Dictionary

All Word

9051 गर्हण ना. १. गिराउने व्यवहार, निन्दा; हेला।
9052 गर्हण ना. २. छिद्रान्वेषण गरेर दोष फेला पारी निन्दा र फलाको गरिने भरतनाट्यपरम्पराका नाटकअन्तर्गत रहने छत्तीस लक्षणहरूमध्येको एक लक्षण।
9053 गर्हणीय वि. निन्दा गर्न योग्य; निन्दनीय।
9054 गर्हित वि. निन्दा गरिएको; निन्दि।
9055 गर्ह्य वि. निन्दा गर्न योग्य; निन्दनीय; निन्द्य।
9056 गल्नु अ.क्रि. १. थकित हुनु, थाक्नु, कडा परिश्रमपछि शारीरिक थकान बढ्नु।
9057 गल्नु अ.क्रि. २. पाकेर गलक्क हुनु, नरम हुनु।
9058 गल्नु अ.क्रि. ३. अपराध सकारी कायल हुनु, लाचार हुनु।
9059 गल्नु अ.क्रि. ४. अर्काका अघिल्तिर आफ्नो कमजोरी स्विकार्न, लत्रनु झुक्नु।
9060 गल्नु अ.क्रि. ५. दुब्लाउनु, खर्ल्याकखुर्लुक हुनु।
9061 गल्नु अ.क्रि. ६. आफ्नो टेक लिन असमर्थ हुनु।
9062 गल्नु अ.क्रि. ७. निर्धन हुनु, गरिब हुनु।
9063 गल वि. डोल वा गहिरी परेको र कुलोपानी लाग्ने; अव्वल (खेत)।
9064 गल ना. कुनै गह्रुङ्गो वस्तुलाई पल्टाउने वा उप्काउने फलाम वा काठ, बाँस आदिको दह्रो डन्डी।
9065 गल ना. १. गला; घाँटी, कण्ठ।
9066 गल ना. २. घाँटीको भित्रपट्टिको भाग।
9067 गलकट्टा वि. १. घाँटी काट्ने; गलो रेट्ने; घिच्रो सेर्ने।
9068 गलकट्टा वि. २. निर्धाको रगत चुस्ने; शोषक; घातक।
9069 गल कट्नु / कट्नो वि. गलकट्टा।
9070 गलकम्बल ना. गाईगोरुका घाँटीमा तलदेखि माथिसम्म झुन्डिएको लुर्कने छाला; माला।
9071 गलकोट ना. नेपालको धौलागिरि अञ्चल अन्तर्गत बागलुङ जिल्लामा पर्ने ऐतिहासिक स्थल (पुरानो राज्य) वा त्यसैको वरिपरिको ठाउँ।
9072 गलकोटे वि. गलकोटमा बस्ने; गलकोटको बासिन्दा।
9073 गलकोटे वि. स्त्री. गलकोटेनी।
9074 गलक्क क्रि.वि. पाकेर वा सडेर ज्यादै गल्ने गरी; फतक्क।
9075 गलगण्ड ना. घाँटीमा रुद्रघण्टीका वरिपरि नसामा पानी जमेर फुल्दै जाने रोग; गाँड; गलगाँड।
9076 गलगाँठो ना. १. घाँटीमा कुनै पनि भागमा निस्किएको खटिरो।
9077 गलगाँठो ना. २. घाँटीमा फेरो पुग्ने ठाउँमा पारिएको गाँठो।
9078 गलगाँड ना. १. गलाको गाँड, गलगण्ड।
9079 गलगाँड ना. २. वरिपरि भन्ट्याङभुन्टुङ केटाकेटी आदिको घेरो।
9080 गलगिज्ज/गलगिद्ध क्रि.वि. घाँटी टन्न हुने गरी खाने चालसँग; कोची - कोची वा अटेसमटेस होउन्जेल खाने गरी।
9081 गलगौँडी ना. झ्याप्प परेको बोट हुने, सानो केराउका दानाजत्रा राता रङका फल फल्ने एक प्रकारको वनस्पति वा त्यसैको फल।
9082 गलग्रह ना. १. कफ बढेर सास फेर्न असजिलो पार्ने घाँटीको एक रोग।
9083 गलग्रह ना. २. घोक्रेछुत्ती लाउने वा गलहत्याउने काम; टिप्पा।
9084 गलग्रह ना. ३. ज्योतिषशास्त्रअनुसार कृष्णपक्षका प्रतिपदा, चतुर्थी, सप्तमी, अष्टमी, नवमी र अमावस्या तिथि।
9085 गलग्रह ना. ४. मुस्किलले मात्र पन्छाउन सकिने दुःख।
9086 गलघण्ट ना. १. पशुको गलामा झुन्ड्याइने घण्ट; घाँडो।
9087 गलघण्ट ना. २. करबलले मात्र बेहोर्नुपरेको त्यस्तै दुःख; छोड्न पनि नसकिने र लिन पनि मन नहुने झ्याउलो।
9088 गलचेप ना. १. गला च्याप्ने वा अँठ्‌याउने उपकरण (मुसा मार्ने चेपुवा, जङ्गली पशु समाउने पासो, हात्ती बाँध्ने साङ्लो इ.)।
9089 गलचेप ना. २. गला रेट्ने काम; जबरजस्ती; करकाप।
9090 गलजिब्री ना. श्वासनलीको मुखलाई खानेकुरा खाँदा बन्द र सास फेर्दा खुला गर्दा सर्किने सम्भावनाबाट जोगाउने मासुको लुर्क।
9091 गलत वि. १. ठिक नभएको; बेठिक; अनुचित; गल्ती।
9092 गलत वि. २. झुटो; असत्य; मिथ्या ( कुरा, भनाइ, लिखत आदि)।
9093 गलत वि. ३. अशुद्ध।
9094 गलतफहमी ना. १. नभएको वा अपत्यारिलो हल्ला; होहल्ला |
9095 गलतफहमी ना. २. झुक्यान; भ्रम।
9096 गलथना ना. छाँद्ने क्रममा घोडाको थुतुनामा लगाइने छालाको साज।
9097 गलन ना. १. चुहुने काम, चुहाइ।
9098 गलन ना. २. खस्ने वा गिर्ने काम।
9099 गलन ना. ३. ग्लानि; गलाइ।
9100 गलन्ज्या ना. आइमाईले तल्लो जातसँग पोइल गएर वा सहवास गरेर रहेको गर्भ।