Dictionary

All Word

90251 साजी वि. २. भर्खरै टिपेको, नओइलाएको, ताजा, आलो, साजा (सागपात आदि)।
90252 साजेदार वि. हे. साझेदार।
90253 साजेदारी ना. साझेदारी।
90254 साझा वि. धेरै जनाका हकको धेरै जनाको हिस्सा भएको, सजिया, साजा।
90255 साझा वि. २ सम्मिलित व्यक्तिहरूमध्ये लगानी भएको मूल धनअनुसार समान अनुपातमा बाँडिने, हिस्सेदार वा अंसियारहरूमा दामासाहीले भाग लाग्ने, सजियाँ, गोस्वारा।
90256 साझा कार्यक्रम ना. कृषकहरूलाई आवश्यक ऋण दिनु, कृषिसामग्री तथा कृषिउपजका बिक्रीवितरणको व्यवस्था मिलाउनु, दैनिक उपभोग्य सामानहरूको बेचबिखनको व्यवस्था गर्नु र ग्रामीण क्षेत्रमा किसानहरूबाट निक्षेप प्राप्त गरी पुँजीको परिचालन गर्नुजस्ता मुख्य उद्देश्य भएको कार्यक्रम।
90257 साझा पसल सेवा ना. पहिले साझा भण्डारको एकएक शाखाका रूपमा साझा पसल कार्यक्रम नामले रहेको र २०३१ सालदेखि सहकारी संस्थाका रूपमा रहेको, ग्रामीण क्षेत्रमा कृषिसामग्री तथा दैनिक उपभोग्यवस्तुहरू सुपथ र सुलभ मूल्यमा पुर्‍याउने उद्देश्यले स्थापित एक संस्था।
90258 साझा पुरस्कार ना. साझा प्रकाशनले वर्षभरिमा आफूले प्रकाशित गरेका पुस्तकहरूमा सर्वश्रेष्ठ ठहरिएको पुस्तकलाई वि. सं. २०२६ देखि प्रदान गर्ने गरेको एक पुरस्कार।
90259 साझा प्रकाशन ना. नेपाली भाषा र साहित्यको विकासमा सक्दो योगदान गर्दै विभिन्न विषयमा पुस्तकहरूको प्रकाशन तथा विक्री, वितरण गर्ने उद्देश्यले वि. सं. २०२२ मा नेपाली भाषा प्रकाशिनी समितिको उत्तराधिकारीका रूपमा गठित संस्था।
90260 साझा भण्डार ना. सर्वसाधारण जनतालाई सुपथ मूल्यमा उपभोग्य मालसामान उपलब्ध गराउने र उपभोक्ता र उत्पादकका बिचमा सिधा सम्बन्ध कायम गराउने उद्देश्यले साझा केन्द्रीय सङ्गठनको तेस्रो संस्थाका रूपमा २०२१ सालमा स्थापित संस्था।
90261 साझा यातायात ना. यात्रु परिवहनसेवाको अभावपूर्ति गर्ने उद्देश्यले स्थापित साझा केन्द्रीय सङ्गठनअन्तर्गत वि. सं. २०२१ सालमा स्थापित एक संस्था।
90262 साझा व्यवस्थापक ना. साझा संस्थामा रहेर काम गर्ने प्रमुख कर्मचारी।
90263 साझा संस्था ना. गाउँगाउँमा कृषिसामग्री लगायत दैनिक उपभोगका मालसामानहरूको बिक्रीवितरण गर्ने अड्डा वा शाखा।
90264 साझा स्वास्थ्य सेवा ना. जनतालाई आवश्यक औषधीउपचार सुपथ मूल्यमा, सुलभ रूपमा उपलब्ध गराउने उद्देश्यले २०२१ सालमा स्थापित साझा केन्द्रीय सङ्गठनअन्तर्गतको एक संस्था।
90265 साझीदार / साझेदार ना. हिस्सेदार, अंसियार, सेयरहोल्डर।
90266 साझेदारी ना. केही व्यक्ति मिलेर लगानीको अनुपातमा समान रूपले नाफानोक्सान बेहोर्ने गरी चलाइएको वा सुरु गरिएको कारोबार।
