Dictionary

All Word

90301 साढे दुई ना. दुई र आधा; अढाई।
90302 साढे सात ना. फलितज्योतिषका अनुसार आफ्ना राशिबाट द्वादश, प्रथम र द्वितीय राशिमा शनिग्रह साढेसात वर्षसम्म रहँदा रहने शनैश्चरको अनिष्टकारक दशा साढेसाती।
90303 साढे सात ना. २. सात र आधा।
90304 साढेसाती ना. साढेसातको दशा।
90305 सात ना. छ र एकको योगबाट बन्ने सङ्ख्या ६- पछिको सङ्ख्या ७- को अङ्क।
90306 सात ना. वि. २. ६ र १ का योगले बन्ने सङ्ख्याको।
90307 सातकान्ले ना. खेतमा हुने र धेरै लामो भएर फैलिने ( सात कान्लासम्म फैलिन सक्ने भनी कहलिएको) दुबोजस्तो एक झार।
90308 सातत्य ना. सतत वा निरन्तर हुनाको भाव, निरन्तरता; अविच्छिन्नता।
90309 सातदिने वि. सात दिनसम्म चल्ने (पुराण आदि)।
90310 सातदिने वि. २. सात दिनको (दाजुभाइ )।
90311 सातपगरी ना. अन्दाजी सय सिपाहीको मुख्य नाइके सुबेदारको मातहतमा रहने, सोह्र जना मानिस आफ्नो दलमा भर्ना गर्न पाउने, लडाइँमा अनुभव पाएका सात जना सैनिक (दिव्य.)।
90312 सातपत्रे ना. मानिस र पशुको भुँडीमित्र हुने, खाएको वस्तु पच्ने, पत्रैपत्र परेको अवयव, पाकस्थली।
90313 सातपोके ना. गाईभैंसी बिहाएपछि पहिलो छाकको बिगौती सात पोका पारी कप्टेरामा घुसारेर देउतालाई चढाइने भाग।
90314 साता ना. सात दिनको समूह; सात दिनको समय;सप्ताह; हप्ता।
90315 साता ना. २. दुनोटमा कुनै अङ्कको सात गुनाभन्दा भनिने शब्द (पाँच साता पैतिस छ साता बयालीस आदि); साताङ।
90316 साताङ ना. दुनोटमा कुनै अङ्कको सात गुना भन्दा भनिने शब्द (दुई साताङ चौध, तीन साताङ एक्काइस इ.)।
90317 सातु ना. भुटेको मकै, चना, जौ, गहुँ आदिको पिठो, सत्तु सतुवा।
90318 सातो ना. चेतनतत्त्व, चैतन्य; होस।
90319 सातो ना. २. अस्तित्वको मूल वस्तु; शक्ति; सत्त्व।
90320 सातो ना. ३. केटाकेटीलाई कुनै ठुलो डर लाग्दा होसहवास हराउने स्थिति वा रोग।
90321 सातोपुत्लो ना. चेतनतत्त्व र शरीर; होसहवास।
90322 सात्त्वती ना. वीर, रौद्र, अदभुत र शान्त रसमा व्यवहार गरिने दान, दया, शौर्य आदि वीरोचित कार्यमा वर्णन गरिने, नाटकका मुख्य चार वृत्तिमध्ये एक।
90323 सात्त्विक वि. सत्त्व, रज र तम तीन गुणमध्ये सत्त्वगुणले युक्त, सत्त्वगुणले भरिएको।
90324 सात्त्विक वि. २. सत्त्वगुणबाट उत्पन्न वा निर्मि।
90325 सात्त्विक वि. ३. सत्त्वगुणको आधिक्य भएको, सत्त्वगुणप्रधान।
90326 सात्त्विक वि. ना. ४. साहित्यमा सत्त्वगुणबाट उत्पन्न हुने स्तम्भ, स्वेद, रोमाञ्च आदि अङ्गविकार।
90327 सात्त्विक भाव ना. नाट्य वा नृत्य आदिमा सत्त्वगुणबाट उत्पन्न हुने अङ्गविकार (स्तम्भ, स्वेद, रोमाञ्च, स्वरभङ्ग, कम्प, वैवर्ण्य, अश्रुपात र प्रलय)।
90328 साथ ना. यो. सँग सि।
90329 साथ ना. यो. २ समेत सहि।
90330 साथ ना. यो. ना. ३. सामीप्य निकटता।
90331 साथसाथै क्रि.वि. एकै साथमा सँगै रहेर सँगसँगै।
90332 साथी ना. एकसाथ रहने वा सँगै बसउठ गर्ने व्यक्ति;सँगी।
90333 साथी ना. २. कुनै कामकुरामा साथ दिने व्यक्ति परिआएका बेलामा मद्दत गर्ने व्यक्ति, सहायक, सहयोगी, मदतगार।
90334 सादगी ना. सादा हुनाको भाव, गुण वा अवस्था, सादापन, सरलता।
90335 सादगी ना. २. निष्कपटता।
90336 सादर क्रि.वि. आदर वा मानमर्यादाका साथ सम्मानका साथ आदरपूर्वक, ससम्मान।
90337 सादा वि. कुनै किसिमको देखावटी आडम्बर, तडकभडक, सिंगारपटार आदि नभएको, सामान्य किसिमको साधारण।
90338 सादा वि. २. अनेक रङ, बुट्टा आदि नभएको।
90339 सादा वि. ३. छलकपट नभएको, मनमा एक थोक मुखले अर्को थोक गर्न नजान्ने; सोझो; सरल।
90340 सादृश्य ना. रूप, गुण आदिका दृष्टिले देखिने एकरूपता,समानता; तुल्यता।
90341 सादृश्य ना. २. तुलना, दाँजो बराबरी।
90342 सादृश्य ना. ना. ३. कुनै प्रयोगलाई देखेर त्यसको सादृश्यमा अन्यत्र पनि त्यस्तै प्रयोग गर्ने भाषावैज्ञानिक प्रक्रिया (जस्तो- बस्छे > बस्+छे का सादृश्यले छ > छ्+अ जस्ता प्रयोग पनि छे बन्नु अर्थात् बहिनी छे बनाउनु आदि)।
90343 सादृश्यगत वि. सादृश्य भएको, सादृश्य वा उपमाका रूपको (अलङ्कार आदि)।
90344 साद्धे वि. साध्य, सम्भव।
90345 साध्नु स.क्रि. लामो समयसम्मको साधनाद्वारा मन्त्र, विद्या आदिको सिद्धि प्राप्त गर्नु।
90346 साध्नु स.क्रि. २. लामो प्रयास र साधनाद्वारा दुस्साध्य वस्तुलाई वशमा पार्नु अधीनमा ल्याउनु।
90347 साध्नु स.क्रि. ३. नियमपूर्वकको प्रयास र अभ्यासद्वारा सफलता प्राप्त गर्नु कुनै काम फत्ते पार्नु सिद्ध गर्नु।
90348 साध्नु स.क्रि. ४. व्याकरणअनुसार कुनै शब्दको प्रकृतिप्रत्यय देखाई सूत्रहरूका नियमद्वारा प्रचलित रूप बनाउनु।
90349 साध्नु स.क्रि. ५. कुनै विषयसँग सम्बन्धित सिद्धान्तलाई नियमानुसार प्रमाणित गर्नु।
90350 साध्नु स.क्रि. तल्लो तहका संस्था वा व्यक्तिले आफ्नो अधिकारक्षेत्रभन्दा बाहिरको कामकुरा गर्नुपर्दा माथिल्लो तहका व्यक्ति वा संस्थाको आदेश लिन जाहेर गर्नु।