Dictionary

All Word

90201 साङ्केतिक वि. २. सङ्केतसम्बन्धी सङ्केतको।
90202 साङ्केतिक भाषा ना. खास गरी बहिराहरूले अङ्गसञ्चालनद्वारा प्रयोग गर्ने भाषा।
90203 साङ्केतिक भाषा ना. २. साधारण चल्तीको भाषादेखि भिन्न पारी सम्बन्धित व्यक्ति वा संस्थाले कुराकानीका निम्ति वा समाचार आदानप्रदान गर्न बनाएको भाषा।
90204 साङ्केतिक भाषा ना. २. हात, मुख, आँखा आदिको इसारा, अङ्गसञ्चालनका अन्य प्रक्रियाद्वारा भाव व्यक्त गरिने शैली वा पद्धति, सानभाषा।
90205 साङ्केतिकवाद ना. भाषाको उत्पत्ति पहिले सङ्केतका आधारमा भएको हो भनेर मान्ने एक सिद्धान्।
90206 साङ्ख्य ना. जड प्रकृति र चेतन पुरुषलाई सृष्टिको मूलकारण मान्ने, कपिलमुनिद्वारा प्रतिपादित एक दर्शन, षड्दर्शनमध्ये एक।
90207 साङ्ख्य ना. वि. सङ्ख्यासम्बन्धी परिगणनीय।
90208 साङ्ख्यिकी ना. तथ्याङ्क वा आँकड़ा सङ्कलन, सारिणीकरण, विश्लेषण, व्याख्या आदि गर्ने विज्ञानको शाखा।
90209 साङ्ग वि. अङ्गले सहित भएको; अङ्गयुक्।
90210 साङ्ग वि. २. सबै अङ्गउपाङ्गले पूर्ण साङ्गोपाङ्ग।
90211 साङ्गता ना. साङ्ग हुनाको भाव वा स्थिति, अङ्गप्रत्यङ्गयुक्तता।
90212 साङ्गतिक वि. सङ्गति मिलेको; सङ्गतिसम्बन्धी; सङ्गतिको।
90213 साङ्गरूपक ना. उपमानका सबै अङ्गको उपमेयमा आरोप गर्दा हुने एक अर्थालङ्कार, रूपकालङ्कारको एक भेद।
90214 साङ्गीतिक वि. सङ्गीत भएको, सङ्गीतले पूर्ण; सङ्गीतमय।
90215 साङ्गीतिक वि. २. सङ्गीतसम्बन्धी, सङ्गीतको।
90216 साङ्गे ना. यज्ञ, व्रत, पुराणवाचन आदिका अन्तमा पूर्णताका निम्ति गरिने समापन कार्य, यज्ञ, व्रत, पुराणवाचन आदिको समाप्ति, साङ्गता।
90217 साङ्गे ना. २. उद्यापन प्रतिष्ठा।
90218 साङ्गोपाङ्ग वि. सबै अङ्ग र उपाङ्गले सहित अङ्गप्रत्यङ्गयुक्।
90219 साङ्गोपाङ्ग वि. २. पूर्ण पूरा।
90220 साङ्ग्रामिक वि. सङ्ग्रामसम्बन्धी सङ्ग्रामको।
90221 साङ्ग्रामिक वि. २. शस्त्रास्त्रले युक्त वा सज्जि।
90222 साङ्ग्रिनु अ.क्रि. हे. साँघुरिनु।
90223 साङ्ग्रिला ना. जीवनले आनन्द प्राप्त गर्ने, दिव्य सुवासले युक्त, टाढाको काल्पनिक सुन्दर स्थान; मुग्ध तुल्याउने मनोहर स्थल।
90224 साङ्ग्रिला ना. २. त्यस्तो सुवासयुक्त धुपीको बगैँचा वा वन।
90225 साङ्ग्रो वि. हे. साँघुरो।
90226 साङ्घातिक वि. मर्मस्थलमा चोट पार्ने मरणासन्न हुने गरी चोट पार्ने असह्य ; आघात पुर्‍याउने।
90227 साङ्घिक वि. सङ्घसम्बन्धी, सङ्घको।
90228 साङ्ली ना. धागो, डोरो आदि गुटमुटिएर वा जेलिएर पर्ने गाँठो।
90229 साङ्ली ना. २. सानो किसिमको साङ्लो।
90230 साङ्ले वि. साङ्ला झैं पारी बटारेको वा बुनेको, साङ्लोजस्तो।
90231 साङ्ले बुट्टा ना. साङ्लाजस्तो बुट्टा साङ्लाका आकारको बुट्टा।
90232 साङ्ले बुनोट ना. साङ्लाको आकार पर्ने किसिमले वा साङ्लो पारी गरिएको बुनाइ।
90233 साङ्ले रायो ना. सानासाना छिर्का परेको र खुम्चिएको पात हुने एक जातको रायो।
90234 साङ्लो ना. घर आदिको दैलोमा साँचो लगाउने उद्देश्यले लगाइने फलामको सिक्री।
90235 साङ्लो ना. २ सिक्री, बन्धन, जन्जिर।
90236 साङ्लो ना. ३. रातोरातो वा कालो खालको विभिन्न भेद ( घरसाङ्लो, मलसाङ्लो , वनसाङ्लो आदि) हुने, दुई जोडी पखेटा र तीन खुट्टा भएको एक जातको किरो।
90237 साची ना. लाम्चा पात भएको एक जातको पान;सतसा।
90238 साछी ना. हे. साक्षी।
90239 साज ना. सालका जस्ता पात र खैरा गोल फल फल्ने, गाईबस्तुलाई डाले घाँसका रूपमा खुवाइने एक जातको वृक्ष।
90240 साज ना. कुनै विशेष काममा उपयोग गरिने सरसामान, सामग्री।
90241 साज ना. २. कुनै व्यक्ति वा वस्तुलाई सजाउने गहना, कपडा आदि साधन, शृङ्गारको सामग्री।
90242 साज ना. ३. सवारीका निम्ति घोडा आदि सजाउने सामान (काठी, लगाम आदि)।
90243 साज ना. ४. सङ्गीतका क्षेत्रमा उपयोग गरिने वाद्यसामग्री३. प. स. ५. कुनै वस्तुवाचक नामका पछाडि जोडिएर त्यो वस्तु बनाउने वा मर्मत गर्ने भन्ने अर्थ बुझाउने शब्द (जस्तो घडीसाज, जिल्दसाज आदि)।
90244 साजबाज ना. सरसामान; आवश्यक सामग्री।
90245 साजसज्जा ना. कुनै वस्तु वा व्यक्तिलाई सजाउने काम।
90246 साजसज्जा ना. २. सजाउने उपकरण; सरसामग्री।
90247 साजा वि. धेरै जनाको हक वा हिस्सा भएको, गोस्वारा सजियाँ, साझा।
90248 साजा ना. आलो; साजी, ताजा।
90249 साजिस ना. अपराधयुक्त वा कपटपूर्ण कार्य त्यस्तो कार्यमा हुने गुप्त सहयोग षड्यन्त्र।
90250 साजी वि. भर्खरै तयार भएको, बासी नभएको (खानेकुरा)।