Dictionary

All Word

88501 समन्वित वि. २. परस्परमा गाँसिएको; गाभिएको।
88502 समन्वित चेतना ना. साहित्यिक रचनामा विचार र भाव परस्पर एकात्म रूपमा रहेको अवस्था।
88503 समन्वेषण ना. कुनै प्रदेश वा क्षेत्रभित्र गएर त्यहाँको चारैतिरको स्थिति, वातावरण आदि पत्ता लाउने काम।
88504 समपहरण ना. सरकारद्वारा दण्डका रूपमा कसैको धन- सम्पत्ति जफत गर्ने काम; दण्डस्वरूप हुने धनसम्पत्तिमाथिको कब्जा।
88505 सममूल्यदर ना. सबैतिर एकैनास कायम भएको मूल्य वा भाउ।
88506 समय ना. घडी, पला, दिनरात, बिहानबेलुकी, गते, तिथि, वार, साता, पक्ष, महिना, ऋतु, अयन, वर्ष, दशक, शताब्दी आदि नामले बुझिने वा तिनको परिणति जनाउने गतिमय अवस्था।
88507 समय ना. २. कुनै काम वा घटना भएको र विशेष परिस्थिति आइलागेको वा बेला।
88508 समय ना. ३. कुनै कामकाजको बखत; बेला; मौका; अवसर।
88509 समय ना. ४. बचेको वा खाली भएको क्षण, फुर्सद; अवकाश।
88510 समय ना. ५. कुनै प्रवाहक्रममा चलेको नियम; प्रथा।
88511 समयतालिका ना. रेल, मोटर, बस, हवाईजहाज आदि यातायातका साधनको पुग्ने र छुट्ने, पढाइ, परीक्षा, खेल आदिको सुरु हुने र सकिने, कुनै समारोह, कार्यक्रम वा विषयको सञ्चालन हुने आदि समयको निर्धारित सूची; समयसूची।
88512 समयतालिका ना. २. खास योजना वा कार्यक्रम सञ्चालन गर्न व्यवस्थित रूपमा बाँडफाँड गरिएको समयविवरण; समयसारिणी।
88513 समयनिष्ठ वि. समयको सदुपयोग गर्ने वा समय सित्तैँ खेर नफाली नियमानुकूल प्रत्येक काम गर्ने; तोकिएको समय, स्थान र काममा संलग्न हुन विलम्ब नगर्ने बानी भएको।
88514 समयबजी ना. विशेषतः नेवारजातिमा प्रचलित कुनै कार्य वा भोजभतेरभन्दा पहिले गरिने हलुका चमेना।
88515 समयबिन्दु ना. समयको मध्य भाग वा टुङ्गो लाग्ने ठाउँ।
88516 समयसारिणी ना. निर्धारित समयको सूची; समयतालिका।
88517 समयसूची ना. समयको निर्धारित विवरण; समयतालिका।
88518 समयानुकूल वि. समयअनुसारको; बखतसुहाउँदो।
88519 समयालेख ना. समय जनाउने अभिलेख; टाइम; रिकर्ड।
88520 समयावधि ना. कुनै निर्दिष्ट कामकुराका निम्ति लाग्ने वा तोकिने खास समय; समयको अवधि वा सीमा।
88521 समयावसान ना. कुनै समयको आखिरी वा समाप्तिको बेला।
88522 समयावसान ना. २. सत्रावसान।
88523 समर ना. सङ्ग्राम; युद्ध; लडाइँ।
88524 समरजङ्ग ना. बाटोघाटो आदि बनाउने, सुधार्ने काम गर्ने, नेपालको चपरासी पल्टन।
88525 समरस वि. कला वा काव्यमा भेदाभेदसंवेद्य दुवैबाट समान रूपले आनन्दबोध हुने; समान आस्वादन वा रस दिने।
88526 समरसता ना. समरस हुनाको भाव, गुण वा अवस्था।
88527 समराङ्गण ना. लडाइँको मैदान; युद्धभूमि।
88528 समरूप ना. उस्तैउस्तै आकार भएका दुई वा दुईभन्दा बढी चित्र र वृत्ति।
88529 समरूपता ना. समान रूप भएका वस्तुहरूको अवस्था; खास कुरा वा समूहमा हुने समान गुण वा विशेषता।
88530 समरो वि. खाएर, धेरै मोटाएर वा सुन्निएर टुन्न परेको।
88531 समरो वि. २. बराबरको; डोलो; सुडौल।
88532 समर्चन / समर्चना ना. राम्ररी गरिएको पूजाआजा।
88533 समर्चन / समर्चना ना. २. आदरसत्कार; मानमर्यादा।
88534 समर्थ वि. शक्ति वा क्षमता भएको; तागतदार; बलवान्।
88535 समर्थ वि. २. कुनै काम पार लाउन सक्ने; लायक; योग्य।
88536 समर्थक वि. कुनै कामकुरा, प्रस्ताव, राय आदिको समर्थन, पुष्टि वा अनुमोदन गर्ने।
88537 समर्थक वि. २. अरू कसैले भनेका कुरामा सही थाप्ने।
88538 समर्थक वि. ना. ३. उमेदवार हुँदा, कुनै नियम प्रस्तुत गर्दा आदि कार्यमा प्रस्तावकका कुरामा विधिवत् समर्थन जनाउने व्यक्ति।
88539 समर्थता ना. समर्थ हुने चाल वा स्थिति; सशक्तता।
88540 समर्थन ना. कुनै प्रस्ताव तथा राय, विचार र कसैले भनेका कामकुरालाई अनुमोदन वा पुष्टि गर्ने काम।
88541 समर्थन ना. २. प्रस्तावकका कुरालाई सकार्ने वा सिद्ध गर्ने काम।
88542 समर्थन कर्ता वि. समर्थन गर्ने; अनुमोदन जनाउने; समर्थक।
88543 समर्थन पुस्तिका ना. पासबुक।
88544 समर्थनीय वि. समर्थन गर्न योग्य; अनुमोदन गर्न उचि।
88545 समर्थ मानव ना. नृतत्त्वका दक्षिणी नरवानर र लुप्तशृङ्खला।
88546 समर्थित वि. समर्थन वा पुष्टि गरिएको; ठिक छ वा गर्नुपर्छ भनी सिद्ध गरिएको; अनुमोदि।
88547 समर्पक वि. श्रद्धापूर्वक दिने वा चढाउने; समर्पण गर्ने।
88548 समर्पण ना. श्रद्धासाथ कसैलाई कुनै चिज दिने वा चढाउने काम; आदरपूर्वकको अर्पण।
88549 समर्पण ना. २. आफ्नो अधिकार, स्वामित्व आदि अरू कसैलाई दिने वा सुम्पने काम।
88550 समर्पित वि. समर्पण गरिएको; चढाइएको।