Dictionary

All Word

8951 गर्ज ना. खाँचो; आवश्यकता; अभाव; हर्जा।
8952 गर्जक वि. ठुलो स्वरले बोल्ने; गड्याङगुडुङ गर्ने, गर्जने।
8953 गर्जगुमान ना. अभिमान; सेखी।
8954 गर्जन/गर्जना ना. १. ठुलो स्वरले कराउँदाको ध्वनि, गर्जंदाको शब्द; गर्जाइ।
8955 गर्जन/गर्जना ना. २. मेघको गड्याङगुडुङ।
8956 गर्जन/गर्जना ना. ३. हप्की; खप्की; झपाराइ।
8957 गर्जन/गर्जना तर्जन ना. हप्कीदप्की; धम्कीधमास; हकारपकार।
8958 गर्जने वि. १. गर्जन गर्ने।
8959 गर्जने चालिसा ना. दक्षिण गोलार्द्धमा ४०° अक्षांशदेखि ६०° अक्षांशसम्मको भागमा जोडसँग बहने प्रबल पश्चिमी वायु।
8960 गर्जने चालिसा ना. गर्जने बाघले खाँदैन।
8961 गर्जने चालिसा ना. गर्जने मेघ बर्संदैन ( उखान)।
8962 गर्जाइ गर्जने काम वा प्रक्रिया।
8963 गर्जिनु अ.क्रि. १. गर्जना गरिनु।
8964 गर्जिनु अ.क्रि. २. गर्जनु।
8965 गर्जित वि. गर्जना गरिएको; गर्जेको।
8966 गर्त ना. सतहभन्दा धेरै गहिरो ठाउँ; खाल्टो; खाडल।
8967 गर्त ना. (उदा.- काढी तरक्क पसिना दिनरात डोको, बोके पनि उदर- गर्त रहन्छ भोको। - लेखनाथ)।
8968 गर्दन ना. पिठ्यूँदेखि माथि र घुच्चुकदेखि तल रहेको घाँटीको पछिल्तिरको भाग; शरीर र टाउकालाई जोड्ने भाग।
8969 गर्दनी ना. गर्दनमा समातेर हुत्याउने काम; गलहत्ती; घोक्रेछुत्ती।
8970 गर्दने वि. ठुलो, मोटो र नसुहाउँदो गर्दन हुने ( निन्दा वा गालीमा)।
8971 गर्दन्याइ ना. गर्दन्याउने भाव, क्रिया वा प्रक्रिया।
8972 गर्दन्याइनु क.क्रि. गलहत्ती लगाइनु; घोक्य्राइनु।
8973 गर्दन्याउनु प्रे. क्रि. गर्दनमा समातेर हुत्याउनु, गलहत्ती लगाउनु, घोक्य्राउनु।
8974 गर्दभ ना. गधा।
8975 गर्दभ राग ना. धोधो मोटो नमिठो स्वर।
8976 गर्दागर्दी ना. ठुलो भिडन्त, घोर लडन्त; गर्दीर्घमासान; घम्साघम्सी।
8977 गर्दी ना. १. समय वा परम्पराको ठुलो परिवर्तन; क्रान्ति।
8978 गर्दी ना. २. घम्साघम्सी; लडन्तभिडन्।
8979 गर्धन ना. पिठ्यूँदेखि माथि र घुच्चुकदेखि तल रहेको घाँटीको पछिल्तिरको भाग; शरीर र टाउकालाई जोड्ने भाग।
8980 गर्धनी ना. गर्दनी।
8981 गर्धने वि. गर्दने।
8982 गर्धन्याइ ना. गर्धन्याउने भाव, क्रिया वा प्रक्रिया।
8983 गर्धन्याइनु क.क्रि. गर्दन्याइनु।
8984 गर्धन्याउनु स.क्रि. गर्दन्याउनु।
8985 गर्ने भन्ने वि. गरी भनी गर्ने; कर्ता र वक्ता, कामकुरो फत्ते गर्ने।
8986 गर्भ ना. १. पेटभित्र बच्चा रहने ठाउँ, पाठेघर; बच्चादानी; गर्भाशय; कोख।
8987 गर्भ ना. २. गर्भाशयमा रहेको बच्चो; सालनालसहितको भ्रूण।
8988 गर्भ ना. ३. मध्यभाग; भित्रीभाग; गोप्यस्थान।
8989 गर्भक ना. १. अघिल्लो दिनको साँझदेखि पर्सिपल्ट झिसमिसेसम्मको समय; पूरा दुई रात र त्यसबिचको समय।
8990 गर्भक ना. २. कपालको बिचमा पगरीजस्तो पारेर लाइने फूलमाला।
8991 गर्भकाल ना. गर्भधारणका लागि अनुकूल समय; ऋतुकाल।
8992 गर्भकेसर ना. फलका गर्भनालमाथि रहने तन्तु, परागमा रहने पुंकेसर वा स्त्रीकेसर तत्त्व।
8993 गर्भकोश ना. पाठेघर; गर्भाशय।
8994 गर्भघातिनी ना. १. गर्भपतन गराउने ओखतीका रूपमा प्रयोग गरिने वनस्पति; लाङ्गलिका।
8995 गर्भघातिनी ना. वि. २. गर्भ तुहाउने; गर्भपात गर्ने (स्त्री)।
8996 गर्भघाती वि. गर्भपात गर्ने; भ्रूणहत्या गर्ने; पेटको बच्चा तुहाउने।
8997 गर्भज वि. गर्भबाट उत्पन्न भएको।
8998 गर्भजातक ना. अट्ठाइस हप्ता पुगेको गर्भ; सातमहिनाको गर्भ।
8999 गर्भदास ना. जन्मदेखिकै कमारो ; जन्मजात करिया वा दास।
9000 गर्भधारण स्त्रीपुरुषको सम्भोगबाट गर्भाशयमा शुक्रकीट रहने क्रिया; गर्भवती हुने काम; पेटबोकाइ।