Dictionary

All Word

88701 समाप्तम् ना. २. समाप्ति।
88702 समाप्ति ना. भइरहेको वा चलिरहेको कामकुराको अन्त वा टुङ्ग्याइ; टुङ्ग्याउनी।
88703 समाप्तिक ना. वेदको अध्ययन समाप्त गर्ने व्यक्ति।
88704 समाप्तिक ना. वि. २. समाप्त वा पूरा गर्ने; समापक।
88705 समाप्य वि. समाप्त गर्न योग्य; पूरा गर्न लायक।
88706 समायोग ना. सम्बन्ध; संयोग; भेट।
88707 समायोग ना. २. तयारी।
88708 समायोग ना. ३. राशि; सङ्ग्रह।
88709 समायोजक ना. समायोजन गर्ने व्यक्ति।
88710 समायोजन ना. कसैलाई वा कुनै कुरालाई वातावरण, परिस्थिति आदिको अनुकूल बनाउने काम; वातावरण, परिस्थिति आदिसँग मिल्दोपन।
88711 समायोजन ना. २. आवश्यक परेका वा खोजेका बेला पाइने गरी मालसामान जोरजाम गर्ने वा जगेडा राख्ने काम।
88712 समायोजन ना. ३. संयोजन; सन्तुलन।
88713 समारम्भ ना. विशेष किसिमले वा राम्ररी गरिएको आरम्भ; कुनै शुभ कामको आरम्भ; शुभारम्भ।
88714 समारम्भ ना. २. उद्यम।
88715 समारम्भ ना. ३ अङ्गराग।
88716 समारोह ना. कुनै चाडपर्व वा विशेष अवसरमा राम्रो तयारीका साथ गरिने आयोजना; सजधजका साथ मनाइने उत्सव।
88717 समारोह ना. २. राम्ररी मास्तिर चढ्ने काम; उक्लने काम।
88718 समार्थक वि. हे. समानार्थक।
88719 समार्थी वि. हे. समानार्थी।
88720 समालाइ ना. समाल्ने भाव, क्रिया वा प्रक्रिया।
88721 समालिनु अ.क्रि. धैर्य लिएर बस्नु; सँभालिनु।
88722 समालोचक ना. कुनै साहित्यिक कृति, रचना वा अन्य प्रकारका विषयवस्तुको समालोचना गर्ने व्यक्ति; आलोचक; समीक्षक।
88723 समालोचक ना. वि. २. टीकाटिप्पणी गर्ने; गुणदोष देखाउने।
88724 समालोचन/समालोचना ना. कुनै विषयवस्तु वा कुराका राम्रानराम्रा पक्षको मूल्याङ्कन निष्पक्षताका साथ गर्ने काम।
88725 समालोचन/समालोचना ना. २. कुनै साहित्यकारका विशेषता वा साहित्यिक कृतिका गुणदोषको वस्तुगत विवेचना।
88726 समालोचन/समालोचना ना. ३. कुनै ग्रन्थ, लेख, व्यक्ति आदिका गुणदोषको सम्यक् विवेचना गरिएको लेख वा प्रबन्ध; आलोचना; समीक्षा।
88727 समालोचित वि. समालोचना गरिएको; आलोचि।
88728 समालोच्य वि. समालोचना गर्नुपर्ने; समालोचना गर्न योग्य।
88729 समाल्नु स.क्रि. सँभाल्नु।
88730 समाविष्ट वि. समावेश वा सामेल गरिएको; सम्यक्; प्रविष्ट।
88731 समाविष्ट वि. २. अर्काभित्र समावेश भएको; अन्तर्भाव भएको; राम्ररी अटाएको।
88732 समावृत्त वि. राम्ररी घेरा हालिएको; घेरिएको।
88733 समावृत्त वि. २. छोपिएको; ढाकिएको।
88734 समावेदन ना. राम्ररी तयार गरिएको आवेदन; विशेष रूपको निवेदन; बिन्तीपत्र।
88735 समावेश ना. सामेल गर्ने वा गराउने काम; सम्यक् प्रवेश।
88736 समावेश ना. २. कुनै विषय वा वस्तु अर्को विषय वा वस्तुभित्र मिल्ने काम; अन्तर्भूत हुने क्रिया; अन्तर्भाव।
88737 समाश्रय ना. राम्रो किसिमको आश्रय; सहारा।
88738 समाश्रय ना. २. कसैको आडभरोसा लिने काम; कसैको आश्रयमा जाने स्थिति वा प्रक्रिया।
88739 समाश्रित वि. कसैको सहारा वा आडमा बसेको; सम्यक् आश्रि।
88740 समास ना. व्याकरणअनुसार शब्दरचनाका क्रममा दुई वा दुईभन्दा बढी शब्द नियमानुसार विभक्तिलोप, ध्वनिहरूको हेरफेर, संयोग आदि भई पूरै पदको एउटै अर्थ वा शब्दानुसारको अर्थ बुझाउने गरी मिल्ने, एउटै पद बन्ने वा समस्त हुने काम; परस्पर सम्बन्ध रहने मुक्त शब्दहरूको एकमेल हुने काम (जस्तै- घरको काज = घरकाज, सानी आमा= सानीमा, दुई बाटाको समूह= दोबाटो, घर र बारी =घरबारी इ.)।
88741 समास ना. २. उपर्युक्त प्रकारले विभिन्न रूपबाट समास हुने तत्पुरुष, कर्मधारय, द्विगु, द्वन्द, बहुव्रीहि, अव्ययीभाव आदि भेद वा प्रकार।
88742 समास ना. ३. सङ्क्षेप।
88743 समास ना. ४. सानोमा धेरै अटाउने काम।
88744 समासित वि. समास भएको; मिलेको; समस्।
88745 समासीन वि. राम्ररी बसेको।
88746 समासीन वि. २. उच्च आसनमा बसेको वा विराजमान भएको।
88747 समासोक्ति ना. साहित्यमा प्रकृत कुरामा कार्य, स्त्री-लिङ्ग, विशेषण आदिको समानताबाट अप्रकृतको व्यवहारको आरोप गरी देखाएमा हुने एक अर्थालङ्कार; लिङ्ग, क्रिया र विशेषणको समानताले अर्को अर्थ पनि झल्किने भएमा हुने एक अर्थालङ्कार।
88748 समाहरण ना. एक स्थानमा एकत्रित गर्ने काम; जम्मा गर्ने काम; सङ्ग्रह; बटुलाइ।
88749 समाहरण ना. २. राशि; रास; थुप्रो।
88750 समाहर्ता वि. कुनै वस्तु आदिलाई एक ठाउँमा जम्मा गर्ने; सङ्ग्रह गर्ने।