90267 साट्नु स.क्रि. आफूसँग भएको कुनै वस्तु वा मालसामान दिएर त्यसको सट्टामा अर्को वस्तु वा मालसामान दिनु सट्टापट्टा गर्नु।
90268 साट्नु स.क्रि. २. रुपियाँपैसा आदिको विनिमय गर्नु भजाउनु।
90269 साटन ना. एक प्रकारको चिप्लो र टलकदार रङ्गिन कपडा।
90270 साटफेर ना. कुनै वस्तु वा मालसामान दिएर त्यसका ठाउँमा अर्को वस्तु वा मालसामान लिने काम साट्ने वा फेर्ने काम सट्टापट्टा।
90271 साटफेर ना. २. फेरफार।
90272 साटसुट ना. सम्बन्धित व्यक्तिले बाहेक अरूले थाहा नपाऊन् भनी गुप्त किसिमले झटपट गरिने काम।
90273 साटसुट ना. २. अरूलाई थाहा नदिई सुटुक्क लिनेदिने काम।
90274 साटसुट ना. ३. गुप्त किसिमको कुराकानी।
90275 साटसुट ना. क्रि.वि. ४. गुप्त तवरले, चालै नपाई, सुटुक्क लुकीछिपी।
90276 साटसुट ना. ५. छिटछिटो काम टुङ्ग्याउने चालमा, झटपट।
90277 साटसुटे वि. साटसुट गर्ने स्वभावको, छिटोछरितोसँग काम गर्ने, चटपटे।
90278 साटसुट्ट क्रि.वि. छिटोछिटो वा झटपट हुने गरी।
90279 साटसुट्ट क्रि.वि. २. कसैलाई थाहै नदिएर सुटुक्क साटसुट।
90280 साटासाट ना. आपसमा कुनै वस्तु साट्नेवर्ने काम; साटफेर।
90281 साटिनु क.क्रि. अदलीबदली पारिनु सट्टापट्टा गरिनु।
90282 साटो ना. बार बार्दा तेर्सो पारी बाँधिने लामो बाँस, नर्कट, काठ आदि वस्तु।
90283 साटो ना. विनिमय, सट्टा, बदला।
90284 साटो ना. २. आफ्ना छोरालाई छोरी दिने व्यक्तिकै कुटुम्बका छोरालाई आफ्नी छोरी पनि दिएर बिहे गर्ने चलन वा त्यसैअनुसार छोरीको साटासाट।
90285 साटोपाटो ना. साटफेर, सट्टापट्टा।
90286 साटोपोल्टो ना. आफ्नी छोरी दिँदा कुटुम्बबाट आफ्नो छोरालाई छोरी नपाएमा त्यसको साटो कुटुम्बबाट लिइने धन।
90287 साटो फेराइ ना. कसैले गरेको नजाती कामका बदलामा अर्काले पनित्यस्तै गर्ने चाल बदला लिने काम।
90288 साठगाँठ ना. अरुले थाहा नपाउने गरेर गुप्त किसिमले कसैसँग गरिने मिलोमतो भित्री मतो, गुप्त मेलमिलाप।
90289 साठगाँठ ना. २. षड्यन्त्र, साजिस।
90290 साठिऔं / साठियौं वि. गणनाका क्रमले साठी सङ्ख्यामा परेको, साठी सङ्ख्याको।
90291 साठी ना. पचास र दशको योगबाट बन्ने सङ्ख्या ६० को अङ्क।
90292 साठी ना. वि. २. पचास र दशको योगबाट बन्ने सङ्ख्याको।
90293 साठीऔं / साठीयौं वि. हे. साठऔं।
90294 साठो ना. फिनी, पन्जाबी आदि रोटी उक्साउनका लागि घिउ मिलाई मलेको पिठो, दाउन।
90295 साडी ना. सारी।
90296 साडो ना. काँडैकाँडा भएको एक जङ्गली जन्तु, दुम्सी।
90297 साढु ना. साली वा जेठीसासूको लोग्ने।
90298 साढु दाइ / दाजु ना. जेठीसासूको लोग्ने।
90299 साढुभाइ ना. सालीको लोग्ने।
90300 साढे वि. भएको सङ्ख्यामा अर्को आधासमेत जोडिएको; आधासहितको।