Dictionary

All Word

9001 गर्भनाल ना. फक्रिएका फूलका थुँगामा पराग रहने नाल; फूलको केसर रहने नली।
9002 गर्भनिरोध ना. गर्भको सम्भावना बन्द गराउने काम; जन्मनिरोध।
9003 गर्भपतन ना. गर्भ तुहुने काम; अधिग्रो जाने काम।
9004 गर्भपत्र ना. फूलको भित्री तहको कमलो पात; कोपिलो; गाभा।
9005 गर्भपात ना. गर्भ तुहाउने काम, गर्भपतन।
9006 गर्भपातक वि. गर्भपात गराउने; पेट खोलाउने; गर्भ तुहाउने।
9007 गर्भपाती वि. गर्भपात गर्ने।
9008 गर्भमास ना. गर्भ रहेको महिना; पेट बोकेको महिना |
9009 गर्भवती वि. गर्भधारण गरेकी; पेट बोकेकी; भुँडी बोकेकी; गर्भिणी; दोजिया।
9010 गर्भवध ना. गर्भपात गर्ने क्रिया; भ्रूणहत्या।
9011 गर्भवास ना. १. गर्भभित्र बच्चा रहने काम।
9012 गर्भवास ना. २. गर्भाशय; कोख।
9013 गर्भविज्ञान ना. गर्भमा रहेका बच्चाको अवस्था, विषय आदिको अध्ययनविवेचन गरिएको शास्त्र।
9014 गर्भविष ना. कत्लैकत्ला भएको, डोलो आकारको र कालो रङको माछोविशेष।
9015 गर्भसन्धि ना. साहित्यशास्त्रका अनुसार रूपकका पाँच सन्धिमध्ये अर्थप्रकृतिअनुसार पताका र अवस्थाअनुसार प्राप्त्याशाका अवस्थालाई जोड्ने सन्धि।
9016 गर्भस्थ वि. गर्भमा रहेको वा रहने।
9017 गर्भस्थली ना. गर्भाशय; कोख।
9018 गर्भहत्या ना. पेटमा रहेको बच्चा मार्ने काम भ्रूणहत्या; गर्भवध।
9019 गर्भाङ्क ना. नाटकका बिचमा आउने र अलग्गै प्रसङ्गको कथा देखाउने वा मूल प्रसङ्गको रहस्य उद्घाटन गर्ने उप-अङ्क।
9020 गर्भाधान ना. गर्भधारण गर्ने गराउने काम, पेट बोक्ने काम।
9021 गर्भामुख ना. फूलको सतहमा स्त्रीकेसर जम्मा हुने ठाउँ।
9022 गर्भाशय ना. गर्भ रहने ठाउँ; गर्भस्थली; पाठेघर; बच्चादानी; गर्भ; कोख।
9023 गर्भाशय स्खलन ना. पाठेघर खुस्किएर बिस्तारै बाहिर आउने क्रिया; भँडाल्नो फर्किने काम।
9024 गर्भिणी ना. गर्भवती स्त्री; दोजिया।
9025 गर्भित वि. १. गर्भ भएको; गर्भयुक्।
9026 गर्भित वि. २. भरिएको; भित्र रहेको; गाभिएको।
9027 गर्भितता ना. मूल वाक्यको पेटभित्र दोस्रो वाक्य पर्दा हुने काव्यको एक दोष।
9028 गर्भे वि. १. गर्भसम्बन्धी; गर्भको।
9029 गर्भे वि. २. गर्भमा रहेको।
9030 गर्भेउलो वि. गर्भैदेखिको ; गर्भैमा आएको।
9031 गर्भे उन ना. भेडा आदिको गर्भैदेखि आएको ऊन; सानो पाठोलाई पहिलो पटक मुडेर प्राप्त गरिएको नरम उच्चस्तरको ऊन।
9032 गर्भे टुहुरो ना. गर्भमा छँदै बाबु मरेको बालक।
9033 गर्भे टुहुरो ना. स्त्री. गर्भे टुहुरी।
9034 गर्भे हिलो ना. धान रोपाइँ गर्न हिल्याईवरी तयार पारिएको रात रहेको हिलो।
9035 गर्माइ ना. गर्माउने भाव, क्रिया वा प्रक्रिया।
9036 गर्माइनु क.क्रि. १. गरम पारिनु, तातो गराइनु।
9037 गर्माइनु क.क्रि. अ.क्रि. २. तातो होइनु; तातिनु।
9038 गर्माउनु स.क्रि. १. गरम पार्नु, तातो गराउनु, न्यानो पार्नु।
9039 गर्माउनु स.क्रि. अ.क्रि. २. रिसले चुर हुनु, रिसाउनु, जोसमा आउनु, तात्नु।
9040 गर्माहट ना. गर्माउने काम, अवस्था वा स्थिति; गर्मी; उष्णता।
9041 गर्मी ना. १. तातोपन; पोल्ने स्थिति; उष्णता।
9042 गर्मी ना. २. गरम हुने ऋतु; घाम चर्किने समय; ग्रीष्म ऋतु।
9043 गर्मी ना. ३. रन्कने वा जोसिने स्थिति वा आवेग; रिस; क्रोध।
9044 गर्मी ना. ४. भिरिङ्गी रोग।
9045 गर्ल्यामगुर्लुम क्रि.वि. पूरै भत्किने वा लड्ने किसिमले (रुख, घर, पर्खाल, डाँडो इ.)।
9046 गर्व ना. १. कुनै ठुलो कामकुरा, वस्तु, व्यक्ति आदिसित सम्बन्धित औचित्यपूर्ण अहंभावना।
9047 गर्व ना. २. मै जान्नेसुन्ने हुँ भन्ने घमन्ड; अभिमान; सेखी; अहमत्याइँ।
9048 गर्वित वि. गर्व गर्ने; घमन्डी; सेखीवाल |
9049 गर्वित वि. गर्विता - वि. आफ्नो रूप, उमेर, गुण आदिको घमन्ड भएकी (स्त्री)।
9050 गर्वी वि. गर्व गर्ने; अभिमानी; घमन्डी।