Dictionary

All Word

9251 गहिरो वि. २. भित्रसम्म पुगेको (गहिरो घाउ, गहिरो चोट, गहिरो भनाइ इ.)।
9252 गहिरो वि. ३. सजिलैसँग बुझ्न नसकिने; भित्री अर्थ भएको।
9253 गहिरो वि. ४. आँत - भेउ पाउन गाह्रो वा पार लाउन नसकिने।
9254 गहिऱ्याइ ना. गहिऱ्याउने भाव, क्रिया वा प्रक्रिया।
9255 गहिऱ्याइनु क.क्रि. गहिरो पारिनु, गहिऱ्याउन लाइनु।
9256 गहिऱ्याउनु प्रे.क्रि. गहिरो पार्नु, गहिरिने तुल्याउनु।
9257 गहुँ ना. एकापट्टिको भाग केही गहिरो परेको र बिचमा छेउ-पुछार चिरा परेको हुने, सुनौला रङका गेडा भएको, सप्तधान्यमध्येको एक प्रसिद्ध अन्न।
9258 गहुँगोरो वि. गहुँको जस्तो वर्ण भएको, हल्का वा केही खैरो भाव देखिने रङ वा वर्णको (मानिस, अनुहार ) ।
9259 गहुँत ना. सूतक, आशौच आदिका शुद्धिकार्यमा प्रयोग गरिने र पवित्र मानिने गाईको मूत, पञ्चगव्य (गाईको दुध, दही, घिउ, गउँत र गोबर) - मध्ये एक ।
9260 गहुँगो वि. हे. गहुगो / गहु ड्डो ।
9261 गहुकाइ ना. गहुकाउने भाव, क्रिया वा प्रक्रिया |
9262 गहुकाइनु अ.क्रि. गहुरको होइनु।
9263 गहुकाउनु अ.क्रि. काम गर्न अप्ठ्यारो मान्नु अल्सी गर्नु, अल्साउनु।
9264 गहुको वि. भारी, गहौं, गरुको ।
9265 गहुको वि. विप. हलुको ।
9266 गहुगो / गड्डो वि. बेसी वजन भएको, धेरै तौल भएको, उचाल्न गाह्रो पर्ने ।
9267 गहुगो / गड्डो वि. विप. हलुङ्गो ।
9268 गह्रौँ वि. १. गहुगो ।
9269 गह्रौँ वि. विप. हलौं।
9270 गह्वर ना. १. बाहिरबाट केही थाहा नपाइने वा लुक्न - बस्न हुने गहिरो र अँध्यारो ठाउँ (ओढार, गुफा, सुरुङ, दुलो इ.) ।
9271 गह्वर ना. २. झाडीले घेरिएको एकान्त स्थान, वन, लतागृह, कुञ्ज ।
9272 गह्वर ना. वि. ३ जान गाह्रो पर्ने, दुर्गम, विषम ।
9273 गहवरी ना. गुफा; कन्दरा ।
9274 गाँज्नु स.क्रि. १. छोप्नु, आफ्नो कब्जामा पार्नु ।
9275 गाँज्नु स.क्रि. २. झम्टेर टिप्नु, च्याप्प पारेर अँठ्‌याउनु ।
9276 गाँज्नु स.क्रि. ३. प्रभावमा पार्नु ।
9277 गाँज ना. १. धान, कोदो, घाँस आदिको फेददेखि पलाएको एउटै बुटो, झाङिन सकेजति समूह ।
9278 गाँज ना. २. अँगालाभरि वा मुठीभरि अटाएजति वस्तु ।
9279 गाँज ना. ३. कागती र ज्यामिरको रस पकाएर चुक बनाउँदा उमालले किनारामा लगाउने फिंज ।
9280 गाँजा ना. एउटै भेट्नुमा चार-पाँचवटा लामा-लामा पात लाग्ने, खैरो रङको झुरुप्प फूल फुल्ने, सिलामका जस्तै दाना फल्ने र मात लाग्ने एक भार त्यसैको फल-पात सबै पिंधेर सर्बतमा हाली नशाका रूपमा प्रयोग गरिने, चरेस बनाउन छिप्प्याएर चोप भेला गरिने र सुर्ती वा कक्कडमा मिसाएर चिलिम, सुल्फा आदिबाट धुवाँ खाइने वस्तु, शिवबुटी, भाङ ।
9281 गाँजिनु अ.क्रि. १. कुनै बोटबिरुवा हाँगाबिंगाले युक्त हुनु, झाडिनु, झाम्टिनु, मौलाउनु, फैलिनु ।
9282 गाँजिनु अ.क्रि. २. धनसम्पत्ति, कुलकुटुम्ब आदिले परिपूर्ण हुँदै जानु, सम्पन्न हुनु ।
9283 गाँजिनु क.क्रि. कुनै सङ्कटपूर्ण स्थिति वा समस्याले छोपिनु, ऐँचमा परिनु ।
9284 गाँठ ना. १. धागो, सनपाट, कपडा आदि बाँधेको पूरा भारी, गठरी ।
9285 गाँठ ना. २. मूल धन सञ्चित पुँजी ।
9286 गाँठ ना. वि. ३. गठरिएको पुड्को, गान्टे।
9287 गाँठकोपी/ गोभी ना. माटामाथि सलगमको जस्तै गाँठो लाग्ने र तर्कारी खाइने काउलीका जातको डल्लो वस्तु वा त्यसैका मुन्टा ।
9288 गाँठ न गुठी ना. दयनीय अवस्था वा केही नभएको स्थिति ।
9289 गाँठ न गुठी ना. (गाँठी न गुठी जरजरी उठी । - उखान)।
9290 गाँठा ना. १. शरीरमा भित्रभित्रै विकार पैदा भई भयङ्कर रूप लिंदै जाने असाध्य मानिएको खटिरो वा रोग, सइन-खटिरो, क्यान्सर ।
9291 गाँठा ना. २. रहस्यका कुरा ।
9292 गाँठागुँठी ना. सलक्क मिल्न नसकेर गठ्याङगुठुङ परेका वस्तु, सानाठुला धेरै गाँठा ।
9293 गाँठिनु अ.क्रि. १. डोरी वा धागो आदि वस्तु गाँठो पर्नु ।
9294 गाँठिनु अ.क्रि. २. वस्तु वा व्यक्तिहरू एकै ठाउँमा जोल्टिनु ।
9295 गाँठी ना. १. कुनै काम वा समस्यालाई सुल्झाउन सहायक हुने उपाय जुक्ति; तरिका ।
9296 गाँठी ना. २. भित्री अभिप्राय, अभ्यन्तरको कुरो, कुराको मुख्य सार ।
9297 गाँठी ना. ३. मूलधन पुँजी ।
9298 गाँठी ना. ४. अग्लोहोचो, सानोठुलो आदि शरीरको कद, जिउडाल ।
9299 गाँठी कुरो ना. भन्न खोजेको मुख्य कुरो भित्री सारभूत कुरो, मूल मर्म वा अभिप्राय |
9300 गाँठे वि.बो. कुनै प्रसङ्गमा उदेक, रउस आदिको भाव जनाउने शब्द।