Dictionary

All Word

88601 समाचार ना. भर्खरैको सूचना वा अखबारमा छापिएका हालखबर तथा नयाँ घटनाको विवरण; सम्चार; सन्देश।
88602 समाचार ना. २. असल आचरण; राम्रो चालचलन।
88603 समाचार पत्रिका ना. समाचारपत्र।
88604 समाचार समिति ना. समाचारको सङ्कलन, वितरण आदि गर्ने अधिकृत संस्था वा निकाय ( जस्तै- नेपालको रा. स. स., भारतको पी. टी. आई), चीनको सिन्ह्वा, जापानको क्योडो, फ्रान्सको ए. एफ. पी. इ.)।
88605 समाचार सूचना ना. समाचारपत्रका निम्ति आवश्यक वा समाचारका रूपमा प्रकाशित सूचना।
88606 समाचार स्रोत ना. समाचार प्राप्त गराउने कुनै पनि साधन, सम्बन्धित व्यक्ति, प्रतिनिधि वा समिति।
88607 समाचारदाता ना. समाचार दिने व्यक्ति; संवाददाता।
88608 समाचारपत्र ना. विभिन्न किसिमका समाचारहरू छापिएको नियमित समयमा प्रकाशित हुने पत्र( दैनिक, साप्ताहिक आदि); अखबार।
88609 समाज ना. एउटै रहनसहन, व्यवस्था, धर्म आदि अँगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरूको समूह।
88610 समाज ना. २. सज्जनहरू भेला भई बस्ने ठाउँ।
88611 समाज ना. ३. कुनै विशेष उद्देश्य लिएर सङ्गठन गरिएको संस्था वा सङ्घ (जस्तो- आर्यसमाज, ब्रह्मसमाज, थारूसमाज आदि)।
88612 समाजपरक समालोचना ना. साहित्यलाई समाजसापेक्ष सम्झने र उयोगितावादी दृष्टिले साहित्यको मूल्याङ्कन गर्ने सिद्धान्।
88613 समाजवाद ना. समाजमा रहेको आर्थिक विषमता हटाई समता ल्याउनुपर्छ भन्ने र देशको सम्पूर्ण सम्पत्तिमा कसैको एकलौटी अधिकार हुन नदिई सबैले मिलेर परिश्रम गर्दै उत्पादन र उपभोक्ताका साधनमा समाजको साझा अधिकार रहनुपर्छ भन्ने राजनीतिक सिद्धान्।
88614 समाजवादी जनवाद ना. समाजवादी प्रजातन्त्र।
88615 समाजवादी प्रजातन्त्र ना. समाजवादी व्यवस्थाअन्तर्गत देशका बहुसङ्ख्यक श्रमिकवर्गका लागि जनवादी अधिकारहरूको व्यवस्था गरिने शासनपद्धति; समाजवादी जनवाद (चीन, उत्तर कोरिया आदि देशमा प्रचलित शासनव्यवस्था)।
88616 समाजवादी वि. समाजवादलाई रुचाउने; समाजवादको अनुयायी।
88617 समाजवादी वि. २. समाजवादसम्बन्धी; समाजवादको।
88618 समाजवादी व्यवस्था ना. श्रमिक वा मजदुरवर्गको नेतृत्व र अधिनायकत्वमा समाजवाद क्रियान्वित भएको शासनव्यवस्था।
88619 समाजशास्त्र ना. समाज र यसका संरचनाको सैद्धान्तिक अध्ययन गर्ने विद्या; मानवसमाज तथा संस्कृतिको उत्पत्ति, विकास आदिको विवेचना गरिएको शास्त्र।
88620 समाजशास्त्री वि. समाजशास्त्रको ज्ञाता वा विद्वान्।
88621 समाजी वि. समाजको; समाजसम्बन्धी।
88622 समाजी वि. २. कुनै समाजमा सदस्यका रूपमा रहेको (जस्तो- आर्यसमाजी, ब्रह्मसमाजी आदि)।
88623 समाताइ ना. समात्ने काम वा किसिम।
88624 समातासमात ना. परस्परमा एकले अर्कालाई समात्ने काम।
88625 समातिनु क.क्रि. समाइनु; पक्रिनु।
88626 समात्नु स.क्रि. अरूले दिएको कुनै वस्तु लिनु; ग्रहण गर्नु; अँगाल्नु।
88627 समात्नु स.क्रि. २. कुनै वस्तुलाई फुत्किन नसक्ने गरी अँठ्याउनु; पक्रनु।
88628 समात्नु स.क्रि. ३. प्रहरी वा सरकारी कर्मचारीले भाग्न नसक्ने गरी कसैलाई समाउनु; गिरफ्तार गर्नु।
88629 समात्नु स.क्रि. ४. कुनै वस्तुका निम्ति कसैलाई धरपकड गर्नु; करेप्नु।
88630 समादर ना. विशेष आदर वा सम्मान; प्रतिष्ठा।
88631 समादरणीय वि. समादर गर्नुपर्ने; समादर गर्न योग्य।
88632 समादान ना. मैनबत्ती राखेर बालिने भाँडोविशेष।
88633 समादृत वि. राम्रो किसिमले आदरसत्कार गरिएको; सम्मानि।
88634 समादेश ना. सरकारको विशेष आदेश; राजाज्ञा; हुकुम।
88635 समादेशक वि. समादेश वा हुकुम दिने; उर्दी गर्ने; कमान चलाउने।
88636 समाधान ना. सन्देह, शङ्का, मतभेद आदि हटाउने वा मेट्ने काम; निवारण; निराकरण।
88637 समाधान ना. २. कुनै कठिन प्रश्न वा समस्याको टुङ्ग्याउनी।
88638 समाधान ना. ३. राम्ररी मिलाउने वा स्थापना गर्ने काम।
88639 समाधान ना. ४. मनको एकाग्र चिन्तन; समाधि।
88640 समाधि क्षेत्र ना. योगीको लास गाडिने ठाउँ; मरणघाट; चिहानडाँडो।
88641 समाधि ना. ब्रह्मचिन्तनमा केन्द्रित हुने योगसाधनाको आठौँ तथा अन्तिम अवस्था।
88642 समाधि ना. २. सम्पूर्ण क्लेशबाट मुक्त भई अनेक अलौकिक शक्तिसञ्चय गरिने योगसाधनाको फल।
88643 समाधि ना. ३. ईश्वर वा ध्येयको ध्यानमा मग्न हुने काम; मानसिक एकाग्रता; ध्यान; तप;साधना।
88644 समाधि ना. ४. योगी वा महात्माहरूको देहत्याग।
88645 समाधि ना. ५. कसैको मृत शरीर गाडिएको ठाउँ; चिहान।
88646 समाधि ना. ६. साहित्यमा अन्य कारणद्वारा कार्यसिद्धिको वर्णन हुने एक अर्थालङ्कार।
88647 समाधि स्थल ना. समाधिक्षेत्र।
88648 समाधिस्थ वि. समाधि लिएर बसेको; समाधि लगाएको।
88649 समाधिस्थ वि. २. ध्यानस्।
88650 समाधेय वि. परस्परमा सम्झाई-बुझाई मेलमिलाप गरिने ( विवाद, झगडा आदि)।