Dictionary

All Word

9351 घचक्क क्रि.वि. (उदा.- मोटर घचक्क रोकियो ) ।
9352 घचघच क्रि.वि. भ्यालढोका आदि हल्लाउँदा शब्द निस्कने चालमा ।
9353 घचघचिनु अ.क्रि. घचघच हुनु ।
9354 घचघच्याइ ना. घचघच्याउने क्रिया वा प्रक्रिया |
9355 घचघच्याइनु क.क्रि. बारबार घचेटिनु ।
9356 घचघच्याउनु स.क्रि. १. बारबार हल्लाउनु, फेरिफेरि घचेट्नु वा ठेल्नु ।
9357 घचघच्याउनु स.क्रि. २. बिउँझाउनलाई बारबार शरीरमा धक्का दिनु वा हल्लाउनु।
9358 घचघच्याउनु स.क्रि. ३. खोल्नका लागि झ्यालढोका आदि हल्लाउनु ।
9359 घचघच्याहट ना. घचघच्याउने किसिम, क्रिया वा स्थिति ।
9360 घचमच ना. भिड भई हुने ठेलमठेल घन्चमन्च, घुइँचो।
9361 घचारो ना. अटाई - नअटाई हुने खाँदाखाँद, घुइँचो, घचघच ठेलमठेल ।
9362 घचिलो वि. घच पर्ने चालको, घचलाग्दो ।
9363 घचिलो वि. घच्चा लाग्ने, टाँसिएर ठेल्ने; साँघुरो ।
9364 घचेट्नु स.क्रि. १. कुनै वस्तु वा व्यक्तिलाई समातेर ठेल्नु; घचघच्याउनु; धकेल्नु; घच्याट्नु ।
9365 घचेट्नु स.क्रि. २. बलपूर्वक ठेलेर कतैतिर सार्नु; हटाउनु।
9366 घचेटाइ ना. घचेट्ने क्रिया वा प्रक्रिया |
9367 घचेटाइनु क.क्रि. घचेट्न लाइनु ।
9368 घचेटाउनु प्रे. क्रि. घचेट्न लाउनु, ठेलाउनु ।
9369 घचेटाघचेट ना. परस्परमा घचेट्ने काम परस्परको घचेटाइ |
9370 घचेटाहट ना. घचेट्ने काम ।
9371 घचेटाहा वि. घचेट्ने काम गर्ने, पेलाहा ।
9372 घचेटिनु क.क्रि. घचेट्ने काम गरिनु, ठेलिनु।
9373 घचेटो ना. घचेटाइ, ठेलाइ, धक्का।
9374 घच्का ना. अरूलाई पिर पर्ने गरी वा छेडछाड गरेर भनिने कुरा, घोचपेच, घच्चा ।
9375 घच्का पच्का ना. बाधा हुने गरी घोचेर वा बिझाएर भन्ने काम घोचपेच, छेडछाड ।
9376 घच्को ना. कुनै कुरामा आइपर्ने बिघ्नबाधा; अड्को।
9377 घच्चा ना. [प्रा. घस्स< सं. घर्ष] १. मर्का पर्ने गरी टाँसिएर ठेल्ने काम मिड, घचारो।
9378 घच्चा ना. २. धक्का, बाधा ।
9379 घच्चाघच्ची ना. १. परस्परको ठेलाठेल ।
9380 घच्चाघच्ची ना. २. जुधाजुध, कुस्ताकुस्ती ।
9381 घच्च्याइ ना. घच्च्याउने क्रिया वा प्रक्रिया |
9382 घच्च्याइनु क.क्रि. घच्चा दिइनु, धकेलिनु ।
9383 घच्च्याउनु स.क्रि. एकले अर्कालाई घच्चा दिनु, धकेल्नु, धक्का दिनु ।
9384 घच्च्याहट ना. घच्च्याउने काम वा प्रक्रिया |
9385 घच्याकघच्याक क्रि.वि. झ्याल ढोका आदि लगातार हल्लाउँदा आवाज आउने गरी ।
9386 घच्याकघुचुक ना. परस्परको रन्कारन्की, आपसको लडन्त, हातमिसामिस ।
9387 घच्याक्क क्रि.वि. झ्यालढोका आदि हल्लाउँदा वा खोल्दा एकैपल्ट आवाज आउने गरी ।
9388 घच्याट्नु स.क्रि. हे. घचेट्नु ।
9389 घट्नु अ.क्रि. १. कुनै वस्तु धेरैबाट थोरै हुनु, घटी हुनु, कम हुनु, छोटिनु ।
9390 घट्नु अ.क्रि. २. मासिनु, खर्च हुनु ।
9391 घट्नु अ.क्रि. ३. दुब्लो हुनु ।
9392 घट्नु अ.क्रि. १. घटना हुनु, कुनै विषय घटित हुनु, संयोगले केही काम हुनु ।
9393 घट्नु अ.क्रि. २. दाँज्न मिल्नु ।
9394 घट्नु अ.क्रि. ३. दृष्टान्त वा उदाहरण दिनु ।
9395 घट ना. १. गाग्रो घडा ।
9396 घट ना. २. हात्तीको गण्डस्थल ।
9397 घट ना. ३. हृदय ।
9398 घट ना. ४. कुम्भराशि।
9399 घटक वि. १. बिचमा रहने मध्यस्थ ।
9400 घटक वि. ना. २ बिहा आदिको काम मिलाउने लमी ।