Dictionary

All Word

89001 सम्बन्ध कारक ना. एक शब्दको सम्बन्ध अर्को शब्दसँग रहेको; सूचित गर्ने कारक।
89002 सम्बन्धन ना. सम्बन्ध हुने वा रहने काम; मान्यताप्राप्ति (उदा.- त्रिविका सम्बन्धनमा रहेका निजी क्याम्पस पनि निकै छन्)।
89003 सम्बन्ध विच्छेद ना. विवाह आदि वा लेनदेन, व्यवहार आदिमा भएको सम्बन्धलाई कारणवश तोड्ने वा विच्छेद गर्ने काम।
89004 सम्बन्ध षष्ठी ना. व्याकरणमा एक शब्दको अर्को शब्दका साथ सम्बन्ध देखाउँदा आउने षष्ठी विभक्ति; सम्बन्धबोधक षष्ठी (को-का- की, नो-ना-नी, रो-रा-री आदि विभक्तिबोधक प्रत्यययुक्त)।
89005 सम्बन्धातिशयोक्ति ना. सम्बन्ध नभए तापनि अतिशयोक्तिका आधारमा सम्बन्ध देखाउँदा हुने एक अर्थालङ्कार।
89006 सम्बन्धित वि. सम्बन्ध रहेको वा भएको; सम्बद्ध।
89007 सम्बन्धित वि. २. नातेदार।
89008 सम्बन्धित वि. ३. कुनै विषयको बारेको।
89009 सम्बन्धी वि. कुनै सम्बन्ध भएको वा सम्बन्ध पर्ने; सम्पर्क भएको।
89010 सम्बन्धी वि. २. साइनो पर्ने; नातेदार।
89011 सम्बन्धी वि. ३. कुनै विषय वा बारेको।
89012 सम्बन्धी वि. ४. सम्धी।
89013 सम्बल ना. आश्रय; आधार।
89014 सम्बुद्ध वि. राम्रो बोध भएको; ज्ञान प्राप्त गरेको; राम्ररी बुझेको; प्रबुद्ध।
89015 सम्बुद्ध वि. २. राम्ररी जागेको; बिउँझेको; जाग्रत्; सचे।
89016 सम्बुद्ध वि. ना. ३. बुद्ध।
89017 सम्बोधन ना. कसैलाई बोलाउने वा पुकार्ने काम।
89018 सम्बोधन ना. २. व्याकरणमा कसैले कसैलाई आफूतिर आकृष्ट गर्न वा बोलाउन प्रयोग गरिने एक विभक्ति (हे, ए आदि)।
89019 सम्बोधन ना. ३. कुनै विशिष्ट व्यक्तिद्वारा कुनै सङ्घ, संस्थासँग सम्बन्धित वा सभा आदिमा उपस्थित जनसमुदायसमक्ष भाषण गर्ने काम।
89020 सम्बोधन ना. ४. बिउँझाउने काम; सम्झाउने काम।
89021 सम्बोधन भाषण ना. कुनै सङ्घ, संस्था, सभा आदिमा उपस्थित जनसमुदायलाई सम्बोधन गरेर गरिने भाषण।
89022 सम्बोधनीय वि. सम्बोधन गर्नुपर्ने; सम्बोधन गर्न योग्य।
89023 सम्बोधित वि. बोलाइएको; पुकारिएको; सम्बोधन गरिएको।
89024 सम्बोधित वि. २. राम्ररी बुझाइएको; बोध गराइएको।
89025 सम्बोधित वि. ३. ब्यूँझाइएको।
89026 सम्भरण ना. राम्ररी भरणपोषण गर्ने काम; पालन; पोषण; भरण।
89027 सम्भरण निधि ना. सञ्चयकोष।
89028 सम्भव वि. हुन सक्ने; सम्भावना भएको; सम्भावि।
89029 सम्भव वि. ना. २. उत्पत्ति; जन्म।
89030 सम्भवतः अव्य. सम्भव भएको भाव बुझाउने शब्द; हुन सक्छ; सायद; कदाचित्; सके।
89031 सम्भार ना. कुनै वस्तु, मालसामान आदिलाई बिग्रिनमासिन नदिई सँभालेर राख्ने काम; जोगाउने काम; हिफाज।
89032 सम्भावना ना. कुनै कुरा पूरा हुन सक्ने वा घटना आदि घटित हुने स्थिति।
89033 सम्भावना ना. २. एक कुरा हुँदा त्यसको सिलसिलामा अर्को कुरा हुन सक्ने अवस्थाको वर्णन गर्दा हुने एक अर्थालङ्कार।
89034 सम्भावित वि. सम्भावना भएको; हुन सक्ने ठानिएको; आशा राखिएको।
89035 सम्भावित वि. २. अनुमान गरिएको; कल्पि।
89036 सम्भाविता ना. कुनै घटनाको घट्न सक्ने सम्भावनालाई प्रस्तुत गर्ने अङ्क।
89037 सम्भाव्य वि. हुन सक्ने; सम्भावना भएको; सम्भावि।
89038 सम्भाव्यता ना. सम्भाव्य हुनाको भाव वा स्थिति।
89039 सम्भाषण ना. दोहरो कुराकानी।
89040 सम्भाषण ना. २. बातचित; कथोपकथन।
89041 सम्भाषण ना. ३. पेरोल।
89042 सम्भाष्य वि. छलफल गर्न योग्य; कुराकानी गर्न लायक।
89043 सम्भोग ना. स्त्रीपुरुषका बिचको यौनक्रिया; स्त्रीपुरुषको समागम; मैथुन।
89044 सम्भोग ना. २. कुनै वस्तुको उपभोगबाट आनन्द प्राप्त गर्ने काम।
89045 सम्भोग ना. ३. उपभोग।
89046 सम्भोग ना. ४. शृङ्गार रसका दुई भेदमध्ये एक; संयोग।
89047 सम्भोग शृङ्गार ना. साहित्यमा अनुरक्त नायक-नायिकाको परस्परमा भेटघाट, दर्शन, स्पर्श आदि हुँदा हुने एक रसः शृङ्गाररसका दुई भेदमध्ये एक; संयोगशृङ्गार।
89048 सम्भ्रम ना. चित्तको व्याकुलता; विह्वलता; हडबडी।
89049 सम्भ्रम ना. २. मानसिक शङ्का; सन्देह।
89050 सम्भ्रम ना. ३. एक थोकलाई अर्को थोक सम्झने क्रिया; भ्रम; भुल।