास्ना आउनु; सुवास चल्नु।
8829 गम्काइ ना. गम्कने वा गम्काउने क्रियाप्रक्रिया।
8830 गम्काइनु क.क्रि. गम्कने पारिनु, गमक्क पारिनु।
8831 गम्काउनु स.क्रि. / प्रे.क्रि. कुनै काम सजधज वा तडकभडकका साथ गर्नु, गम्कने पार्नु; गम्कन लाउनु।
8832 गम्किनु अ.क्रि. १. गमक्क परिनु।
8833 गम्किनु अ.क्रि. २. हे. गम्कनु।
8834 गम्क्याइ ना. गम्कने क्रियाप्रक्रिया |
8835 गम्क्याहट ना. गम्कने काम वा अवस्था; गम्क्याइ।
8836 गम्छा ना. घाँटीमा बेरिने, आङ पुछ्ने र कछाडका रूपमा समेत प्रयोग गरिने पातलो लाम्चो रुमाल।
8837 गम्दार वि. गम्भीर स्वभावको; कम बोल्ने, शान्त मिजासको।
8838 गम्दारी ना. १. गम्दारको गुण वा विशेषता; गम्दार हुने पन।
8839 गम्दारी ना. वि. २. गम्दार।
8840 गम्बु ना. काठको ठेकी आकारको, घिउ राख्ने बट्टा; घिउबट्टा।
8841 गम्बुठ ना. पिँडौलासम्म घुस्ने गरी लगाइने छालाको बुटजुत्ता।
8842 गम्भीर वि. १. गहिराइ थाहा नपाइने; गहिरो।
8843 गम्भीर वि. २. शान्त; धीर।
8844 गम्भीर वि. ३. विचारपूर्ण; गहन।
8845 गम्भीर वि. ४. जटिल; दुरुह (गम्भीर समस्या, गम्भीर स्थिति इ.)।
8846 गम्भीर वि. ५. घना; सघन।
8847 गम्भीरता ना. गम्भीर हुनाको भाव, स्थिति वा गुण।
8848 गम्म क्रि.वि. १. गमक्क पर्ने चालले; गम्किने किसिमले।
8849 गम्म क्रि.वि. २. कुनै वस्तु पूरा भरिने किसिमले; डम्म; टम्म।
8850 गम्म क्रि.वि. ३. न्यानो हुने किसिमले।