Dictionary

All Word

9401 घटक वि. ३. चलाकीसाथ आफ्नो काम सिद्ध गर्ने व्यक्ति, धूर्त व्यक्ति ।
9402 घटक वि. ४. कुनै घटना घटाउने कारणतत्त्व, संरचना वा निर्माणतत्त्वको खास अवयव ।
9403 घटकर्पर ना. विक्रमादित्यका सभाका नवरत्नमध्ये एक तथा प्रसिद्ध महाकविको नाम ।
9404 घटकार ना. माटाका भाँडा बनाउने, कुमाले ।
9405 घटघट क्रि.वि. ठाडो घाँटी लाएर पानी, मही आदि झोलयुक्त पदार्थ धमाधम खाने गरी वा सो खाँदा आवाज आउने चालले ।
9406 घटघटी क्रि.वि. अझ छिटो वा निरन्तर हुने घटघट ।
9407 घटन ना. १. प्रयास प्रयत्न ।
9408 घटन ना. २ संयोग, मेल।
9409 घटन ना. 3. निर्माण, रचना ।
9410 घटन ना. ४. घटना ।
9411 घटना ना. १. अकस्मात् भएको कुनै पनि कुरो वा कारबाई, काण्ड पर्व ।
9412 घटना ना. २. मारपिट वारदा।
9413 घटनाक्रम ना. घटनाको सिलसिला ।
9414 घटनाचक्र ना. १. घटनाहरूको तारतम्य; घटनापरम्परा ।
9415 घटनाचक्र ना. २. घटनाहरूको समूह ।
9416 घटनाप्रधान वि. वस्तुपक्षप्रधान, चरित्र, मनोदशा आदिभन्दा बढी घटना र कथावस्तुलाई प्रधानता दिइएको (कृति) |
9417 घटनावली ना. घटनाहरूको समूह वा शृङ्खला, घटनाचक्र, घटनाजाल ।
9418 घटनावृत्त ना. कुनै पनि प्रकारका घटना घटेका कुराको सिलसिलेवार वृत्तान्त वा विवरण |
9419 घटनावृत्त अभिलेख ना. घटनासम्बन्धी विवरण लेखिएको लेखोट ।
9420 घटनास्थल ना. घटना घटेको वा वारदात भएको ठाउँ ।
9421 घटबढ ना. घट्ने र बढ्ने काम घटीबढी कमबेसी ।
9422 घटमान ना. फुटकर कविता रचना गर्न सफल तर प्रबन्ध काव्यको रचनामा सफल हुन नसकेको मुक्तक कवि |
9423 घटवादन ना. तबला बजाए झैं गरी माटाको गाग्रो बजाउने काम।
9424 घटवारे ना. १. घाटमा बस्ने व्यक्ति; घाटे ।
9425 घटवारे ना. २. खोला, नदीमा डुङ्गा तार्ने व्यक्ति, माझी, मलाहा ।
9426 घटवारे ना. ३. घाटको ठेक्का उठाउने वा जम्मा गर्ने व्यक्ति ।
9427 घटवारे ना. ४. वनजाँचको चौकीमा बस्ने कर्मचारी |
9428 घटस्थापना ना. नौ दिनसम्म दुर्गाको पूजा गर्नका लागि आश्विन शुक्ल प्रतिपदाका दिन घट (कलश) स्थापना गर्ने काम ।
9429 घटस्थापना ना. २. कुनै पनि धार्मिक क्रिया वा देवदेवीका पूजाको आयोजनामा विधिपूर्वक गरिने, पानी भरिएको घडाको स्थापना ।
9430 घटा ना. १. प्रयत्न, उद्योग ।
9431 घटा ना. २. समूह ।
9432 घटा ना. ३. मेघको समूह, मेघमाला ।
9433 घटाइ ना. १. घट्ने वा घटी हुने क्रिया- प्रक्रिया।
9434 घटाइ ना. २. घटना घट्ने वा मिल्ने क्रिया-प्रक्रिया |
9435 घटाइनु क.क्रि. १. घट्ने पारिनु, कम गरिनु ।
9436 घटाइनु क.क्रि. २. घटना घट्ने पारिनु, दाँज्ने वा मिल्ने गराइनु ।
9437 घटाउ ना. १. घटी हुने चाल ।
9438 घटाउ ना. २. घटाउने काम वा क्रिया ।
9439 घटाउ ना. ३. गणितमा बढी सङ्ख्याबाट अर्को सङ्ख्या झिक्ने वा कम गर्ने प्रक्रिया |
9440 घटाउनु प्रे. क्रि. १. घट्ने पार्नु कम गराउनु ।
9441 घटाउनु प्रे. क्रि. २. मासिने वा खर्च पार्नु ।
9442 घटाउनु प्रे. क्रि. ३. छोटो हुने पार्नु, छोट्ट्याउनु ।
9443 घटाउनु प्रे. क्रि. ४. दुब्लो तुल्याउनु ।
9444 घटाउनु प्रे. क्रि. ५. ठुलो अङ्क वा राशि कटाउनु ।
9445 घटाउनु प्रे. क्रि. ६ घटना घट्ने पार्नु ।
9446 घटाउनु प्रे. क्रि. स.क्रि. ७. दाँजिने, मिल्ने वा दृष्टान्त, उदाहरण आदि दिने काम गर्नु ।
9447 घटाकाश ना. घडाभित्र रहेको आकाश, घडाभित्रको खाली ठाउँ ।
9448 घटाघट ना. १. मालसामान लिलाम गर्दा वा लिंदा-दिँदा एकले अरूको दाँजोमा कम गर्ने वा घटाउने काम ।
9449 घटाघट ना. २. सिकिस्त बिरामी भएको स्थिति; आखिरी अवस्था; घिटीघिटी।
9450 घटाघटी ना. घटाघट |