Dictionary

All Word

88951 सम्पादित वि. २. पूरा गरिएको।
88952 सम्पाद्य वि. सम्पादन गर्न योग्य; सम्पादन गर्न लायक; सम्पादन गर्नुपर्ने।
88953 सम्पुट ना. बिर्को भएको बट्टाका आकारको वस्तु; डिब्बा।
88954 सम्पुट ना. २. पातले बनाइएको कचौराजस्तो पात्र; दुनो; बोहोता।
88955 सम्पुट ना. ३. बन्द गरिएको अँजुली; अञ्जलीपुट।
88956 सम्पुट ना. ४. रसादि औषधीहरू पुट गर्ने माटाको पाला आदि भाँडो।
88957 सम्पुट ना. ५. एक वस्तुलाई अर्को वस्तुले छोप्ने काम।
88958 सम्पुटक ना. रत्नहरू राख्ने बट्टा।
88959 सम्पुटिका ना. सानो सम्पुटक।
88960 सम्पुटित वि. दुवैतिर ढाकिएको; सम्पुट गरिएको।
88961 सम्पुटित वि. २. सम्पुटमा राखिएको।
88962 सम्पुटित वि. ३. प्रत्येक श्लोकको अगाडि र पछाडि इष्टमन्त्र पढ्दै गरिने (चण्डीपाठ आदि)।
88963 सम्पुष्टि ना. कसैको कथन, वक्तव्य वा विचार आदिको अर्को सूत्रबाट राम्ररी पुष्टि हुने काम।
88964 सम्पूर्ण वि. एकदमै भरिएको; पूर्ण रूपमा भरिएको; भरिपूर्ण।
88965 सम्पूर्ण वि. २. भए जति जम्मै; पूरा; सबै सारा।
88966 सम्पूर्ण वि. ३. समाप्त; खत्तम।
88967 सम्पूर्ण वि. ना. ४. सङ्गीतमा सप्तकका सातै स्वर प्रयोग हुने रागको एक भेद।
88968 सम्पूर्णत: क्रि.वि. सबैजसो; पूरैजस्तो; प्रायः सम्पूर्णतः।
88969 सम्पूर्णतया ना. सम्पूर्णतः।
88970 सम्पूर्णता ना. सम्पूर्ण हुनाको भाव वा स्थिति; पूर्णता।
88971 सम्पूर्णता ना. २. समाप्ति।
88972 सम्पृक्त वि. अर्को वस्तुसँग मिसिएको वा मिसाइएको; मिश्रि।
88973 सम्पृक्त वि. २. अर्को वस्तुसँग लागेको; संलग्न; सम्बद्ध।
88974 सम्पोषण ना. राम्ररी पालनपोषण गर्ने काम; पोसिलो बनाउने काम।
88975 सम्पोषण ना. २. पोसिलो बनाउने कुरो; भिटामिन; खाद्योज।
88976 सम्प्रति क्रि.वि. यस बेला; अहिले; हाल।
88977 सम्प्रति क्रि.वि. २. कसैका सामु; अगाडि।
88978 सम्प्रदान ना. फिर्ता नलिने गरी कसैलाई कुनै वस्तु दिने काम।
88979 सम्प्रदान ना. २. व्याकरणमा दिने अर्थ बुझाउने वा लागिको सङ्केत गर्ने कारक; चतुर्थी विभक्ति हुने कारक।
88980 सम्प्रदान ना. ( जस्तो- म रामलाई पुस्तक दिन्छु, तिमी गाईलाई घाँस देऊ इ.)।
88981 सम्प्रदाय ना. पुरानो समयदेखि गुरुशिष्यपरम्पराका रूपमा प्रचलित विशेष धर्म वा मत; गुरुपरम्पराबाट प्राप्त उपदेश वा धर्म।
88982 सम्प्रदाय ना. २. कुनै गुरुपरम्परामा दीक्षित भई विशेष किसिमको धर्म अँगाल्ने व्यक्तिहरूको समुदाय; एउटै धर्म वा मतका अनुयायी।
88983 सम्प्रदाय ना. ३. एउटै सिद्धान्त, मत, विचार वा विश्वास भएका मानिसहरूको वर्ग, कुनै मतावलम्बीहरूको समुदाय।
88984 सम्प्रदाय ना. ४. कुनै परम्परागत प्रथा; रीति।
88985 सम्प्रदायवाद ना. साम्प्रदायिकतालाई महत्त्व दिने मत वा सिद्धान्।
88986 सम्प्रदायवादी वि. आफ्नो सम्प्रदायलाई ठुलो र अरूको सम्प्रदायलाई तुच्छ मान्ने; सम्प्रदायवादको अनुयायी।
88987 सम्प्राप्ति ना. राम्ररी प्राप्त हुने क्रिया वा भाव; सम्यक् प्राप्ति; लाभ।
88988 सम्प्राप्ति ना. २. निर्दिष्ट वा तोकिएको ज्ञान र सिपमा शिक्षार्थीले प्राप्त गरेको वास्तविक क्षमता।
88989 सम्प्रेषण ना. एक ठाउँ वा एक व्यक्तिबाट अर्को ठाउँ वा व्यक्तिकहाँ कुनै समाचार, विचार, रोगाणु वा अन्य कुनै कुरा पठाउने काम; स्थानान्तरित गर्ने काम।
88990 सम्प्रेषण ना. २. व्यक्त गर्न खोजिएको विचार वा भाव बोधगम्य बनाउने प्रक्रिया।
88991 सम्प्रेषणीय वि. सम्प्रेषण हुने वा दिने।
88992 सम्प्रेषित वि. सम्प्रेषण भएको वा गरिएको।
88993 सम्बद्ध वि. राम्ररी सिलसिला मिलेको; सम्बन्धित भएको; जोडिएको; संयुक्।
88994 सम्बद्ध वि. २. राम्ररी बाँधिएको; गाँसिएको; नत्थी गरिएको।
88995 सम्बद्धता ना. सम्बद्ध हुनाको भाव वा अवस्था।
88996 सम्बन्ध ना. कुनै एउटा वस्तु वा कुरा अर्को वस्तु वा कुरासँग जोरिने काम; संयुक्त हुने काम; योग।
88997 सम्बन्ध ना. २. सम्पर्क।
88998 सम्बन्ध ना. ३. एउटै कुलमा जन्मनाले वा विवाह आदिले जोडिएको नाता; साइनो।
88999 सम्बन्ध ना. ४. मैत्री।
89000 सम्बन्ध ना. ५. बारे।