Dictionary

All Word

9201 गवाह ना. २. कुनै वादविवादमा अड्डाअदालतसमक्ष आफूले जानेबुझेको कुरा बताएर प्रमाण दिने व्यक्ति; साक्षी।
9202 गवाही ना. १. देखेजानेका घटनाबारे दिइने बयान।
9203 गवाही ना. २. देवानी वा फौजदारी मुद्दामा अड्डाअदालतमा गएर गरिने बयान; साक्षी; प्रमाण।
9204 गवेषक वि. गवेषणा गर्ने; अन्वेषक; अनुसन्धानकर्ता।
9205 गवेषण ना. १. कुनै वस्तु वा विषयको यथार्थ तथ्य पत्ता लगाई गरिने विधिपूर्वकको अध्ययन - विश्लेषण; अनुसन्धान।
9206 गवेषण ना. २. हराएको वस्तु खोजेर पत्ता लगाउने काम ; खोजी।
9207 गवेषणशाला ना. गवेषण वा अनुसन्धान गरिने ठाउँ वा घर।
9208 गवेषणा ना. १. कुनै वस्तु वा विषयको यथार्थ तथ्य पत्ता लगाई गरिने विधिपूर्वकको अध्ययन - विश्लेषण; अनुसन्धान।
9209 गवेषणा ना. २. हराएको वस्तु खोजेर पत्ता लगाउने काम ; खोजी।
9210 गवेषी वि. कुनै विषयको गहिरो छानबिन गर्ने; खोजी गर्ने; अनुसन्धाता।
9211 गवैया ना. गीत वा राग गाउने व्यक्ति; गाउने मान्छे; गायक; वस्ताज।
9212 गव्य वि. १. गाईबाट प्राप्त हुने (दुध, दही, घिउ, गहुँत र गोबर)।
9213 गव्य वि. २. गाईभैंसीलाई खुवाइने (घाँस, भुस, कुँडो इ.)।
9214 गस्ती ना. १. ठाउँ-ठाउँको घुमफिर, भ्रमण।
9215 गस्ती ना. २. पहरा वा रखवारीका निम्तिको घुमाइ कुनै क्षेत्रमा सुरक्षा कायम गर्न तथा असामान्य स्थितिको नियन्त्रण गर्न वा अन्य विशेष प्रयोजनका लागि खटिएको टोली वा व्यक्तिले सावधानीपूर्वक घुम्ने र रेखदेख गर्ने काम (गस्ती प्रहरी, गस्ती पुलिस आदि)।
9216 गह ना. आँखाको गेडी रहने खोपिल्टो वा आँसु भरिएर डबडबाउने त्यसैको डिलडिलसम्मको ठाउँ।
9217 गह ना. प्रायः टोपी सिउन प्रयोग गरिने एक प्रकारको कालो खुटुवा कपडा।
9218 गहक ना. गहकिलोपन; वजन; तौल।
9219 गहकिलो वि. १. खँदिलो भईकन महत्त्वपूर्ण; गहक भएको; वजनदार।
9220 गहकिलो वि. २. सार वा तत्त्व भएको; राम्रो र गतिलो।
9221 गहत ना. एकै भेट्नामा फुस्रा तीन पात हुने, पहेँला फूल फुल्ने र लाम्चा कोसा लाग्ने, दाल- जातको लहरो वा त्यसैको कोसामा फल्ने सेतो, रातो र कालो तीन जातको हुने चेप्टो आकार भएको गेडादार अन्न।
9222 गहते वि . १. गहतका रङको; गहतजस्तो वर्ण भएको।
9223 गहते वि . २. पाखे; असभ्य।
9224 गहते वि . ३. पेटभरि खान नपुग्ने, आर्थिक अवस्था कमजोर भएको।
9225 गहते वि . ना. ४. गहत जस्तै बोट हुने तर फल नलाग्ने एक जातको वनस्पति (घाँस)।
9226 गहते काठो ना. गहत खाएर निर्वाह गर्ने बाहुन, दुःखी बाहुन (निन्दार्थमा)।
9227 गहते किरो ना. गर्मीमा फैलने रक्तजीवी किरो; उडुस।
9228 गहते जाउलो ना. गहत मिसाएर बनाइने जाउलो।
9229 गहते डाँडो/पाखो ना. गहत मात्र उब्जने जग्गा जमिन, रुखो पाखो।
9230 गहन वि. १. गहिराइ छिटै थाहा नपाइने; गहिरो; गम्भीर।
9231 गहन वि. २. बाक्लो; सघन।
9232 गहन वि. ३. पुग्न नसकिने; दुर्गम; अगम्य।
9233 गहन वि. ४. मुस्किलसँग मात्र बुझिने; दुर्बोध्य; क्लिष्ट।
9234 गहन वि. ५. आदि र अन्तको पहिचान गर्न कठिन; रहस्यमय।
9235 गहनता ना. १. गहन हुनाको भाव वा अवस्था; गहिराइ; गम्भीरता।
9236 गहनता ना. २. दुर्गमता।
9237 गहना ना. १. सुन-चाँदी आदिबाट बनाइने सिँगारपटारका साधन; शरीर वा व्यक्तित्वको बाह्य शोभा बढाउनका लागि शरीरका नाक, कान, घाँटी आदि विभिन्न भागमा लगाइने वा पहिरिने तिनै वस्तु अलङ्कार।
9238 गहना ना. २. शोभा दिने र बाह्य इज्जत बढाउने किसिमका कुरा वा गुण।
9239 गहना ना. (उदा.- चरित्र नै मान्छेको सबभन्दा ठुलो गहना हो।
9240 गहनागुरिया ना. गहनाहरूको समुदाय; गरगहना।
9241 गहनापात ना. गहनाहरूको समुदाय, गरगहना।
9242 गहरी ना. गहिरो परेका ठाउँतिर बग्दै वा घिसिंदै जाने गरी खेल्ने केटाकेटीहरूको एक खेल।
9243 गहिराइ ना. १. गहिरो हुनाको भाव वा अवस्था; गहिरोपन; गाम्भीर्य; गम्भीरता।
9244 गहिराइ ना. २. उत्खनन आदि गर्ने क्रममा सङ्केत गरिएकोभन्दा तलको ठाउँ।
9245 गहिरिनु अ.क्रि. १. गहिरो हुनु।
9246 गहिरिनु अ.क्रि. २. भित्री तहसम्म पुग्नु।
9247 गहिरी वि. १. अलि-अलि गहिरो ; थोरै गहिरो।
9248 गहिरी वि. २. आँत-भेउ पाउन नसकिने (स्त्री)।
9249 गहिरी वि. ३. गहिरो परेको जमिन; गलखेत; डोलखे।
9250 गहिरो वि. १. वरिपरि अग्लो भई माझको भाग भासिएको वा गाडिएको; सतहभन्दा तलको।