Dictionary

All Word

8851 गम्म क्रि.वि. ४. निश्चिन्त वा मग्न भई बस्ने किसिमले।
8852 गम्म क्रि.वि. ५. चारैतिर बास्ना मगमगाउने किसिमले।
8853 गम्मागम्म वि. १. टनाटन; भरिभराउ।
8854 गम्मागम्म वि. २. गम्म।
8855 गम्मागम्म वि. ३. बढिबढाउ।
8856 गम्मागम्मी वि. १. भरिभराउ; गम्मागम्म।
8857 गम्मागम्मी वि. २. गम्म।
8858 गम्मारी ना. पीपलका आकारका पात र सेतो बोक्रो हुने, पहेँलो रङको फूल फुल्ने, दुध निस्कने एक वनस्पति।
8859 गम्य वि. १. जान योग्य; जान लायक।
8860 गम्य वि. २. स्त्रीसमागम गर्न योग्य।
8861 गम्य वि. ३. ज्ञान गर्नुपर्ने; जान्न बुझ्न उचि।
8862 गम्य वि. ४. सजिलैसँग जान सकिने; पुग्न सकिने।
8863 गम्रङ्ग/गम्रड्ङ क्रि.वि. पूरै बाहाँ फैलाएर अँगालो हाल्ने किसिमले; अङ्कमाल गर्ने ढाँचासि।
8864 गयब वि. १. काम नलाग्ने; रद्दी।
8865 गयब वि. २. खराब ; नजाती।
8866 गयल ना. हाजिर नहुनुको चाल वा अवस्था; गैरहाजिरी; अनुपस्थिति।
8867 गयलकट्टी ना. कुनै पनि संस्था, कार्यालय आदिमा कर्मचारीले बिदा स्वीकृत नगराई वा हाजिर नभई बसेमा हुने सो अवधिको तलबको कट्टी।
8868 गयलखाली ना. कर्मचारीले कुनै कारण वा स्वीकृतिविना साधारणतः लगातार सोह्र दिनसम्म गयल रहेमा स्वतः खाली हुने पद वा त्यसरी कर्मचारीलाई हटाउने काम।
8869 गया ना. भारतको बिहार प्रान्तमा रहेको पितृश्राद्ध तथा तीर्थकर्म गरिने हिन्दूहरूको प्रसिद्ध धार्मिक स्थल; पितृतीर्थ |
8870 गर्नु स.क्रि. १. कुनै काम कुरो थाल्नु वा पूर्ण तुल्याउनु।
8871 गर्नु स.क्रि. २. काममा हात हाल्नु, काम फत्ते पार्ने प्रयासमा लाग्नु।
8872 गर्नु स.क्रि. ३. कुनै नीति, सिद्धान्त आदिलाई कार्यान्वयनको रूप दिई टुङ्गोमा पुऱ्याउनु।
8873 गर्नु स.क्रि. ४. स्त्री-समागम गर्नु।
8874 गरगहना ना. गहना लुगा आदि शृङ्गारका साधन।
8875 गरज ना. १. आवश्यकता; जरुर।
8876 गरज ना. २. हर्जा; खाँचो।
8877 गरम ना. १. तातोपन; गर्मी।
8878 गरम ना. वि. २. तातो; पोल्ने; उष्ण।
8879 गरम ना. ३. एकाएक आवेगमा आउने; खरो; उग्र (स्वभाव वा मिजास)।
8880 गरम कपडा ना. न्यानो कपडा; जाडो याममा लगाइने ऊनी आदिको लुगा।
8881 गरम टोपी ना. १. न्यानो टोपी; जाडो याममा लगाइने टोपी।
8882 गरम टोपी ना. २. ऊनी वा पस्मिनाबाट बनेको टोपी।
8883 गरम टोपी ना. ३. माकल-टोपी; बाँदर-टोपी।
8884 गरम मसला ना. विशेषतः कवाफ, मासु आदि पकाउँदा हालिने ल्वाङ, मरिच, सुकुमेल, जाइफल आदि सुगन्धित द्रव्य वा काजु, किसमिस, छोडा आदि गुलिया वस्तुको मिश्रणबाट समेत बनेको सुगन्धित मसला।
8885 गरमागरम वि. १. ज्यादै तातो; पाक्तापाक्तैको; तात्तातो।
8886 गरमागरम वि. २. जोसिलो, उत्तेजित ( छलफल, बहस इ.)।
8887 गरमागरम वि. ना. ३. बहसको क्रममा आएको उत्तेजना; चर्काचर्की।
8888 गरमागरमी ना. जोसिलो बहस; चर्को भनाभन; रन्कारन्की।
8889 गरमाहट ना. गरम हुनाको भाव वा स्थिति; गर्मी; उष्णता।
8890 गरल ना. विष; जहर; हलाहल।
8891 गरहडुवा ना. गवेधुका यज्ञमा समिधाका लागि प्रयोग गरिने वृक्षविशेष;भिर्गौले।
8892 गरही ना. मधेसका पोखरी वा दहतिर पाइने एक जातको माछा।
8893 गराइ ना. गर्ने काम वा प्रक्रिया; आचरण।
8894 गराइनु क.क्रि. गर्न लाइनु; गर्ने प्रेरणा दिइनु।
8895 गराउनु प्रे.क्रि. गर्न लाउनु गर्ने प्रेरणा दिनु।
8896 गराउनु प्रे.क्रि. गरागर- ना. परस्परको गराइ; पालैपालोसँग गर्ने काम।
8897 गरारा ना. गोलीगाँठामाथि र घुँडामुनि कल्ली गाँसेर बनाएको केटीहरूको सुरुवाल।
8898 गरालागराली ना. साना-ठुला गरालाको समूह।
8899 गराली ना. तगारोमा तेर्सो पारेर राख्ने काठ; सानो गरालो।
8900 गरालो ना. १. पिङमा डोरी झुन्ड्याउन लिङ्गामा वा खाँबामा तेर्सो पारेर राखिने काठ; बलो।