Dictionary

All Word

90151 साकेत ना. अयोध्या।
90152 साक्खे / साक्खै वि. एउटै आमाबाट जन्मेको, सहोदर, खास आफ्नै ( नाता )।
90153 साक्खे / साक्खै वि. २. ज्यादै नजिकको; घनिष्ठ (नातागोता)।
90154 साक्षर वि. अक्षर चिनेको वा जानेको लिपि चिनेको।
90155 साक्षर वि. २. अलिअलि लेखपढ गर्न सक्ने, अल्पशिक्षि।
90156 साक्षरता ना. साक्षर हुनाको भाव वा अवस्था।
90157 साक्षरता अभियान ना. अक्षर नचिनेका वा नजानेकाहरूलाई अक्षर चिनाउन र लेखपढ नगरेकाहरूलाई केही लेखपढ गर्न सिकाउन चलाइने अभियान।
90158 साक्षरता कार्यक्रम ना. निरक्षर तथा अशिक्षितहरूलाई साक्षर तथा शिक्षित बनाउन चलाइने कार्यक्रम।
90159 साक्षरी वि. अलिअलि लेखपढ गर्न सक्ने, साक्षरसम्म भएको।
90160 साक्षात् क्रि.वि. आँखाको सामुन्ने, प्रत्यक्ष सम्मुख।
90161 साक्षात् क्रि.वि. वि. २. साक्यै खास।
90162 साक्षात् क्रि.वि. ३. मूर्तिमान् साकार ४. मुलाकात भेट।
90163 साक्षात्कार ना. प्रत्यक्ष रूपमा प्राप्त हुने आआफ्ना विषयको ज्ञान, इन्द्रियजन्य ज्ञान, प्रत्यक्षानुभूति।
90164 साक्षात्कार ना. ३. अन्तर्वार्ता।
90165 साक्षी ना. राम्रो वा नराम्रो कुनै घटना आफ्नो आँखाले देख्ने व्यक्ति घटनास्थलमा स्थित भएको व्यक्ति साछी।
90166 साक्षी ना. २. कुनै झगडा, विवाद वा अन्य घटना घट्दा घटनास्थलमा उपस्थित भएको र आफैँले प्रत्यक्ष देखेसुनेका कुराको बयान गर्ने व्यक्ति, देखी जान्ने वा सुनी जान्ने, गवाह साक्ष्य ३ सरकारी अड्डामा कामकाज हेर्ने व्यक्ति।
90167 साक्षीकरण ना. कुनै लेख वा प्रमाणपत्र आदिको प्रतिलिपि ठिकसाँचो हो भनी जनाउन हस्ताक्षर गर्ने काम, कुनै कुराको साक्षीका रूपमा सही गर्ने क्रिया, सत्यापन।
90168 साक्षीकृत वि. कुनै कामकुराको साक्षीका रूपमा राखिएको।
90169 साक्षीकृत वि. २. साक्षीद्वारा प्रमाणित गरिएको।
90170 साक्ष्य वि. आफैले देख्ने दर्शक।
90171 साक्ष्य वि. ना. २. साक्षी बस्ने काम साछीका।
90172 साक्ष्य वि. ३. साक्षी।
90173 साक्षी विधि ना. साक्षीका काम, कर्तव्य र साक्षीसम्बन्धी कुराको चर्चा भएको विधि वा कानुन।
90174 साख वि. कुनै खास नाता पर्ने; नजिकको नातादार।
90175 साख वि. २. स्नेही, हितैषी।
90176 साख वि. ना. ३. लेनदेन तथा व्यापारव्यवहारका क्षेत्रमा हुने प्रामाणिक मान्यता तथा विश्वसनीयता।
90177 साख वि. ४. प्रतिष्ठा, विश्वास।
90178 साख पत्र ना. भविष्यमा लेनदेनकारोबार फछ्र्याउनका लागि दिइने आश्वासनपत्र वा प्रतिज्ञापत्र।
90179 साखिनु ना. सिमसारमा उम्रने, झ्याम्टोजस्तो बुटो हुने एक जातको घाँस।
90180 साखिने वि. सानु खाल वा जातको सानु कदको (जन्तु आदि); साकिनी।
90181 साखिलो / साखिल्लो वि. पछाडि काम बिगारेर वा कुनै काम नगरेर पनि अगाडि साँचिलो हुने, साखुल्ले, साँचिलो, साँखिलो।
90182 साखिलो / साखिल्लो वि. २. नजिकको नातादार नभईकन पनि भए जस्तै भाव; देखाउने; साँखिलो।
90183 साखी ना. सज्जन महात्माहरूका मनमा तत्काल फुरेका, साक्षीका रूपमा उद्धृत हुने अन्य साधुमहात्माहरूका सूक्तिमय वाक्य; हितवचन।
90184 साखु ना. सखुवा - वृक्ष।
90185 साखुल्ले वि. साखिलो, साँखिलो।
90186 साख्य ना. सखी वा साथी हुने भाव, सख्यता।
90187 साग ना. तरकारी पकाएर खाइने हरियो डाँठपातसहितको नरम सानो बोट।
90188 सागपात ना. तरकारीका रूपमा खाइने हरियोपरियो वा ताजा वस्तु (साग, पात, कन्द, फल आदि )।
90189 सागर ना. पुराणअनुसार राजा सगरका छोराले बनाएको समुद्र जलधि।
90190 सागर ना. २. मुर्दा पोल्ने घाट, मसान।
90191 सागसब्जी ना. सागपा।
90192 सागसिस्नु ना. गरिबगुरुवाहरूले खाने रुक्खासुक्खा भोजन, खोलेफाँडो।
90193 सागा ना. पानीमा हुने मसिनु एक किसिमको झ्याउको रोटी; सिँवालीको रोटी।
90194 सागिर्द ना. शिष्य चेलो।
90195 सागिर्द ना. २. अनुचर, पछुवा।
90196 सागौन ना. शालवृक्ष।
90197 साग्रह क्रि.वि. आग्रह वा अनुरोधका साथ आग्रहपूर्वक, सानुरोध।
90198 साङ्कर्य ना. सङ्कर हुनाको भाव वा अवस्था।
90199 साङ्कर्य ना. २. छुट्ट्याउन नसकिने अनेक वस्तुको सम्मिश्रण, मिलावट।
90200 साङ्केतिक वि. सम्बन्धित व्यक्तिबाहेक अरूले नबुझून् भन्ने उद्देश्यले सङ्केतका रूपमा व्यक्त गरिएको स्पष्ट नखोली इसाराका रूपमा बताइएको।