Dictionary

All Word

9101 गलन्तिका/गलन्ती ना. १. सानो झारी; कमण्डलु।
9102 गलन्तिका/गलन्ती ना. २. जलपात्र; जलहरी |
9103 गलपासो ना. १. गलाको पासो; घाँटीको डोरी।
9104 गलपासो ना. २. पशुहरूलाई बाँध्न गलामा कसिने पासो।
9105 गलपासो ना. ३. आत्महत्या गर्न झुन्डिने डोरी।
9106 गलपासो ना. ४. गलफन्दी।
9107 गलपासो ना. ५. झन्झटलाग्दो गरी गर्नुपर्ने कुनै काम-कुरो।
9108 गलफन्दी ना. सजाय दिन अपराधीका गलामा भिराइने फलामे बन्धन; गलपासो।
9109 गलफाँसी ना. गलपासो; घटेसी।
9110 गलफुले ना. १. चम्सुरका जस्ता पात हुने, बिचमा गाँठगाँठाको झाम्टो परेको, गाईबस्तुले खाएमा गला फुल्ने एक प्रकारको भुइँझार।
9111 गलफुले ना. २. गलफुलो।
9112 गलफुलो ना. च्यापु सुनिने वा घाँटी फुलेर फुकुन्डो आउने रोग।
9113 गलबदी ना. चाहिँदा - नचाहिँदा कुरामा गरिने बहस; निधोमा पुग्न नसकी धेरै जनाले कुरो काटाकाट मात्रै गरेको खैलाबैला; गलफती; गलफदी।
9114 गलबन्द ना. गलबन्दी |
9115 गलबन्दी ना. प्रायः जाडोबाट बच्न गलामा बेरिने वस्त्र; मफलर।
9116 गलबा ना. हुलदङ्गा; दङ्गा-फसाद; विद्रोह; हल्ला।
9117 गलमगाँठो ना. बस्तुभाउ बाँध्दा गलामा सुर्काउनी पर्नबाट जोगाउने दाम्लाको गाँठो |
9118 गलमुद्रा ना. शिवजीलाई प्रसन्न गराउन पूजा गर्दा डमरुको आवाज निकाली गाला बजाउने मुद्रा।
9119 गलल्ल क्रि.वि. खित्का छोडेर धेरै जना हाँस्ने गरी।
9120 गलसेरा वि. १. गलो सेर्ने वा रेट्ने।
9121 गलसेरा वि. २. दीनदुःखीलाई सताउने; गरिबमारा।
9122 गलस्तन ना. बाख्राका गलामा झुन्डिने थुनजस्ता मासुका लुर्का।
9123 गलस्तनी ना. गलामा मासुका लुर्का झुन्डिएको वा चारकाने बाखो।
9124 गलहत्ती ना. अँठ्याएर हुत्त्याउने वा पछार्ने काम; घोक्रेछुत्ती; गर्दनी।
9125 गलहत्त्याइ ना. गलहत्ती लगाउने क्रिया वा प्रक्रिया।
9126 गलहत्त्याइनु क.क्रि. गलहत्ती लाइनु; गर्दन्याइनु।
9127 गलहत्त्याउनु स.क्रि. गलहत्ती लाउनु; घोक्याउनु; गर्दन्याउनु।
9128 गलहस्त ना. घोक्याउन तयार पारिएको हातको मुद्रा; अर्द्धचन्द्र।
9129 गलहस्ती ना. अँठ्याएर हुत्त्याउने वा पछार्ने काम; घोक्रेछुत्ती; गर्दनी।
9130 गलहार ना. गलामा लगाइने, रत्न आदि अमूल्य वस्तु जडिएको हार; सुनचाँदीको माला।
9131 गला ना. १. टाउको र घडलाई जोड्ने बिचको गोलाकार केही लामो अङ्ग; घाँटी; कण्ठ।
9132 गला ना. २. सङ्गीतात्मक स्वर; आवाज।
9133 गलाइ ना. गल्ने भाव, क्रिया वा प्रक्रिया।
9134 गलाइनु क.क्रि. गलाउने काम गरिनु; गल्ने पारिनु।
9135 गलाउनु प्रे.क्रि. १. गल्ने बनाउनु, गलक्क हुने तुल्याउनु।
9136 गलाउनु प्रे.क्रि. २. टेक लिनेलाई कायल पार्नु; अपराध सकार्ने बनाउनु, पग्लाउनु।
9137 गलाम ना. १. बस्तुभाउ बाँध्दा गलामा पर्ने दाम्लाको भाग।
9138 गलाम ना. (उदा.- गलाम सानो भए बस्तुलाई घटेसी लाग्ने डर हुन्छ)।
9139 गलाम ना. वि. २. गलामा फेरो पुग्ने; गलाभरिको।
9140 गलाम गाँठो ना. गलामा फेरो पुग्ने ठाउँमा पारिएको गाँठो; गलमगाँठो।
9141 गला लाग्नु टु. १. खाएको कुरा घाँटीमा गएर अड्किनु।
9142 गला लाग्नु टु. २. कुनै काम नगर भन्दाभन्दै गरेर बिग्रिसकेपछि चुकचुकाउनु पछुताउ लाग्नु।
9143 गलित वि. १. गिलो भएको; गलेको।
9144 गलित वि. २. चुहेको; खसेको।
9145 गलित वि. ३. सडेको; कुहेको।
9146 गलित वि. ४. शिथिल भएको; थाकेको।
9147 गलित कुष्ठ ना. हातगोडाका औँला र त्यसपछि जोर्नीसम्मका अङ्ग गलेर बिस्तारै झर्ने कुष्ठ रोग।
9148 गलित यौवना वि. जवानी बिनाले सबै कुरो हराइसकेकी (स्त्री)।
9149 गलिनु अ.क्रि. गल्ने होइनु, पग्लिनु।
9150 गले वि. गलेको; थाकेको; जुम्सो।