Dictionary

All Word

1001 कमर ना. मान्छे वा सोसरहका प्राणीको अथवा चौपायामध्ये पनि सिंह, भालु, आदि केही प्राणीको तिघ्रा र पेटको जोर्नीनिरको भाग; कटि कम्मर |
1002 कमरपेटी / बन्द / बन्दी ना. मुख्य रूपमा कम्मरमुनिको लुगा सरेर तल नझरोस् भन्ने हेतुले र गौण रूपमा कम्मरमाथिका पोसाक (मयलपोस, दौरा इ.) छरितोसँग जिउमा मिलोस् भन्ने अथवा पेट ठुलो भए सो भद्दा नदेखियोस् भन्ने हेतुले कम्मरनेरि बाँधिने विशेष प्रकारको फित्ता।
1003 कमल ना. पोखरी वा जलाशयमा उम्रने पिँडाल्ने, पानपाते, कुम्भी, जलकुम्भी आदि झैं देखिने पानीभित्र पिंडालुका जस्ता डाँठ हुने, पानीमाथि झन्डै पिंडालुका झैं पात तहरिएर रहने र मूल डाँठ केही अकासिएर माथि पुगी त्यसमा जातअनुसारको (रातो, निलो, सेतो, पहेंलो आदि) रङको फूल फुल्ने एक वनस्पति वा त्यसको फूल, पद्म, कुमुद, पङ्कज।
1004 कमलकेसर ना. कमलको फूलको गुभामा हुने परागयुक्त केसा |
1005 कमलगट्टा ना. प्राय: लेकाली जातका कमलमा लाग्ने र दिउल भुटेर फुराएपछि मखना कहलाउने फल, पद्मबीज।
1006 कमलनयन वि. कमलफूलका पत्र झैं लाम्चा आँखा भएको (व्यक्ति)।
1007 कमलनयना / नयनी वि. १. कमल जस्ता आँखा हुने (स्त्री); पद्माक्षी।
1008 कमलनयना / नयनी वि. ना. २. विष्णुका एक हजार नाममध्ये एक।
1009 कमलनाभ वि. १. नाभिमा कमल भएको (व्यक्ति)।
1010 कमलनाभ वि. ना. २. विष्णुका हजार नाममध्ये एक।
1011 कमलनाल ना. कमलको डाँठ, कमलको नाल वा डाँख्लो।
1012 कमलपित्त ना. कलेजामा कुनै प्रकारको विकार हुँदा पित्तप्रणालीमा गडबडी उत्पन्न हुन गई आरम्भमा आँखा र अलिपछि सारा शरीर पहेँलो हुने एक प्रकारको घातक रोग, पहेँले, पित्तरोग, गायो, कामला।
1013 कमला, ना. १. विष्णु भगवान्‌की पत्नी लक्ष्मीको एक नाम।
1014 कमला, ना. २. धनकी देवी।
1015 कमला, ना. ३. नेपालको एक प्रसिद्ध नदीको नाम, कमलामाई।
1016 कमला, ना. हेर्दा सुन्तला जस्तै देखिने, खाँदा भने केही अमिलो बोध हुने जुनारसँग मिल्दोजुल्दो एक फल वा त्यसको बोट।
1017 कमलाकर ना. १. कमलको झाङ।
1018 कमलाकर ना. २. कमलपोखरी।
1019 कमलाकर ना. ३. विष्णु।
1020 कमलाकर ना. ४. ब्रह्मा।
1021 कमलाक्ष वि. कमलका फूलको पत्र झैं लाम्चा आँखा भएको, कमलनयन।
1022 कमलाक्षी वि. १. कमल जस्ता आँखा भएकी (स्त्री); कमलनयना; कमलनयनी।
1023 कमलाक्षी वि. ना. २. काठमाडौँमा रहेको एक प्रख्यात टोल।
1024 कमलादी ना. नेपालको राजधानी काठमाडौँभित्र पर्ने एक टोल एक प्रसिद्ध गणेशस्थान।
1025 कमलामाई ना. पूर्वी नेपालको जनकपुर अञ्चलमा पर्ने, तटमा अनेकौं तीर्थस्थल भएको एक प्रसिद्ध नदी।
1026 कमलासन वि. १. कमलको आसनमा बस्ने (व्यक्ति)।
1027 कमलासन वि. ना. २. सृष्टिकर्ता ब्रह्माजीको एक नाम, पद्मासन |
1028 कमलिनी ना. जुनेली रातमा फुल्ने भनी प्राचीन काव्यहरूमा वर्णन गरिएको एक जातको कमल।
1029 कमलो वि. १. कोमल, चिल्लो, सलक्क परेको, मुलायम।
1030 कमलो वि. २. टोक्दा, फोर्दा सजिलै टोकिने वा फोरिने, नरम;।
1031 कमलो वि. ३. दयालु, कोमल चित्त भएको, अर्काको वा आफ्नो दुःखद्वारा विह्वल हुने स्वभावको।
1032 कमलो वि. ४. दानी स्वभावको, फकाउँदा सजिलै फकिने।
1033 कमसल वि. १. मोल, गुण, बानी, स्तर, टिकाउपन, उपयोगिता आदिमा अपेक्षाकृत कम महत्त्वपूर्ण घटिया।
1034 कमसल वि. २. खराब, नराम्रो।
1035 कमसल वि. ३. नालायक।
1036 कमाइ ना. कमाउने वा आर्जिने क्रिया वा प्रक्रिया |
1037 कमाइधमाइ ना. १. कमाउनै पर्ने काम।
1038 कमाइधमाइ ना. २. कम्प हुने क्रिया वा प्रक्रिया |
1039 कमाइनु क.क्रि. १ कमाउने काम गरिनु, आर्जिनु।
1040 कमाइनु क.क्रि. २. कान लगाइनु, थरथराइनु।
1041 कमाउनु स. क्रि. १. हल्लाउनु।
1042 कमाउनु स. क्रि. (उदा.- उसले शरीर बेसरी कमायो )।
1043 कमाउनु स. क्रि. प्रे. क्रि. २. काम्न लगाउनु।
1044 कमाउनु स. क्रि. (उदा.- धामीले चिन्ता बसेर मधौरुलाई निकै बेरसम्म कमायो )।
1045 कमाउनु, स. क्रि. १. चल वा अचल सम्पत्ति जम्मा गर्नु, आर्जन वा उपार्जन गर्नु, कमाइ गर्नु, आर्जिनु।
1046 कमाउनु, स. क्रि. २. खेत वा बारीमा बाली लगाई भोगचलन गर्नु।
1047 कमाउनु, स. क्रि. 3. सुन, चाँदी आदि धातुलाई गहनामा परिणत गर्नु, गहनागुरिया बनाउनु।
1048 कमाउनु, स. क्रि. ४. पुरानो चलनअनुसार वर्षैपिच्छे बाली भर्ने गरी दमाईंले लुगा सिउने, कामीले हतियार बनाउने आदि काम गर्नु।
1049 कमाड चिफ ना. हे. कमान्डर इन चिफ |
1050 कमान ू ना. जड्गी हैकम वा अख्तियार, जड्गी आदेश।