Dictionary

All Word

88851 समूल वि. २. कारणसहितको; सकारण।
88852 समूह ना. एकै ठाउँमा धेरै वस्तुहरूको थुप्रो; धेरै वस्तुहरूको समुदाय; राशि।
88853 समूह ना. २. धेरै मानिसहरूको जमात; हुल।
88854 समूहगान / गीत ना. धेरै जना मिलेर एकसाथ एकै स्वरमा गाइने गीत; सामूहिक रूपमा गाइने गान; समूहगीत; मागल।
88855 समूहवाद ना. उद्योगव्यवसायमा सामूहिक पुँजीको प्रयोग गर्ने वा भूमि तथा उत्पादनका वस्तुमा सामूहिक प्रभुत्वको आवश्यकतामा जोड दिने सिद्धान्।
88856 समूहवाद ना. २. बेलायतका लास्कीद्वारा प्रतिपादित एक राजनीतिक सिद्धान्।
88857 समूह विभाजन ना. शिक्षार्थीहरूलाई खास पाठ्यवस्तुमा विस्तृत अभ्यास वा जानकारी दिन कक्षालाई ससाना समूहमा बाँड्ने क्रिया।
88858 समूहशील वि. समूहमा रहने, मिल्ने वा पाइने।
88859 समूहशील वि. २. सामूहिक (गुण)।
88860 समूहीकरण ना. विभिन्न एकाइलाई समूहबद्ध गर्ने काम।
88861 समूहीकृत वि. एकत्र पारिएको; थुप्य्राइएको; जम्मा गरिएको।
88862 समृद्ध वि. धनधान्य आदिले सम्पन्न; पुगीसरी आएको।
88863 समृद्ध वि. २. उन्नतिशील; उन्न।
88864 समृद्धि ना. समृद्ध हुनाको भाव वा अवस्था; सम्पन्नता।
88865 समृद्धि ना. २. उन्नति; अभ्युदय; बढिबढाउ।
88866 समेट्नु स.क्रि. यताउति छरिएर रहेका व्यक्ति, वस्तु वा विचारलाई एकत्र पार्नु; सँगेट्नु।
88867 समेट्नु स.क्रि. २. गुटमुट्याउनु।
88868 समेटसामेट ना. समेट्नेमिलाउने काम।
88869 समेटाइ ना. समेट्ने भाव, क्रिया वा प्रक्रिया।
88870 समेटाइनु क.क्रि. समेट्न लाइनु।
88871 समेटाउनु प्रे. क्रि. समेट्न लाउनु।
88872 समेटिनु क.क्रि. समेट्ने काम गरिनु; सँगेटिनु।
88873 समेत ना. यो. सहित; सुद्ध।
88874 समेत ना. यो. वि. २. कसैका साथ लागेको वा मिलेको; युक्।
88875 समेना ना. ठुलो चारैतिर खुला हुने एक किसिमको पाल; सामियाना।
88876 समेलो ना. कुनै काम गर्दाको छरितोपन।
88877 समेलो ना. २. समेटसामेट।
88878 समोच्च रेखा ना. समान उचाइका स्थानहरूलाई जोड्ने रेखा।
88879 समोसा ना. भित्रपट्टि पकाएको आलु, नुन मसला आदि हाली, तीनचुच्चे पारी तेल वा घिउमा पकाइएको गहुँको पिठाको खाद्य वस्तु; सिँगाडा।
88880 सम्चार ना. समाचार; खबर।
88881 सम्झनु स.क्रि. पहिले बितेका वा घटेका घटना वा कुराको सम्झना गर्नु; स्मरण गर्नु; याद गर्नु।
88882 सम्झनु स.क्रि. २. कुनै विषयवस्तु वा कुरो बुझ्नु।
88883 सम्झनु स.क्रि. ३. ठान्नु।
88884 सम्झना ना. कुनै व्यक्ति, वस्तु, घटना, कुरा आदिलाई सम्झने काम; स्मृति; याद; स्मरण।
88885 सम्झना राख्नु दु. नबिर्सनु।
88886 सम्झना राख्नु दु. २. चिनु राख्नु।
88887 सम्झाइ ना. सम्झने भाव, क्रिया वा प्रक्रिया।
88888 सम्झाइनु क.क्रि. सम्झन लाइनु।
88889 सम्झाउनी ना. सम्झनाका निम्ति दिइने कुनै चिज।
88890 सम्झाउनी ना. २. सम्झनामा रहने गरी गरिएको कामकुरो।
88891 सम्झाउनी बिर्साउनी ना. सम्झनामा रहने र बिर्सन सकिने दुवै हुने कुनै चिज वा कामकुरो।
88892 सम्झाउनु स.क्रि. झल्को दिलाउनु; सम्झना गराउनु; स्मरण दिलाउनु।
88893 सम्झिनु क.क्रि. सम्झना गरिनु।
88894 सम्झौटो ना. बिर्सिएको कुनै वस्तुलाई सम्झना गराउने वस्तु वा चिठीपत्र।
88895 सम्झौटो ना. २. कुनै कामकुरा भएको वा गरेको विषय सम्झनका निम्ति लेखिएको टिपोट वा लेखोट; स्मृतिपत्र।
88896 सम्झौता ना. विभिन्न व्यक्ति, समूह वा देशका बिचमा कुनै कुराको सम्बन्धमा हुने सन्धि।
88897 सम्झौता ना. २. विरोधी विचारधारा भएका व्यक्ति, समूह, देश आदिका बिचमा हुने मेलमिलाप; सन्धि; सुलह।
88898 सम्ठनु अ.क्रि. सित्तैँमा अर्काको वस्तु जति सक्यो उति जम्मा हुनु।
88899 सम्ठनु अ.क्रि. स.क्रि. २. परस्त्रीसँग व्यभिचार गर्नु।
88900 सम्ठ्याइ ना. सम्ठ्याउने भाव, क्रिया वा प्रक्रिया; गुटमुट्याइ।