Dictionary

All Word

88551 समर्पित वि. २. सुम्पिएको।
88552 समवकार ना. पुराणइतिहास आदिसित सम्बन्धित कुनै देवता वा असुरको कथा भएको, विमर्श सन्धिबाहेक अन्य चारैवटा सन्धि हुने र वीररसप्रधान, तीनअङ्के रूपक; एक प्रकारको पूर्णाङ्की रूपक; एक प्रकारको पूर्णाङ्की नाटक।
88553 समवयस्क वि. समान वा एउटै उमेरको; उमेरमिल्दो; दौँतरी।
88554 समवर्ती वि. सँगसँगै हुने, रहने वा चल्ने; बराबरीको दाँजोमा रहेको।
88555 समवाय ना. समुदाय; समूह; जमात; समष्टि।
88556 समवाय ना. २. घनिष्ठ सम्बन्ध; अटुट साइनो ३. गहिरो मेल वा मिलाप; अविच्छिन्न संयोग।
88557 समवितरण ना. खाद्यान्न वा वस्त्रादिको कमी भएका नागरिकहरूलाई प्रतिदिन, प्रतिसप्ताह वा प्रतिमासका लागि निर्धारित वस्तुहरू समान मात्रामा वितरण गर्ने कार्य वा व्यवस्था।
88558 समवेत वि. एकत्र भएको; जोरिएको; सम्मिलि।
88559 समवेत वि. २. घनिष्ठता वा अभेद्य रूपले सम्बन्धित; अन्तर्भू।
88560 समवेदना ना. आफन्तहरू मित्रवर्ग वा परिचित कसैलाई स्वजनको मृत्युवियोग, दुःखविपद् आदि पर्दा आफूलाई पनि हुने त्यस्तै वेदना वा दुःखको अनुभव।
88561 समवेदना ना. २. त्यस्तो वेदना वा दुःखको अनुभव हुँदा प्रकट गरिने भाव; सहानुभूति।
88562 समवेदना सन्देश ना. शोकाकुल व्यक्ति वा परिवारलाई पठाइने समवेदना वा दुःखयुक्त सन्देश।
88563 समशीतोष्ण वि. शीत र उष्म सम भएको; ज्यादा गर्मी पनि नहुने र ज्यादा ठन्डा पनि नहुने।
88564 समशीतोष्ण कटिबन्ध ना. भूमध्यरेखादेखि साढे तेइस र साढे छयसट्ठी अंशका बिचमा पर्ने, शीत र उष्म समान भएको, उत्तर र दक्षिणका दुई भाग।
88565 समष्टि ना. उस्तै खालका वा भएभरका वस्तुहरूको मेल; व्यक्तिको समूह वा जमा।
88566 समष्टिमूलक वि. मूल रूपमा समष्टि भएको; समष्टिको प्रमुखता हुने।
88567 समष्टिवाद ना. व्यक्तिलाई प्रधानता नदिई सामाजिक र सामूहिक नियन्त्रण नै मानवीय विकासका निम्ति अनिवार्य मानिने तथा देशको शासनव्यवस्था वा सम्पूर्ण उत्पादन र उत्पादित वस्तुहरूको अधिकार समष्टि रूपमा जनताको हातमा हुनुपर्छ भन्ने राजनीतिक सिद्धान्त वा विचारधारा।
88568 समष्टिवादी वि. समष्टिवादसम्बन्धी; समष्टिवादलाई मान्ने।
88569 समसमागमी ना. समलिङ्गीहरूका बिच यौनक्रीडा गर्नेहरूको वर्ग।
88570 समसाँझै क्रि.वि. साँझ पर्न लाग्दा; मध्य साँझमा।
88571 समसामयिक वि. एकै समयको वा एकै समयसित सम्बन्धित; उही वेलाको (जस्तो- समसामयिक परिस्थिति, समसामयिक पत्रिका, समसामयिक लेखक इ.)।
88572 समसेर ना. तरबार।
