Dictionary

All Word

88451 सम वि. ३. कसैको ओड नलिने; निष्पक्ष; तटस्।
88452 सम वि. ४. जोर सङ्ख्या वा गन्ती (जस्तो- २, ४, ६, ८ आदि)।
88453 सम वि. ना ५. योग्य वस्तुको अनुरूप प्रशंसा गर्दा पर्ने एक अर्थालङ्कार।
88454 सम वि. ६. सङ्गीतमा लय तथा तालको विश्राम हुने ठाउँ।
88455 समकक्ष वि. समान कक्षा वा दर्जाको; बराबरीको।
88456 समकक्षी वि. समान कक्षा वा तहमा रहेर काम गर्ने (व्यक्ति)।
88457 समकालीन वि. एकै समयको वा एकै समयमा भएको; उही बखतको (घटना, कुरा, विषय आदि)।
88458 समकोण ना. रेखागणितमा नब्बे अंश भएको कोण।
88459 समकोणी वि. चारै कोण बराबर भएको; समकोणको (क्षेत्र)।
88460 समक्ष क्रि.वि. आँखाको सामुन्ने; अगाडि; मुखेन्जी।
88461 समग्र वि. समस्त; सबै; पूर्ण; पूरा; अन्तिम।
88462 समग्र वि. (उदा.- हामी समग्रको एउटै विचार भए राम्रो हुन्थ्यो। तपाईंका समग्र कविता पढेको छु)।
88463 समङ्किता वि. राम्ररी चित्रित वा निर्मित गरिएको (देवीको मूर्ति आदि )।
88464 समङ्किता वि. ( सालङ्कारा, समङ्किता। ल. प्र. देवकोटा, सुलोचना)।
88465 समचाप ना. हावा आदिको समान चाप वा थिचाइ।
88466 समचाप रेखा ना. हावाको समान विचावट भएका स्थानहरूलाई जोड्ने रेखा।
88467 समच्छे वि. सबै बराबर भएको; एकछत्त; छ्यासमिसे।
88468 समच्छे वि. (उदा.- सबै थोक समच्छे भैसक्यो, के गरेको!) ना. यो. २. समक्ष; सामुन्ने।
88469 समजातीय वि. समान जातिको; एउटै जातको।
88470 समजातीय वि. २. एउटै विचारको।
88471 समझ ना. जान्ने, बुझ्ने र सम्झने मानसिक शक्ति; बुद्धि; ज्ञान।
88472 समझ ना. २. विचार; विवेक।
88473 समझदार वि. समझ भएको; बुद्धिमान्; विचारवान्।
88474 समझदारी ना. समझदार हुने काम वा स्थिति; बुद्धिमानी; होसियारी।
88475 समतल वि. सतह होचोअग्लो नभई बराबर भएको; सम्म परेको; समथर।
88476 समतल वि. २. समशीतोष्ण; मधुरो।
88477 समता ना. सम हुनाको भाव वा अवस्था; समानता; एकनासेपन; बराबरी।
88478 समता ना. २. पक्षपात नगर्ने ढाँचा; निष्पक्षता।
88479 समता ना. ३. समान स्तरका शब्दविन्यासद्वारा आदिदेखि अन्त्यसम्म एक पद हुँदा हुने, साहित्यिक दश गुणमध्ये एक।
88480 समताप ना. एकनासको ताप; बराबरी तातो।
88481 समताप मण्डल ना. पृथ्वीमण्डलभन्दा माथिल्लो तहको वायुमण्डल।
88482 समतुल्य वि. सबै दृष्टिले बराबरीको; समान दँजाइमा आउने।
88483 समथर वि. होचोअग्लो नभएको; सम्म परेको; समतल।
88484 समथर वि. ना. २. सम्म ठाउँ वा जमिन।
88485 समथरिलो वि. समथर भएको; सतह मिलेको।
88486 समथरिलो वि. २. एकतर्फ मात्र थोरै अग्लिँदै गएको।
88487 समथऱ्याइलो वि. समथर होलाजस्तो; समथर पार्न सकिने।
88488 समदर्शी वि. सबैलाई समान दृष्टिले हेर्ने तथा आफन्त र पराई भन्ने साँघुरो विचार नलिने; पक्षपातरहि।
88489 समदृष्टि ना. सबैलाई समान रूपले हेर्ने काम; सबैमा एकै नजर राख्ने काम।
88490 समद्विभुज ना. रेखागणित वा ज्यामितिमा उस्तै किसिमका, बराबरका नाप भएका दुई भुजा।
88491 समन ना. फौजदारी मुद्दाका प्रतिवादीलाई आफ्नो भन्नुपर्ने प्रमाणसहितको उत्तर दिन आऊ भनी बोलाइने वा अदालतमा हाजिर हुनका निम्ति पक्राउ गर्न पठाइने पुर्जी।
88492 समन्त वि. सम्पूर्ण; समस्।
88493 समन्त वि. ना. २. सीमा; हद।
88494 समन्तप्रभा ना. बौद्धधर्ममा त्रयोदश भूमिको एघारौँ भूमि; वज्रयानको एकादश भूमि।
88495 समन्तभद्र ना. पञ्चबोधिसत्त्वमध्ये एक; बुद्धदेव।
88496 समन्तभद्र ना. २. वैरोचन वा वज्रधाइभ्वीश्वरीका छोराको नाम।
88497 समन्वय ना. दुई वा अनेक कुराको पारस्परिक सम्बन्ध वा मेल; संयोग।
88498 समन्वय ना. २. कार्य र कारणको सङ्गति।
88499 समन्वयात्मक वि. समन्वय वा मेल ल्याउने; मिलाउने किसिमको।
88500 समन्वित वि. आफैँ राम्ररी मिलेको; समन्वय भएको।