Dictionary

All Word

9301 गाँठे वि.बो. (उदा.- लालेले त पुतलीलाई बिहे नै गरिसकेछ, ए गाँठे ! नभन्दै गाँठे ! उसले पनि जागिर खाएछ !) |
9302 गाँठे वि. १. सलक्क नभई गाँठगाँठा परेको ।
9303 गाँठे वि. २. चाहिँदो मात्रामा बढ्न नसकेको; गान्टे, पुड्के ।
9304 गाँठे काल्तोरी ना. मूला जस्तै जरामा फल्ने तर अलिक बाटुलो फल हुने तरकारी खाने एक जातको वनस्पति ।
9305 गाँठेमूला ना. हे. गान्टेमूला ।
9306 गाँठो ना. १. डोरी, धागो, सुतली आदि वस्तु नफुस्कोस् भनी मस्काउँदा वा आफैं फेरो परेर हुने डल्लो, ग्रन्थि ।
9307 गाँठो ना. २. गान, डल्लो ।
9308 गाँठो ना. ३ बाँस, उखुजस्ता हाँगा पलाउने जातका वस्तुहरूको आँख्लो ।
9309 गाँठो ना. ४. अड्को, समस्या; रहस्य।
9310 गाँठो पर्नु टु. १. कुरो नमिल्नु समस्या आइपर्नु ।
9311 गाँठो पर्नु टु. २. मायाप्रीति बस्नु ।
9312 गाँठोलुकाइ ना. रुमाल, पटुका वा डोरी गाँठो पारी सो गाँठो लुकाएर छकाउँदै खेलिने, केटाकेटीहरूको एक खेल |
9313 गाँड ना. १. रोगका कारणले विशेषतः आयोडिन नमिसिएको नुन वा दूषित पानीका प्रभावबाट घाँटीका नसाहरूमा पानी जमी मासु फुलेर आउने ठुलो डल्लो, गलगण्ड ।
9314 गाँड ना. २. रुखहरूमा चोट लागेका ठाउँमा निस्कने गाँठो ।
9315 गाँड ना. ३. सुपारी, कटहरजस्ता फलहरूको समुदाय वा तिनको गाँठो परेको भाग ।
9316 गाँड ना. ४. एकै ठाउँ झुम्मिएका कमिला, मौरी, अरिङ्गाल आदिको गोलो वा समूह।
9317 गाँड कोराकोर ना. परस्परमा गर्दन अँठ्याउन खोज्ने अड्डी, परस्परको कचिङ्गलोले दुःखद रूप लिएको अवस्था ।
9318 गाँडागर्चा वि. सलक्क नपरेका वा गान्टा र नसका (केटाकेटी र फलफूल) ।
9319 गाँडी ना. स्त्रीजातिको जननेन्द्रिय; योनि भग।
9320 गाँडीमुखे वि. योनिको जस्तो मुख भएको, रिसउठ्दो र मननपर्ने अनुहारको (अश्लील गालीमा हुने प्रयोग)।
9321 गाँडु ना. १. माउबाट छुट्ट्याउने अवस्थामा नपुगेको गधा, गधाको बच्चो ।
9322 गाँडु ना. वि. २. सरसल्लाहमा मिल्न नसक्ने वा उचित रूपले काम गर्न नसक्ने, बेमेलको काम नलाग्ने, रद्दी, चुत्थो ।
9323 गाँडू हे. गाँडु |
9324 घ- १. देवनागरी वर्णमालाका व्यञ्जनवर्णमध्ये चौथो व्यञ्जन वर्ण, कण्ठ्यस्थानबाट उच्चारण हुने, स्पर्शी, सघोष, महाप्राण व्यञ्जनवर्ण; कवर्गको चौथो वर्ण, लेख्य रूपमा सो व्यञ्जनवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न, घरजस्तो घ ।
9325 घ- २. लेखाइका क्रममा विषयको वर्गीकरण वा विभाजन, उपविभाजनका निम्ति व्यञ्जनवर्णको प्रयोग गरिँदा दिइने क्रमबोधक चौथो चिह्न |