88573 समसेर ना. २. राणापरिवारका पुरुष व्यक्तिहरूले नामको पछाडि जोर्ने शब्द (जस्तो- देवशमशेर, चन्द्रशमशेर, जुद्धशमशेर इ.)।
88574 समस्त वि. जे-जति छ सबै; सम्पूर्ण; तमाम; सारा।
88575 समस्त वि. २. पूर्णतः गाँसिएको वा मिसिएको; संयुक्।
88576 समस्तर ना. वर्ग, स्थिति, गुण, आवश्यकता आदि दृष्टिले समान स्तर; बराबरी वा एकनासको तह।
88577 समस्तर ना. (उदा.- बजारभाउ नियन्त्रण गर्न मालको मूल्यमा समस्तर-निर्धारणको आवश्यकता छ)।
88578 समस्तर निर्धारण ना. भिन्नभिन्न शिक्षणसंस्थाबाट पढेर आएका शिक्षार्थीहरूको डिग्रीलाई तत्सम्बन्धी पाठ्यक्रम अध्ययन गरी खास तहअनुरूपको हो भनी तोकिदिने प्रक्रिया।
88579 समस्थल वि. होचो अग्लो नभएको; सम्म परेको; समथर।
88580 समस्या ना. समाधान गर्न गाह्रो पर्ने वा कुनै रूपबाट पनि समाधान निकाली तामिल गर्नुपर्ने कुरो; जटिल अवस्था।
88581 समस्या ना. २. गाँठो फुकाउनुपर्ने कुनै विषय वा कुरो; अड्को।
88582 समस्या ना. ३. कल्पना तथा भाव भरी छन्द पूरा गर्नका लागि कविहरूलाई दिइने कविताको एक अंश वा विषय।
88583 समस्यापूर्ति ना. समस्या दिइएको कुनै विषय वा अंशलाई आफ्ना शब्द तथा वाक्यद्वारा स्पष्ट पारी विभिन्न पाद बनाएर पूरा गर्ने काम।
88584 समाइ ना. समाउने भाव, क्रिया वा प्रक्रिया।
88585 समाइनु क.क्रि. समाउने काम गरिनु; समातिनु।
88586 समाउनु स.क्रि. कसैले दिएको कुरा लिनु; ग्रहण गर्नु; समात्नु।
88587 समाउनु स.क्रि. २. कुनै वस्तु वा व्यक्तिलाई हातले वा अन्य साधनले नफुस्कने पार्नु; पक्रनु।
88588 समाउनु स.क्रि. ३. प्रहरीले कुनै अभियोगमा कसैलाई पक्रनु।
88589 समाउनु स.क्रि. ४. स्वीकार गर्नु; अँगाल्नु।
88590 समाकलन ना. राम्रोसँग गणना गर्ने वा तथ्याङ्क मिलाउने काम।
88591 समाकुल वि. साह्रै घबडाएको; ज्यादै आकुल।
88592 समाकुल वि. २. घुइँचो भएको; भरिभराउ।
88593 समाक्षरलोप ना. नजिकै रहेका दुइटा समान ध्वनिहरूमध्ये उच्चारणसुविधाका लागि कुनै एक ध्वनि हराउने प्रक्रिया (जस्तै- खरिददार > खरिदार)।
88594 समाख्याता वि. कुनै कुराको राम्ररी व्याख्या वा वर्णन गर्ने।
88595 समाख्यान ना. राम्ररी गरिएको व्याख्या वा वर्णन; विवरण; बयान।
88596 समागत वि. सुबिस्तासाथ आइपुगेको; फिर्किएको; आएको।
88597 समागम ना. नजिक वा अगाडि आउने वा पर्ने काम; भेट; मुलाका।
88598 समागम ना. २. एकै ठाउँमा धेरै मानिसको भेला; जमघट; सङ्गम।
88599 समागम ना. ३. स्त्रीप्रसङ्; सम्भोग।
88600 समाचार चित्र ना. दृश्यसाधनका रूपमा कुनै घटनाविशेषको वर्णन गर्ने चलचित्र।