Dictionary

All Word

88901 सम्ठ्याइ ना. २. पिटाइ।
88902 सम्ठ्याइनु क.क्रि. सम्ठ्याउने काम गरिनु।
88903 सम्ठ्याउनु स.क्रि. सोठ्याउनु।
88904 सम्ठ्याउनु स.क्रि. २. गुटमुट्याउनु।
88905 सम्धिनी ना. सम्धीको स्त्रीरूप; सम्धीकी स्त्री।
88906 सम्धिनी ना. २. छोरा वा छोरीकी सासू।
88907 सम्धिनी टपरो ना. छोरीलाई घर पठाउँदा माइतीका तर्फबाट छोरीकी सासूका निम्ति सेलरोटी हाली पठाइने टपरो।
88908 सम्धिनी बाबर ना. सेल पकाउँदा हालिने ताईभरिको बाबर।
88909 सम्धिनी बाबर ना. (यो बाबर पहाडतिर खास गरी तामाङ जातिमा छोरी घर पठाउँदा सासूलाई सेलसँगै कोसेलीका रूपमा पठाइन्छ)।
88910 सम्धिनी रोटी ना. छोरी घर पठाउँदा सम्धिनीका निम्ति पठाइने सेलरोटी आदिको भाग।
88911 सम्धी ना. छोरी वा छोराको ससुरो।
88912 सम्धीगाँठो ना. केटाकेटीको विवाहपछि सम्धी ढोग फुकाउँदा पारिने गाँठो।
88913 सम्धीटीका ना. दुलहीका बाबुले दुलाहाका बाबुलाई लगाइदिने टीका।
88914 सम्धीपाती ना. विवाहका अवसरमा सम्धीसम्धी भेट गर्ने विधि।
88915 सम्धीफेटा ना. दुलहीका माइतीका तर्फबाट सम्धीलाई लगाइदिने फेटा।
88916 सम्धीभेटी ना. विवाहका अवसरमा दुलहीका बाबुआमाका तर्फबाट सम्धीलाई दिइने भेटी।
88917 सम्ध्याइलो ना. सम्धी र सम्धीका नाता पर्ने इष्टमित्र; सम्धी र सम्धीका नातेदार।
88918 सम्ध्यौल ना. सम्धीको घर।
88919 सम्पत् / सम्पत्ति ना. कसैको निजी अधिकारमा रहेको चल वा अचल धन; धनदौल।
88920 सम्पत् / सम्पत्ति ना. २. ऐश्वर्य; वैभव।
88921 सम्पत् / सम्पत्ति कर ना. कुनै व्यवसायमा संलग्न व्यक्तिको सम्पत्ति निश्चित परिमाणभन्दा बढी भएमा ऐनअनुसार लाग्ने कर।
88922 सम्पत्/ सम्पत्ति मूल्याङ्कन ना. अचल सम्पत्तिको समयअनुसारको मूल्य तोक्ने काम; सम्पत्तिको मूल्यनिर्धारण।
88923 सम्पदा ना. प्राकृतिक सम्पत्ति वा साधन; प्राकृतिक देन।
88924 सम्पदा ना. २. सम्पत्ति; वैभव; धन।
88925 सम्पन्न वि. चाहिँदो मात्रामा धनधान्यादि भएको; समृद्ध।
88926 सम्पन्न वि. २. सहित; युक्त (जस्तो- धनसम्पन्न, विद्यासम्पन्न इ.)।
88927 सम्परीक्षक ना. सम्परीक्षण गर्ने व्यक्ति।
88928 सम्परीक्षण ना. एकपल्ट परीक्षण भइसकेका परीक्षाका उत्तरपुस्तिका वा अन्य लेख आदिको कुनै त्रुटि रहन गएको छ कि भनी पुनः परीक्षण गर्ने काम।
88929 सम्पर्क ना. भेटघाट, बसउठ, चिठीपत्र आदिका माध्यमबाट कसैसँग सम्बन्ध राख्ने काम।
88930 सम्पर्क ना. २. मिलावट; मिश्रण।
88931 सम्पर्क ना. ३. संयोग।
88932 सम्पर्क ना. ४. स्पर्श।
88933 सम्पर्क अधिकारी ना. मैत्रीपूर्ण सम्बन्ध भएका अन्य अधिकारी, व्यक्ति वा नागरिकहरूसँग आवश्यक कामकुराका निम्ति सम्बन्ध राख्ने अधिकारी।
88934 सम्पर्क अधिकारी ना. २. त्यस्तो अधिकारीको पद वा दर्जा।
88935 सम्पर्क भाषा ना. भिन्नभिन्न भाषाभाषीद्वारा विचारको आदानप्रदानका लागि परस्पर बोलिने भाषा; साझा भाषा।
88936 सम्पर्क विच्छेद ध्वनि ना. टेलिफोनमा कल ( बोलावट ) गयो भनी जनाउने ध्वनि (रिङ ब्याकटोन)।
88937 सम्पर्क सूचक ना. एक ठाउँको सम्पर्क अर्को ठाउँसँग भएको कुराको जनाउ दिने यन्त्र वा ध्वनि; टेलिफोन गएको सूचना दिने आवाज।
88938 सम्पात ना. दिन र रातको लमाइ समान हुने दिन।
88939 सम्पाति ना. रामायणप्रसिद्ध जटायुका दाजु; गृध्रराज।
88940 सम्पादक वि. कुनै काम पूरा गर्ने; कार्य सम्पन्न गर्ने।
88941 सम्पादक वि. २. प्रस्तुत वा तयार गर्ने।
88942 सम्पादक वि. ना. ३. कुनै पुस्तक, पत्रपत्रिका आदिका लेखरचना राम्ररी मिलाई ठिक गरी प्रकाशनयोग्य बनाउने व्यक्ति; सम्पादन गर्ने व्यक्ति।
88943 सम्पादकीय वि. कुनै पुस्तकपुस्तिकाको विषय वा उद्देश्यलाई प्रस्ट्याउने गरी सम्पादकका तर्फबाट सङ्क्षेपमा लेखिएको विशेष प्रकारको लेख।
88944 सम्पादकीय वि. २. समाचारपत्र आदिमा समसामयिक विषयमा सम्पादकका तर्फबाट लेखिएको विशेष प्रकारको लेख।
88945 सम्पादकीय वि. वि. ३. सम्पादकको; सम्पादकसम्बन्धी।
88946 सम्पादन ना. कुनै पत्रपत्रिका वा ग्रन्थका विषयहरूको विषयक्रम, पाठ आदि ठिकसित मिलाई आवश्यक परिवर्तन, परिवर्धन, थपघट, भाष्य, टीका आदि सबै ठिक रूपमा तयार गर्ने काम सम्पादकको काम।
88947 सम्पादन ना. २. कुनै काम राम्ररी पूरा गर्ने वा सम्पन्न बनाउने काम।
88948 सम्पादनीय वि. सम्पादन गर्नुपर्ने; सम्पादन गर्न योग्य।
88949 सम्पादिका ना. कुनै पुस्तकपुस्तिका वा पत्रपत्रिका आदिको सम्पादन गर्ने स्त्री।
88950 सम्पादित वि. सम्पादन गरिएको।