Dictionary

All Word

9451 घटाटोप ना. १. बादलको मेहेरो मेघमाला ।
9452 घटाटोप ना. २. तामदान वा म्यानाको ढाक्ने पर्दा झापन |
9453 घटिक ना. १. पानीको घडा लिने व्यक्ति ।
9454 घटिक ना. २. धर्मशाला, पाटी -पौवा आदिमा पानी खुवाउने व्यक्ति ।
9455 घटिका ना. १. चौबिस मिनेटको समय, घडी ।
9456 घटिका ना. २. पिंधमा भएका साना प्वालबाट पानी छिरेर चौबिस मिनेटमा डुब्ने जलपात्र।
9457 घटिका ना. ३. सानो घडा, भुँइको ।
9458 घटित वि. १. घटना घटेको वा भएको ।
9459 घटित वि. २. बनाइएको; रचित ।
9460 घटित वि. ३. लक्ष्यमा लक्षण मिलाइएको ।
9461 घटित वि. ४. अर्थ ठिक भएको ।
9462 घटिनु अ.क्रि. १. घटी होइनु, कम होइनु ।
9463 घटिनु अ.क्रि. २. दाँजिने वा दृष्टान्त दिइने होइनु ।
9464 घटिया वि. १. कमसल खालको, कम्ती मूल्यको ।
9465 घटिया वि. २. खराब, नजाती।
9466 घटी ना. १. चालीस पलाको समय चौबिस मिनेटको अवधि, घडी।
9467 घटी ना. २. घण्टा, मिनेट आदि सूचित गर्ने यन्त्र, घडी ।
9468 घटी ना. ३. सान घडा ।
9469 घटी वि. कम, थोरै, न्यून, अल्प।
9470 घटीबढी ना. सानोठुलो घटबढ कमबेसी ।
9471 घटुवा वि. घट्ने खालको, कम हुने किसिमको, नबढ्ने ।
9472 घटुवारे ना. हे. घटवारे ।
9473 घटेरो ना. घट्ट राख्ने वा घट्ट चलाएर बस्ने व्यक्ति; घट्टमा काम गर्ने व्यक्ति ।
9474 घटेरो ना. स्त्री. घटेन ।
9475 घटेसी ना. १. घाँटीमा लाइने पोतेको छोटो र सानो माला, मुगाको माला।
9476 घटेसी ना. २. घाँटीमा कसिएको डोरी, पासो ।
9477 घटेसी ना. ३. ठुलो सङ्कट |
9478 घट्काइ ना. घट्काउने क्रिया वा प्रक्रिया ।
9479 घट्काइनु क.क्रि. घटघट पारिनु, घुट्क्याइनु ।
9480 घट्काउनु स.क्रि. पानी, दुध आदि तरल पदार्थ निल्नु, घटघट पार्नु, घुट्क्याउनु ।
9481 घट्काहट ना. घट्काउने काम वा चाल |
9482 घट्ट ना. पिठो पिँध्ने यन्त्र, कुलामा ल्याइएको पानीको धारले काठको पङ्खा घुमाई पिठो पिँध्ने ठुलो खालको जाँतोजस्तो साधन ।
9483 घट्ट ना. नदीको तीर, घाट ।
9484 घट्टकर ना. नदी पार गर्दा लाग्ने दस्तुर घाट तरेको कर ।
9485 घट्टकुटी ना. घाटमा वारपार गर्दा लाग्ने दस्तुर उठाउने चौकी वा अड्डा |
9486 घट्ट घुमाइ ना. घट्टको जस्तो घुमाइ दुःख र झमेलामा रिड्नुपर्ने स्थिति।
9487 घट्टजीवी ना. घाटको दस्तुर उठाएर वा घाटमा काम गरेर पेटपालो गर्ने व्यक्ति।
9488 घट्टे वि. घट्टको काम गर्ने, घट्ट थाप्ने, घट्ट भएको घट्टसम्बन्धी ।
9489 घट्टेकुलो ना. घट्ट चलाउनका लागि पानी लैजाने कुलो, एउटा घट्ट चल्न सक्ने जति पानी बग्ने कुलो ।
9490 घट्टेढुङ्गो ना. छिरबिरे, खस्रो र जमोटजस्तो भएको घट्ट बनाउन हुने खालको ढुड्गो ।
9491 घट्ती ना. कमी, घटी, न्यूनता ।
9492 घडघड क्रि.वि. खस्रो वा ढुङ्ग्यान जमिनमा ठोस पदार्थ घिच्चिदा शब्द आउने चालले ।
9493 घडघडाइ ना. घडघडाउने किसिम, क्रिया वा प्रक्रिया |
9494 घडघडाइनु अ.क्रि. घडघड आवाज निकालिनु ।
9495 घडघडाउनु अ.क्रि. खसो वा ढुङ्ग्यान जमिनमा कुनै ठुलो वस्तु घिसार्दा घडघड शब्द निस्कनु ।
9496 घडघडाहट ना. घडघड आवाज आउने चाल वा क्रिया-प्रक्रिया |
9497 घडघडे वि. आफ्नो काम फत्ते पार्नका लागि जिद्दी गरिरहने, रोयाइँ गर्ने हठी |
9498 घडघडो वि. आफ्नो काम फत्ते गराउन लिंडे ढिपी लिइरहने, घडघडे ।
9499 घडा ना. १. पानी हाल्ने ठुलो भाँडो, गाग्रो ।
9500 घडा ना. २. पूजा, उत्सव, साइत आदिमा सिंगारेर तथा पानी भरेर राखिने जलपात्र, कलश |