Dictionary

All Word

88651 समाधेय वि. २. समाधान गर्न सकिने।
88652 समान वि. तुलनात्मक तथा गुणात्मक दृष्टि र मूल्यगत महत्त्वले समेत बराबर भएको; उस्तै; सदृश; तुल्य।
88653 समान वि. ना. २. शरीरमा रहने पाँच प्रकारका वायुमध्ये एक।
88654 समान हक ना. जाति, वर्ग, लिङ्ग, तथा धनीगरिब आदिको भेदभाव नरही नागरिकले मौलिक रूपमा पाउने बराबरीको अधिकार।
88655 समानता ना. समान हुने चाल वा स्थिति; तुल्यता; सादृश्य; साम्य।
88656 समानाधिकरण वि. उही स्थान, वर्ग वा पदार्थमा विद्यमान; समान आधार भएको।
88657 समानाधिकरण वि. २. व्याकरणमा एकै कारकको विभक्तिले युक्।
88658 समानाधिकरण वि. ना. ३. उही अर्थलाई स्पष्ट र राम्रो पार्न आउने एकै जातको वा समानार्थक अर्को शब्द।
88659 समानाधिकरण वि. ४. कारकको समान सम्बन्ध।
88660 समानान्तर मतदान ना. पक्षविपक्ष दुवैतिर वा दुई समूहमा समान अन्तर भएको मतदान।
88661 समानान्तर रेखा ना. बराबरको दुरीमा रहेका वा खिचिएको रेखा।
88662 समानान्तर रेखा ना. २. एक अक्षांशका स्थानबाट खिचिएका रेखा।
88663 समानान्तर वि. दुवै कोण वा छेउ बराबरीको फरकमा रहेको; समान्तर।
88664 समानान्तर वि. २. रूप, स्थिति, गुण आदिका दृष्टिले समान भएको; बराबरीको; समस्तरीय।
88665 समानान्तर वि. ३. केही कुरामा समान भए पनि केही कुरामा भिन्न पनि रहेको; प्रतियोगी।
88666 समानान्तर वि. ४. पहिले समान स्रोत, इतिहास, ध्येय आदि भए पनि पछि टुक्रिई वा फाटी मूल संस्था, धारा आदिको प्रतिरूपमा आएको (संस्था)।
88667 समानान्तर वि. ५. कुनै व्यक्ति वा कुराको विकल्पका रूपमा पेस भएको वा उभिएको।
88668 समानान्तर सरकार ना. कुनै देशको विद्यमान सरकारको प्रतिस्पर्धा वा विरोधमा स्थापित तथा केही भागमा शासन गर्ने अर्को सरकार; प्रतिसरकार।
88669 समानार्थक वि. समान वा उस्तै अर्थ भएको; उही अर्थ बुझाउने; पर्याय (जस्तै- आकाशका समानार्थक शब्द- नभ, व्योम, गगन, सगर, अकास आदि)।
88670 समानार्थी वि. समान अर्थ दिने; समानार्थक।
88671 समानुपात ना. कुनै वस्तुको बराबरीको परिमाण वा मात्रा; एकनासको अनुपा।
88672 समानुपातिक प्रतिनिधित्व ना. क्षेत्र, जनसङ्ख्या, वर्ग आदिका आधार वा अनुपातले हुने तथा गरिने प्रतिनिधित्व।
88673 समानुपातिक वि. समानुपातको विचार वा आधारले हुने; बराबरीको परिमाण वा मात्रामा आउने।
88674 समानुपाती वि. समानुपातमा रहेको; समानुपात हुने; समानुपातसम्बन्धी।
88675 समान्तर वि. हे. समानान्तर।
88676 समापक वि. थालेको काम पूरा गर्ने वा टुङ्ग्याउने; कार्य समाप्त गर्ने (उदा.- यस अनुष्ठानको समापक तपाईं नै हुनुहुन्छ)।
88677 समापन ना. कुनै कार्य पूर्ण गर्ने काम; कार्यको सम्पन्नता; समाप्ति; टुङ्ग्याइ।
88678 समापन ना. २. उपलब्धि; प्राप्ति।
88679 समापन ना. ३.मार्ने काम; हिंसा;नाश।
88680 समापन प्रस्ताव ना. पहिलेदेखि चलेको कुनै वादविवाद, छलफल आदिलाई टुङ्ग्याउन ल्याइएको प्रस्ताव; विवादान्त प्रस्ताव।
88681 समापन समारोह ना. विभिन्न काम वा चरणमा विभाजित गरी पूर्ण भएको कुनै कार्यक्रम वा आयोजनालाई विसर्जन गरिने समारोह।
88682 समापनीय वि. समापन गर्न वा हुन योग्य; समाप्त हुन उचित; समाप्य।
88683 समापन्न ना. संयोगले एकसाथ आइपर्ने कुनै दुई कार्य वा घटना।
88684 समापन्न ना. वि. २. त्यस्तो घटना वा कार्यका रूपमा आएको; घटि।
88685 समापन्न ना. ३. पूरा भएको; समाप्।
88686 समापन्न ना. ४. दुःखी; पीडि।
88687 समापन्न ना. ५. मारिएको।
88688 समापवर्तक वि. समापवर्तन गर्ने।
88689 समापवर्तक वि. ना. २. गणितमा दुई वा धेरै राशिलाई अलगअलग भाग गर्दा शेष नरहने गरी भाग गर्न सकिने सङ्ख्या (जस्तो- २७, ३६, ४५ अङ्कलाई ९ ले भाग दिँदा केही शेष रहँदैन।
88690 समापवर्तक वि. यसैले (उक्त तीनवटै राशिको समापवर्तक हो)।
88691 समापवर्तन ना. प्राचीन हिन्दु परम्पराअनुसार ब्रह्मचर्याश्रममा रही वेदवेदाङ्गको अध्ययन पूरा गरी गुरुकुलको ब्रह्मचर्याश्रमबाट गृहस्थाश्रममा फर्कने क्रिया; द्विजातिका षोडश संस्कारमध्ये एक।
88692 समापवर्तन ना. २. गएको ठाउँबाट फर्केर आउने क्रिया; पुनरागमन; प्रत्यागमन।
88693 समापवर्तन ना. ३. विश्वविद्यालयका स्नातक वा सोभन्दा माथिका परीक्षामा समुत्तीर्ण भएका स्नातकहरूलाई उपाधि वितरण गर्ने कार्य; उपाधि वितरणोत्सव; दीक्षान्त समारोह।
88694 समापवर्तन ना. गणितमा समापवर्तक निकाल्ने क्रिया- प्रक्रिया।
88695 समापिका क्रिया ना. व्याकरणका दृष्टिले वाक्य पूरा गर्न आउने र पूर्ण अर्थ दिने क्रियापद (जस्तो- जान्छ, जान्छु आदि)।
88696 समापिका वि. सम्पन्न गर्ने; समाप्त गर्ने; पूरा गर्ने; (स्त्री)।
88697 समापित वि. समापन गरिएको; पूर्ण गरिएको; समाप्।
88698 समाप्त पुनरादान ना. वाक्य पूरा भइसकेपछि त्यसभित्र पद जोड्दा हुने वाक्यदोष।
88699 समाप्त वि. सिद्धिएको; पूरा भएको; टुङ्गिएको; बाँकी नरहेको।
88700 समाप्तम् ना. तमसुक वा पुराना चिट्ठीपत्र आदिका पुछारमा लेखिने शब्द।