9326 घँगला ना. उपत्यकामा लाखेनाच र राक्षसहरूको नाच गर्दा कम्मरमा बाँधेर तथा पहाडतिर धामीझाँक्रीले पनि काँध र कमरमा भिरेर बजाउने चाँपभन्दा ठुलो आकारको ताल - बाजा ।
9327 घँगारु ना. ससाना पात र पहेँलो केशर हुने, सेता र साना फूल फुल्ने, गोला वा बाटुला फल फल्ने अनि ठुलठुला काँडा हुने एक बोट वा त्यसैको फल, घडारु ।
9328 घँसिनी ना. घाँस काट्ने स्त्री, घाँस काटेर जीवन निर्वाह गर्ने स्त्री ।
9329 घँसिलो वि. घाँस हुने, प्रशस्त घाँस पाइने ।
9330 घँसुवा वि. काटेको घाँस खुवाएर प्रायः बाँधेर पालिएको, हरियोपरियो घाँस खाने ( गाईबस्तु) ।
9331 घँसेटाघँसेटी ना. खसीबाखा, गाईबस्तु आदि डालेघाँसका पातजति खाइसकेर बाँकी रहेका डाँख्लाडुख्लीको समूह ।
9332 घँसेटो ना. बाखापाठा वा गाईबस्तुले पात खाइसकेर बाँकी रहेको डालेघाँसको डाँख्लो ।
9333 घँसेनी ना. घाँस धेरै भएको ठाउँ, घाँसैघाँस भएको जग्गा ।
9334 घँस्याइ ना. घँस्याउने काम, घाँस खुवाउने काम वा प्रक्रिया |
9335 घँस्याइनु क.क्रि. घँस्याउने काम गरिनु ।
9336 घँस्याउनु स.क्रि. घाँस खुवाउने काम गर्नु, घाँस खुवाउनु ।
9337 घँस्योटो ना. १. घाँसको डाँख्लो, घाँसपातको झिक्राझिक्री।
9338 घँस्योटो ना. घाँस खुवाएर पालिने पशु ।
9339 घकार ना. घ' अक्षर, कवर्गको चौथो वर्ण ।
9340 घकालो ना. बारबाट भित्र नछिरोस् भन्नाका निम्ति काठको त्रिकोणाकार जस्तो बनाई सुँगुरका घाँटीमा लगाइने वस्तु एक प्रकारको पेरुङ्गो।
9341 घग्गेरानी ना. वरिपरि केटाकेटीको घेरा लाग्ने र बिचमा बसेका नाइकेले आफ्ना गोडा हुँदै 'यति यति पानी' भन्दा घेरा लागेर बस्नेहरूले क्रमैसँग तलदेखि माथिसम्मका विभिन्न अङ्ग देखाउँदै 'घग्गेरानी' भनेर खेल्ने एक खेल ।
9342 घग्गेरानी ना. (यस खेलमा नाइकेले टाउकामा हात पुर्याएपछि अरू सबै भाग्छन् । नाइके तिनीहरूलाई लखेट्छ) ।
9343 घङघङ ना. १. भोटे कुकुर वा जङ्गी कुकुरका भुकाइको शब्द ।
9344 घङघङ ना. २. घाँटीमा कफ भरिएका अवस्थामा प्रायः बुढो मान्छेले खोक्ताको आवाज ।
9345 घङघङ ना. ३. खोलो गडगडाएर कराउँदाको शब्द |
9346 घडारु ना. हे. घँगारु ।
9347 घच ना. १. पोखिन, ढोलिन, लोटिन आदि सम्भव हुने अप्ठेरो ठाउँ, धराप ।
9348 घच ना. २. थिचाइ, ठेलाइ आदि जनाउने शब्द, घच्चा ।
9349 घच ना. ३. कुनै कुराको विचार, जोखना ।
9350 घचक्क क्रि.वि. कुनै वस्तु एकाएक रोकिने वा अडिने किसिम, घचक शब्द र वेग आउने गरी ।