Dictionary

All Word

8901 गरालो ना. २. घर, गोठ आदिमा टाँड छाप्नका निम्ति तेर्स्याइने लामो काठ।
8902 गरिनु क.क्रि. कुनै काम तामेल पारिनु।
8903 गरिप वि. १. धन-सम्पत्ति केही नभएको; निर्धन; निर्धो; दरिद्र; कङ्गाल; गरिप।
8904 गरिप वि. २. दीनहीन दुःखी।
8905 गरिपी ना. गरिब हुनाको भाव; दीनता; निर्धनता; गरिपी।
8906 गरिब वि. १. धन-सम्पत्ति केही नभएको; निर्धन; निर्धो; दरिद्र; कङ्गाल; गरिप।
8907 गरिब वि. २. दीनहीन दुःखी।
8908 गरिब गुरुवा ना. गरिबहरूको समुदाय, गरिब जनता।
8909 गरिब परवर वि. गरिबगुरुवाहरूको पालनपोषण गर्ने, दीनदयालु।
8910 गरिबमारा वि. गरिबहरूलाई सताउने; गरिबगुरुवाप्रति अन्याय गर्ने।
8911 गरिबी ना. गरिब हुनाको भाव; दीनता; निर्धनता; गरिपी।
8912 गरिमा ना. १. गह्रौँपना; गुरुता; गुरुत्व।
8913 गरिमा ना. २. महत्त्व, गौरव।
8914 गरिमा ना. ३. अष्टसिद्धिमध्ये शरीरको इच्छाअनुसार वजन बढाउन सकिने एक सिद्धि।
8915 गरियो ना. ढुङ्ग्रो जस्तै सोझो, मुख सानो भएको र बिर्को लाइने ठेकीको आकारको, विभिन्न प्रकारको तेल हाल्ने काठको भाँडो।
8916 गरिष्ठ वि. १. धेरै गाह्रोसित र ढिलो पच्ने, पचाउन कठिन; दुष्पाच्य (भोजन)।
8917 गरिष्ठ वि. २. धेरै गह्रौँ।
8918 गरिष्ठ वि. ३. महत्त्वपूर्ण।
8919 गरिष्ठ वि. ४. सबैभन्दा नजाती।
8920 गरी ना. १. नरिवलको भित्री भागमा रहेको नरम गुदी ; मसलाका रूपमा वा त्यसै खाइने त्यही गुदीका टुक्रा।
8921 गरीब ना. १. धन-सम्पत्ति केही नभएको; निर्धन; निर्धो; दरिद्र; कङ्गाल; गरिप।
8922 गरीब ना. २. दीनहीन दुःखी।
8923 गरुड ना. १. गिद्धका जातिको ठुलो पक्षीविशेष, कश्यपपत्नी विनताको पुत्र।
8924 गरुड ना. २. विष्णुको वाहन।
8925 गरुडध्वज ना. १. विष्णु।
8926 गरुडध्वज ना. २. प्राचीन कालमा बनेका स्तम्भमा रहेको गरुडको आकृति।
8927 गरुड पुराण ना. नरकको बयान तथा प्रेतकर्मको विधान आदि वर्णन भएको महापुराण; अठार पुराणमध्ये एक।
8928 गरुडसिंह ना. गरुडका ढाँचाको मुख र सिंहका ढाँचाको शरीर हुने कल्पना गरिएको एक प्राणी।
8929 गरो ना. पानी जमाएर धान रोप्न डिलमा आली लगाई बनाइने खेतका अलग-अलग भाग; फोगटो।
8930 गर्खा ना. जिल्लाअन्तर्गतका गाउँ वा मौजाहरूको समुदाय (दिव्य.); गाउँहरूको समष्टिगत एकाइ।
8931 गर्खिनु अ.क्रि. एकै ठाउँमा झुरुम्म हुनु; थुप्रिनु।
8932 गर्ख्याइ ना. गर्खिने क्रिया वा प्रक्रिया |
8933 गर्ख्याइनु क.क्रि. एकै ठाउँमा थुप्याइनु।
8934 गर्ल्याउनु प्रे.क्रि. एकै ठाउँमा भेला पार्नु, झुरुम्म पार्नु, एकै ठाउँमा थुप्याउनु।
8935 गर्व्याहट ना. गखिने काम वा अवस्था।
8936 गर्ग ना. १. अङ्गिरस भरद्वाजका वंशज र वैदिक मन्त्रद्रष्टा एक ऋषि।
8937 गर्ग ना. २. ज्योतिषशास्त्रका एक प्राचीन आचार्य; गर्गसंहिताका स्रष्टा।
8938 गर्ग ना. ३. गोत्रप्रवर्तक एक ऋषि।
8939 गर्ग गोत्र ना. गर्ग ऋषिको कुल वा वंशको परिचयात्मक नाम; बाँस्तोला, गजुरेल, भट्ट, रिसाल, लामिछाने आदि थर हुनेहरूको गोत्र।
8940 गर्गर ना. १. एक किसिमको पुरानो बाजा।
8941 गर्गर ना. २. एक प्रकारको माछा।
8942 गर्गर ना. ३. भुमरी; आवर्।
8943 गर्गर ना. ४. गाग्रो।
8944 गर्गरी ना. १. दही जमाउने ठेको; मदानी; मन्थनी।
8945 गर्गरी ना. २. गाग्री; घैटो; घल्चा।
8946 गर्यो वि. होचो हुनाका साथै खास गरी घाँटी छोटो भएको; पुड्को; ग्वाँचे।
8947 गर्जनु अ.क्रि. १. रिस, घमन्ड, धमास आदिले ठुलो स्वरमा कराउनु।
8948 गर्जनु अ.क्रि. २. हकारपकार गर्नु; गड्कनु, कुर्लनु।
8949 गर्जनु अ.क्रि. ३. गड्याङगुडुङ गर्नु; मेघ कराउनु।
8950 गर्जनु अ.क्रि. ४. बाघ कराउनु।