Dictionary

All Word

88801 समुत्तीर्ण वि. कुनै परीक्षा आदिमा राम्ररी उत्तीर्ण भएको; राम्रोसँग पास भएको; सम्यक् रूपमा उत्तीर्ण।
88802 समुत्थान ना. राम्रोसित उठ्ने काम; सम्यक् उत्थान।
88803 समुत्थान ना. २. उभ्याउने वा खडा गर्ने क्रिया।
88804 समुत्थान ना. ३ उठान; थालनी; आरम्भ।
88805 समुत्थान ना. ४. अभ्युत्थान।
88806 समुत्पत्ति ना. राम्ररी उत्पन्न हुने काम; सम्यक् उत्पत्ति।
88807 समुत्पत्ति ना. २. जन्म।
88808 समुत्पन्न वि. राम्ररी उत्पन्न भएको; सम्यक् रूपमा उत्पन्न।
88809 समुत्पन्न वि. २. जन्मेको; पैदा भएको।
88810 समुत्सुक वि. साह्रै उत्सुक; उत्कण्ठि।
88811 समुत्सुकता ना. समुत्सुक हुनाको भाव वा स्थिति; उत्कण्ठा।
88812 समुदाय ना. धेरै मानिस वा वस्तुको समूह।
88813 समुदाय ना. २. दल; जमा।
88814 समुदाय ना. ३. कुनै उद्देश्यविशेषले स्थापित वा सञ्चालित संस्था वा समिति।
88815 समुद्यत वि. राम्ररी तयार परेको वा पारिएका; उद्य।
88816 समुद्यत वि. २. कुनै कामकुरामा राम्ररी जुटेको; लागेको; तत्पर।
88817 समुद्र ना. पृथ्वीको स्थलभागलाई घेरेर रहेको नुनिलो पानीको अगाध राशि; सागर; उदधि; समुन्द्र।
88818 समुद्र ना. २. कुनै विषय, वस्तु वा गुणको ठुलो खानी।
88819 समुद्रपार ना. समुद्रको पारिपट्टि भएका देश वा भूभाग ( युरोप र अमेरिका)।
88820 समुद्रफल ना. काउलाका जस्ता पात, राता फूल र टुप्पामा जुँगा हुने र प्याजी रङका फल हुने एक जातको वृक्ष; त्यसैको फल; तुवरक।
88821 समुद्रफिँज / फेन ना. गाढा पहेँला रङका गेडा फल्ने एक जातको मसिनो धान वा त्यसैको चामल।
88822 समुद्रफिँज / फेन ना. २. कान आदि दुख्ता औषधीका रूपमा प्रयोग गरिने, समुद्रको फेनबाट बनेको पदार्थ; समुद्रको फिँज।
88823 समुद्रमथन / मन्थन ना. देवता र दानव मिलेर एकसाथ समुद्रको मन्थन गरेको र त्यसबाट लक्ष्मी आदि चौध रत्न प्राप्त भएको एक पौराणिक प्रसङ्ग।
88824 समुद्रमथन / मन्थन ना. २. समुद्रलाई मथन गर्ने काम।
88825 समुद्री वि. समुद्रीये समुद्रमा हुने; समुद्रको; समुद्रसम्बन्धी।
88826 समुद्री उडान ना. समुद्रमाथि गरिने उडान।
88827 समुद्री गाई ना. अफ्रिकाको तटदेखि बङ्गालको खाडीसम्म पाइने, शाकाहारी, साढे तीन मिटरजति लम्बाइ हुने, माछाको जस्तो पुछारमा पखेटा र बहनाजस्तो अवयव भएको, अन्दाजी एक सय पचास के.जी. वजन हुने स्तनधारी समूहको समुद्री जन्तु।
88828 समुद्री गैँडा ना. छोटा, हात्तीका जस्ता खुट्टा हुने, गैँडाभन्दा अलि सानो तर जिउ उस्तै भद्दा र ठुलो टाउको भएको, पानी र जमिन दुवैमा बस्न सक्ने भए तापनि प्रायः पानीमै बसिरहने अफ्रिकी जन्तु।
88829 समुद्री घोडा ना. पुच्छरले झारपात समात्न सक्ने, खबटे परेको शरीर, घोडाको जस्तो ठुलो टाउको तर लामो थुतुनो भएको, समुद्रमा पाइने एक प्रकारको माछा (यो जातिको माछामा भाले माछाले नै ओथारा बस्ने काम गर्छ)।
88830 समुद्री डाँकु ना. समुद्रमा हिँड्ने जहाज आदिमा डाँका गर्ने व्यक्ति; जलदस्यु।
88831 समुद्री धरातल ना. समुद्रभित्रको जमिनको सतह।
88832 समुद्री मार्ग ना. पानीजहाज आदिद्वारा आवागमन गरिने समुद्रको बाटो।
88833 समुद्री मौसम आयोग ना. समुद्रको मौसमका बारेमा जानकारी हासिल गर्नका निम्ति बनेको आयोग।
88834 समुद्री वायु ना. समुद्री सतहबाट बहने मन्द वायु।
88835 समुद्री विज्ञान ना. समुद्रका बारेमा विस्तृत चर्चा भएको शास्त्र; समुद्रसम्बन्धी विज्ञान।
88836 समुद्री विमान आयोग ना. सामुद्रिक विमानसम्बन्धी कुराको जानकारीका लागि गठित आयोग।
88837 समुद्री सिंह ना. समुद्रमा पाइने, दश फिट लामो शरीर र दुई हजार पाउण्ड जति वजन भएको, पानीमा बस्दाबस्दा हातखुट्टा बहनाजस्तो भइसकेको, जुँगा भएको, जमिनमा पनि हिँड्न सक्ने, भालेको गर्धनमा अलिअलि जगर भएको जन्तु।
88838 समुद्री सुरक्षा समिति ना. सामुद्रिक सुरक्षासम्बन्धी कुराका लागि गठन गरिएको समिति।
88839 समुन्द्र ना. समुद्र; सागर।
88840 समुन्द्र फल ना. लामो मुटुको आकारका, तिखो टुप्पा भएका हरिया पात हुने, गुलाफको जस्तो फूल फुल्ने, आयुर्वेदमा जरा शक्तिवर्द्धक, वातनाशक र स्नायुसम्बन्धी रोगमा तथा पात चर्मरोगमा हितकर मानिएको एक लहरे बोट।
88841 समुन्नत वि. बेसरी माथि उठेको वा ज्यादै उचाइमा पुगेको।
88842 समुन्नत वि. २. खुबै अग्लो; निकै उचो।
88843 समुन्नत वि. ३. प्रशस्त उन्नति गरेको; विद्याकौशल, धनधान्य आदिका दृष्टिले सम्पन्न।
88844 समुन्नति ना. समुन्नत हुने काम; उच्चता।
88845 समुन्नति ना. २. विद्या, वैभव आदिका दृष्टिले हुने सम्पन्नता; ठुलो उन्नति; अभ्युदय; समृद्धि।
88846 समुपस्थित वि. राम्रो रूपमा उपस्थित भएको; सम्यक् उपस्थि।
88847 समुपस्थिति ना. त्यसरी उपस्थित हुने काम।
88848 समुल्लास ना. धेरै आनन्द; साह्रै खुसियाली; ठुलो हर्कबढाइँ।
88849 समुल्लास ना. २. ग्रन्थको परिच्छेद।
88850 समूल वि. जरा भएको; मूलसहितको; मूलयुक्।