Dictionary

All Word

90351 साधक वि. तप, मन्त्र, साधना आदिद्वारा कुनै कुरा सिद्ध गर्ने।
90352 साधक वि. २. कुनै कुराको सिद्धिका लागि तप वा मन्त्र साधना गर्ने।
90353 साधक वि. ३. भूतप्रेत आदिलाई मन्त्रद्वारा आफ्नो वशमा पार्ने।
90354 साधक वि. ना. ४. इन्द्रजाली।
90355 साधक वि. ५. झाँक्री, धामी।
90356 साधक वि. ६. तपस्वी योगी।
90357 साधक ना. तल्लो तहका अड्डाअदालतमा परेका, आफूले छिन्न नसकिने वा छिन्न नमिल्ने मुद्दामामिलामा आफ्नो राय लेखी निर्णयका निम्ति मायिल्ला अधिकारी वा अड्डामा पठाइने जाहेरी।
90358 साधक ना. २. आफ्नो अधिकारभन्दा माथिको वा आफूले आँट्न नसकिने विषयमा निकासाका निम्ति तालुकवाला अधिकारी वा अड्डालाई लेखी पठाइने रिपोर्ट।
90359 साधक फैसला ना. आफूले गरेको निर्णय ठिक छ-छैन भनी माथिल्लो तहमा जाँच्न पठाउने गरी गरिएको फैसला, जाहेरी फैसला।
90360 साधन ना. कुनै वस्तु तयार पार्ने वा कुनै काममा प्रयोग गरिने सामान, उपकरण, औजार।
90361 साधन ना. २. साजबाज।
90362 साधन ना. ३. कुनै वस्तु वा कुराको कारण हेतु।
90363 साधन ना. ४. तपश्चर्या।
90364 साधन ना. ५ मन्त्र आदि सिद्ध गर्ने काम।
90365 साधना ना. लामो समयसम्म कष्ट सही मनलाई एकाग्र राखेर कुनै सिद्धि वा सफलताको प्राप्तिका लागि गरिने योग, काम वा प्रयत्न।
90366 साधना ना. २. अभीष्ट फलप्राप्तिका लागि नियमपूर्वक गरिने देवादिको उपासना वा आराधना अनुष्ठान।
90367 साधना ना. ३. सफलता, दक्षता वा पूर्णताको प्राप्तिका लागि कुनै काम बारबार गर्ने क्रिया, अभ्यास रफ।
90368 साधना ना. ४. भूतप्रेत आदिलाई मन्त्रादिद्वारा वशमा पार्ने काम।
90369 साधनाभूमि / स्थल ना. कुनै सिद्धि वा सफलताको प्राप्तिका लागि साधना गरिने भूमि वा स्थल।
90370 साधर्म्य ना. भिन्नभिन्न वस्तुमा एउटै धर्म रहनाको भाव, गुण वा अवस्था, धर्म आदिका दृष्टिले हुने एकरूपता, एकधर्मिता।
90371 साधसोध ना. आफूले निश्चय गर्न अडबड परेका कुरामा मातहत अड्डा वा कर्मचारीले तालुक अड्डा वा माथिल्ला अधिकारीमा पेस गरी लिने निकासा, निर्देशन वा सल्लाह।
90372 साधसोध ना. २. कुनै कामकुराबारे साध्ने वा सोध्ने काम।
90373 साधा वि. छलछाम नगर्ने सरल स्वभावको, सोझो, सादा।
90374 साधा वि. २. सामान्य मामुली।
90375 साधार वि. निराधार वा कपोलकल्पित नभएर तर्कसम्मत आधार भएको आधारयुक्।
90376 साधार वि. २. कुनै प्रमाणमा आधारित सप्रमाण।
90377 साधारण वि. कुनै किसिमको विशेषता वा उल्लेखनीय कुरा नभएको, सामान्य, मामुली २ सरल, सजिलो।
90378 साधारण वि. ३. जतासुकै पाइने, सबै ठाउँमा हुने।
90379 साधारण वि. ४. धेरैसँग मिल्दोजुल्दो, अरुसरहको।
90380 साधारण वि. ५. सहज प्रकृ।
90381 साधारणतः / तया क्रि.वि. साधारण किसिमसँग; सामान्य रूपले।
90382 साधारणतः / तया क्रि.वि. २. प्रायः; धेरैजसो।
90383 साधारण शिक्षा ना. सर्वमान्य अनुभवसँग सम्बन्धित र भविष्यमा जुनसुकै विषयमा विशिष्टीकरण गर्ने शिक्षार्थीले पनि सामान्यतः लिनु आवश्यक ठानिएको शिक्षा।
90384 साधारण सेयर ना. कुनै कम्पनी वा औद्योगिक, व्यापारिक संस्थाद्वारा बिक्री, वितरणमा ल्याइएको साधारण किसिमको हिस्सा वा सेयर।
90385 साधारण सभा ना. कुनै सङ्घसंस्था आदिका साधारण सदस्यहरू सम्मिलित भएको सभा, साधारण सदस्यहरूको सभा।
90386 साधारण सभा ना. २. विशेष कार्यका निम्ति नभई साधारण कामका निम्ति गरिएको सभा।
90387 साधारण सभा ना. ३. नियमित रूपले चल्ने सामान्य सभा।
90388 साधारणीकरण ना. समान गुण, धर्म वा विशेषताका आधारमा अनेक वस्तुलाई एक श्रेणीमा राख्ने काम।
90389 साधारणीकरण ना. २. विभिन्न तत्त्व, गुण वा विशेषताका आधारमा कुनै साधारण नियम वा सिद्धान्त स्थिर गर्ने काम।
90390 साधारणीकरण ना. ३. साहित्यमा नायक र नायिकाका साथ भावक (श्रोता, पाठक, दर्शक ) को तादात्म्य हुने मानसिक व्यापारविशेष।
90391 साधारणीकरण ना. ४. कुनै विषयलाई सामान्यतः सबैमा उही भावको आलम्बन हुने गरी रसानुभूति हुने रूपमा ल्याउने काम सामान्यीकरण।
90392 साधिका वि. साधनाद्वारा कुनै कामकुरा सिद्ध गर्ने स्त्री, साधना गर्ने स्त्री।
90393 साधिकार वि. अधिकार पाएको वा भएको; अधिकारयुक्।
90394 साधिकार वि. क्रि.वि. २. अधिकारपूर्वक।
90395 साधित वि. साधना गरिएको; सिद्ध पारिएको।
90396 साधित वि. २. अभ्यास वा प्रयासद्वारा वशमा ल्याइएको।
90397 साधिनु क.क्रि. शिक्षा लिइनु तालिम हासिल गरिनु।
90398 साधिनु क.क्रि. २. माथिल्लो तहबाट आज्ञा वा आदेश लिइनु।
90399 साधु ना. सांसारिक प्रपञ्च वा विषयासक्तिबाट टाढा रही परमार्थ चिन्तनमा जीवन बिताउने व्यक्ति, सन्त, महात्मा।
90400 साधु ना. २. सरल प्रकृतिको मानिस सोको मानिस।