Dictionary

All Word

9151 गलेगन्ड ना. गलामा छालाको थैलो झुन्डिएको एक जातको चरो।
9152 गलेगोरु ना. १. काँधिएर राम्ररी नहिँड्ने वा मुस्किलले ठेलीठेली हिँडाउनुपर्ने गोरु।
9153 गलेगोरु ना. २. त्यस्तै गह्रुङ्गो स्वभावको मान्छे; अल्छी र लोसो मानिस।
9154 गलेनी ना. १. गोडाका औँलाका काप फुट्ने, च्यातिने र पाक्ने रोग।
9155 गलेनी ना. २. पाकेपछि कालो र खाँदा गुलियो स्वादको हुने, असारतिर पलाएर फली कात्तिकमा पाक्ने र मङ्सिरपुसमा मर्ने एक वनस्पति वा त्यसैको फल।
9156 गलेबन्द ना. गलबन्दी (उदा. - खुला दो - कान को राख्छ गलेबन्द भए कुनै। - लेखनाथ)।
9157 गलेश्वर ना. म्याग्दी जिल्लाको बेनी बजारबाट एक कोस उत्तरपट्टि कालीगण्डकी र राखुघाट खोलाका दोभानमा अवस्थित महादेव, पौराणिक उपाख्यानअनुसार सतीदेवीको गलो पतन भई शिवजी उत्पन्न भएको र प्रत्येक वर्ष बालाचतुर्दशीमा मेला लाग्ने सोही ठाउँ।
9158 गलैँचा ना. तनौटोमा सुतीको डोरी र बुनौटोमा भेडा वा भ्याङलुङको ऊन प्रयोग गरी विभिन्न रङका बुट्टा पारेर बुनिने, बाक्लो, नरम बिछ्यौना।
9159 गलैँची फुल ना. ससानो बोट हुने र रङ्गीबिरङ्गी फूल फुल्ने एक जातको फूल।
9160 गलो ना. १. कण्ठ; घाँटी; गला।
9161 गलो सेरा वि. १. गलो सेर्ने वा रेट्ने।
9162 गलो सेरा वि. २. दीनदुःखीलाई सताउने; गरिबमारा।
9163 गल्छी ना. १. एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न ओर्लने वा उक्लने गौँडो; कतैबाट उम्कने वा कहीँ पस्ने गल्छेडो।
9164 गल्छी ना. २. दुई पहाडका बिचमा खोँच वा सोतो परेको ठाउँ।
9165 गल्छेडो ना. १. सानो बाङ्गोटिङ्गो र अप्ठेरो बाटो साँघुरो गल्ली।
9166 गल्छेडो ना. २. बस्तुभाउ हिँड्ने वा मूलबाटोमा मोडिने छोटो बाटो; उनाउ बाटो।
9167 गल्छेडो ना. ३. खोँच परेको ठाउँ; त्यस्तै अप्ठेरो काम |
9168 गल्ड्याङ्ग्रो/गल्ढ्याङ्ग्रो वि. १. राम्रोसँग बोल्न नजान्ने वा बोली स्पष्ट नभएको; लठेब्रो।
9169 गल्ड्याङ्ग्रो/गल्ढ्याङ्ग्रो वि. २. स्वर मात्र ठुलो तर बुद्धि नभएको; सिधासाधा; लाटोसुधो।
9170 गल्ड्याङ्ग्रो/गल्ढ्याङ्ग्रो वि. ३. हुस्सु; लन्ठ |
9171 गल्ड्याङ्ग्रो/गल्ढ्याङ्ग्रो वि. स्त्री. गल्ड्याङ्ग्री/गल्ढ्याङ्ग्री।
9172 गल्ती ना. १. नियम, रीति, सिद्धान्त आदिका दृष्टिले हुने वा गरिने भुल भुलचुक, बिराम।
9173 गल्ती ना. २. भाषा, व्याकरणका दृष्टिले भएको वा गरिने भुल अशुद्धि।
9174 गल्ती ना. ३. अनुचित काम; नसुहाउँदो आचरण।
9175 गल्यो ना. १. मुजा पारेर लाइएका फरियाको पोल्टामा पर्ने मुठो वा गाँठो।
9176 गल्यो ना. २. धानको रोपो सप्रेर मुठीभरि गाँजिएको झाङ; घाँस वा झारको ठुलो मुठो।
9177 गल्थोवाल वि. मुजा परेको गल्यो देखिने फरियाको पहिरन हुने (स्त्री)।
9178 गल्यो सराइ ना. धान रोप्ने काम।
9179 गल्थ्याइ ना. गल्थ्याउने क्रिया वा प्रक्रिया |
9180 गल्य्याइनु क.क्रि. गल्यो पारिनु; मुठो पारिनु।
9181 गल्थ्याउनु स.क्रि. अगाडि पर्ने फरियाको मुजा पटुकाले कसेर अँचेट्नु, गल्थो पार्नु; मुठा पार्नु।
9182 गल्प ना. १. विचारप्रधान वा भावपूर्ण घटनात्मक ससानो कहानी, छोटो कथा।
9183 गल्प ना. २. मिथ्या प्रलाप; गफ।
9184 गल्मट ना. पिँडालुको गाना काटेर दालमा मिसाइने चाना वा टुक्रा।
9185 गल्याँठो ना. काठ वा अरू कुनै वस्तुको छोटो गिँड; रुखमा वा मान्छेको शरीरमा निस्केको गाँठो वा गानु।
9186 गल्याकगुलुक क्रि.वि. फलफूल आदि पाकेर ज्यादै गल्ने किसिमले; फत्याकफुतुक।
9187 गल्याङमल्याङ क्रि.वि. हल्ला हुने वा खलबल हुने चालसँग; खल्याङमल्याङ।
9188 गल्ल क्रि.वि. खुसी वा खिसी व्यक्त गर्दा खित्का छाडेर हाँस्ने गरी।
9189 गल्ला ना. १. अन्नपात; धानचामल, मकै आदि अन्न; अनाज।
9190 गल्ला ना. २. खास गरी विदेशी सेनामा भर्ना गर्न भेला गरिएका युवकहरूको समूह (रङ्गरुट )।
9191 गल्ला ना. ३. खुत्रुके जस्तै तर खोल्ने, बन्द गर्ने गरिएको पसलेहरूको सानो बाकस।
9192 गल्लावाल ना. १. अन्नपातको बिक्री गर्ने व्यक्ति; अनाजको व्यापारी।
9193 गल्लावाल ना. २. सेनामा भर्ना गर्न रङ्गरुट जम्मा गरी लाने व्यक्ति।
9194 गल्ली ना. १. प्रायः सहरभित्रका घरहरूका पङ्क्तिबिचमा रहेको साँघुरो बाटो।
9195 गल्ली ना. २.सानो र नराम्रो बाटो।
9196 गवाइ ना. गाउने भाव, क्रिया वा प्रक्रिया।
9197 गवाइनु क.क्रि. गाउन लाइनु; गाउन प्रेरित गरिनु।
9198 गवाउनु प्रे.क्रि. गाउन लाउनु, गाउने पार्नु।
9199 गवाक्ष ना. आँखीझ्याल |
9200 गवाह ना. १. कुनै घटना जान्ने वा देख्ने व्यक्ति; कुनै विवरण वा घटनाको जानकारी राख्ने व्यक्ति।