Dictionary

All Word

90101 साइटिन ना. सातसात पत्ती लिएर एकै किसिमका वा एउटै रङका लहरे क्रम मिलाई फुट्टी गनेर खेलिने तासको एक खेल।
90102 साइत ना. फलित ज्योतिषअनुसार विवाह, व्रतबन्ध आदि वा कुनै माङ्गलिक कार्य आरम्भ गर्ने शुभ समय कामको शुभ मुहूर्।
90103 साइत ना. २. कतैतिर यात्रा वा प्रस्थान गरिने उपयुक्त समय।
90104 साइत ना. ३. शुभ लक्षण, असल शकुन।
90105 साइतर ना. गाउँखाने कथा, जान्ने कथा।
90106 साइन ना. दस्तखत, सही।
90107 साइन ना. २. चिह्न, चिनु।
90108 साइन बोर्ड ना. परिचयपाटी; चिह्नपाटी।
90109 साइनु क.क्रि. साउने काम गरिनु, बाउसे गरिनु।
90110 साइनु ना. सम्बन्ध, नातागोता, साहिनु।
90111 साइनु न सपनु ना. नाता पनि नपर्ने र चिनापर्ची पनि नभएको व्यक्ति।
90112 साइनु पर्नु टु. सम्बन्धभित्रको हुनु, नाता पर्नु।
90113 साइनु मिच्नु टु. बिहेवारी गर्दा साधारण वा टाढा हुँदै गएको नातालाई नटेर्नु।
90114 साइनु मिच्नु टु. २. साइनुले मान्नुपर्नेलाई आफूभन्दा सानो ठान्नु।
90115 साइनु लाग्नु टु. नाता पर्नु।
90116 साइनु पैल्याइनु टु. साइनु खुट्ट्याउनु, नाता खोज्नु।
90117 साइनु सनहे ना. सम्बन्धी जन वा नातागोतामा हुने स्वाभाविक अनुरक्ति; सम्बन्ध स्नेह।
90118 साइपाटो ना. विवाहमा दुलाहाका तर्फबाट दुलहीका घरमा विवाहको लग्नसमय आदि लेखिएको पत्र पठाइने काठेठेकी, लग्नपत्रिका र फलफूल आदि अन्य सगुनका सामग्री।
90119 साइमुन्द्री ना. सामुद्रिक विद्या।
90120 साइमुन्द्री ना. लिम्बू जातिको रीतिरिबाजअनुसार ज्वाइँले ससुरालीलाई बुझाउनुपर्ने रकम ( यो रकम नबुझाएसम्म छोरी मरेमा काजक्रिया माइतीतर्फकाले गर्नुपर्ने र बाबुले नतिरेको भए पनि सन्तानले रकम तिरेर क्रिया सार्न सकिने हुन्छ)।
90121 साइमुन्द्रो ना. दुलाहाका तर्फबाट दुलहीतर्फ लगिने साइपाटोका साथ पठाइने र स्वयंवरमा दुलहाले दुलहीलाई लगाइदिने औंठी।
90122 साई ना. पति स्वामी।
90123 साउँ ना. सकेका वा मागेका वेलामा चुक्ता गर्ने र निश्चित दरले ब्याज बुझाउने गरी सापटी दिइएको मूलधन।
90124 साउँ ना. २. उद्योग, व्यापार आदि कुनै कामधन्दामा लगाइएको मूलधन, पुँजी, सावाँ।
90125 साउँ ना. ३. प्रधान; मूल; मुख्य।
90126 साउँ अक्षर ना. देवनागरी लिपिमा मात्रा नलागेका स्वर र व्यञ्जन मात्रा नलागेका मूल वर्ण, बाह्रखरी, सावाँ अक्षर।
90127 साउँ अच्छेर ना. साउँअक्षर।
90128 साउँब्याज ना. ब्याजसहितको मूल धन, सावा र ब्याज।
90129 साउती ना. अरूले नसुन्ने गरी कसैका काननिर मुख लगेर गरिने कुरा कानेखुसी।
90130 साउती ना. २. गुप्त किसिमले गरिने कुराकानी; गुप्त सल्लाह गुप्त परामर्श।
90131 साउन ना. नेपाली वर्षको चौथो महिना श्रावण।
90132 साउनु स.क्रि. रोपाईं गर्नाका निम्ति हलो जस्तै तानेर दाँद्वारा माटो हिल्याउनु वा हिलो माटो मिलाउनु।
90133 साउनु स.क्रि. २. बाउसे गर्नु।
90134 साउने वि. साउनमा हुने वा पर्ने।
90135 साउने वि. २. साउनमा जन्मेको।
90136 साउने वि. ३. साउनको साउनसम्बन्धी।
90137 साउने किरो ना. साउन लागेपछि दिउँसो जङ्गलमा कराउने र हिउँद लागेको सङ्केत दिने झ्याउँकिरी।
90138 साउने झरी ना. साउन महिनामा पर्ने झरी।
90139 साउने झरी ना. २. साउन महिनामा परे जस्तै लामो समयसम्म लगातार पर्ने झरी।
90140 साउनेती ना. साउन महिनामा दमाई, कामी, सार्की आदिलाई चैतेतीसम्मका लागि गरिने थमौती।
90141 साउनेती ना. २. त्यस्तो थमौती गर्दा दिइने दस्तुर।
90142 साउने निउरो ना. एक जातको निउरो।
90143 साउने पानी ना. विवाह गरेको पहिलो वर्षमा सासू र नयाँ बुहारीले साउन महिनामा बारिने एउटै मूल वा धाराको पानी।
90144 साउने फागु ना. सरकार, बिर्तावाल, बेखवाल आदिलाई पहिले रैतीले बुझाउने फागुको रकम।
90145 साउने फागु ना. २. घरधुरीको हिसाबले सरकारमा बुझाइने दस्तुर।
90146 साकट वि. अत्यन्त लोभी, मक्खीचूस।
90147 साकार वि. आकार वा स्वरूप भएको, आकृतियुक्त, मूर्।
90148 साकार वि. २. कार्यरूपमा परिणत भएको वा गरिएको; कार्यान्वित गरिएको ( योजना, विचार आदि)।
90149 साकार वि. ना ३. देवता वा ईश्वरको आकारयुक्त रूप मूर्त रूप।
90150 साकिनी वि. साखिने।