Dictionary

All Word

88751 समाहर्ता वि. ना. २. राजकर वा तिरो उठाउने अधिकारी।
88752 समाहा ना. खेतमा बढ्ता भएको पानी निकाल्ने निकास।
88753 समाहार ना. धेरै वस्तुलाई एक ठाउँमा जम्मा गर्ने काम; एकत्रित पार्ने काम; समाहरण।
88754 समाहार ना. २. समूह; राशि।
88755 समाहार ना. ३. मिलाउने वा जोर्ने काम; मेलमिलाप।
88756 समाहार ना. ४. कर्मधारय समासको एक भेद।
88757 समाहित वि. एक ठाउँमा जम्मा गरिएको; एकत्रि।
88758 समाहित वि. २. इन्द्रियहरूलाई वशमा राखेको; इन्द्रियका चाहनाहरूमाथि विजय पाएको; शान्त स्थितिमा भएको; शान्।
88759 समाहित वि. ३. समाधान गरिएको; टुङ्गो लगाइएको।
88760 समाहित वि. ४. समाधिमा रहेको; समाधिस्।
88761 समाह्वान ना. फौजदारी मुद्दामा अदालतमा हाजिर हुनका लागि अभियुक्त वा साक्षीलाई अदालतबाट पठाइने पुर्जी; समन।
88762 समिज ना. महिलाहरूले लगाउने गन्जीविशेष।
88763 समिति ना. कुनै विशेष कामकुराका निम्ति गठन गरिएको सानोतिनो मण्डल।
88764 समिति ना. २. परिषद्; सभा।
88765 समिति ना. ३. सभा; कचहरी।
88766 समिधा ना. विशेष गरी यज्ञकुण्डमा बालिने दाउरा; दाउरा; इन्धन।
88767 समियाना ना. सामियाना।
88768 समीकरण ना. समान बनाउने वा बराबर पार्ने क्रिया; सम्म्याउने काम।
88769 समीकरण ना. २. गणितमा ज्ञात राशिका सहायताले अज्ञात राशि निकाल्ने प्रक्रिया।
88770 समीक्षक ना. समीक्षा गर्ने (व्यक्ति); समालोचक।
88771 समीक्षा ना. कुनै कृतिबारे गुणदोष छुट्ट्याई निष्पक्षता र गम्भीरतापूर्वक गरिने विवेचना; समालोचना।
88772 समीक्षा ना. २. कुनै विषयवस्तुबारे अनुसन्धान गर्ने काम; खोजी; गवेषण।
88773 समीक्षा ना. ३. कुनै विषयवस्तुलाई राम्ररी वा नियालेर हेर्ने काम।
88774 समीक्षा ना. ४. राम्रोसित गरिएको जाँच; नियालेर गरिएको जाँच; सम्यक् परीक्षा।
88775 समीक्षालय ना. देशका विभिन्न गाउँ, नगर, जिल्ला, अञ्चल आदिमा भएका विभिन्न विषयको उन्नतिप्रगतिलाई तालिकाका रूपमा देखाइने घर वा कोठा; प्रगति वा मूल्याङ्कनको प्रदर्शनशाला।
88776 समीक्षित वि. राम्ररी जाँचेर गुणदोषको विवेचना गरिएको; समीक्षा गरिएको।
88777 समीक्ष्य वि. समीक्षा गर्न लायक; समीक्षा गर्न योग्य।
88778 समीक्ष्य वि. ना. २. मीमांसाशास्त्र।
88779 समीचीन वि. हरेक दृष्टिले उचितः न्यायसङ्ग।
88780 समीचीन वि. २. उपयुक्।
88781 समीचीन वि. ३. वास्तविक।
88782 समीचीनता ना. समीचीन हुनाको भाव वा अवस्था।
88783 समीप ना. यो. निकट; वर; नजिक।
88784 समीप ना. यो. ना. २. निकटता; सामीप्य।
88785 समीपता ना. समीप हुनाको भाव वा अवस्था; सामीप्य; निकटता।
88786 समीपवर्ती वि. समीप वा छेउमा रहेको।
88787 समीभवन ना. संयुक्त व्यञ्जनहरू एक अर्काको प्रभावमा आएर प्रभावित वा परिवर्तित हुने भाषावैज्ञानिक प्रक्रिया; व्यञ्जनसन्धि (समीभवन प्रगत, परागत र पारस्परिक गरेर तीन प्रकारका छन्)।
88788 समीर ना. वायु; पवन; हावा।
88789 समीर ना. २. प्राणवायु।
88790 समीरण ना. समीर; हावा।
88791 समीरण ना. २. यात्री; पथिक।
88792 समीरण ना. वि. ३. चलिरहेको; चल्ने; गतिशील।
88793 समुचित वि. नियमकानुन वा व्यवहारका दृष्टिले ठिक; उचित; न्यायसङ्ग।
88794 समुचित वि. २. सुहाउँदो; उपयुक्।
88795 समुचित वि. ३. यथेष्ट; पर्याप्त; पुग्दो।
88796 समुच्चय ना. जम्मा गर्ने काम; एकत्रित पार्ने काम; बटुलाइ।
88797 समुच्चय ना. २. राशि; थुप्रो।
88798 समुच्चय ना. ३. साहित्यमा कुनै एउटा कार्यसाधक हुँदाहुँदै अर्को पनि त्यसको साधक हुने वा भएको वर्णन गर्दा पर्ने अलङ्कार।
88799 समुच्चा वि. सम्पूर्ण; जम्मै।
88800 समुज्ज्वल वि. खुब उज्यालो वा चम्किलो; अत्यन्त उज्ज्वल; चहकिलो।