Dictionary

All Word

9501 घडियाल ना. एक जातको ग्राह ।
9502 घडी ना. १. चौबिस मिनेटको समय, रातदिनको साठी भागको एक भाग ।
9503 घडी ना. २. समय बताउने यन्त्र मिनेट, घण्टा आदि जनाउने यन्त्र ।
9504 घडी ना. ३ अवसर मौका समय ।
9505 घडीघडी क्रि.वि. घरीघरी, बारबार, फेरिफेरि, छिनछिनमा ।
9506 घडी चरो ना. रातको प्रहर- प्रहरमा बासेर समयको सूचना गर्ने चरो, कुखुरो ।
9507 घडी फूल ना. घडीको डायलजस्तो गोलो एवम् बाटुलो देखिने, लहरामा फुल्ने रङ्गीबिरङ्गी खण्डखण्ड परेको वृत्ताकार फूल ।
9508 घडीबाज ना. घडी बाँधेर हिँड्ने व्यक्ति (प्रायः फुर्ती लगाउने अर्थमा); घडी लाएको वा मिरेको व्यक्ति ।
9509 घडीसाज ना. बिग्रेको घडी बनाउने, सफा गर्ने वा मर्मत गर्ने व्यक्ति; घडीको काम गर्ने कालिगड |
9510 घडीसाजी ना. घडीसाजको काम, घडी बनाउने वा मरम्मत गर्ने पेसा ।
9511 घडेरी ना. १. घर बनाएको जग्गा, घरले चर्चेको जमिन ।
9512 घडेरी ना. २. घर बनाउन लिएको जग्गा; घर बनाउने ठाउँ ।
9513 घण्ट ना. हे. घन्ट |
9514 घण्टा ना. १. अढाई घडीको समय, साठी मिनेटको समय, दिनरातको चौबिस भागको एक भाग ।
9515 घण्टा ना. २. हातले हल्लाउँदा लड्गुर ठक्कर खाएर बज्ने एक बाजा; घण्ट ।
9516 घण्टाकर्ण ना. १. श्रावण कृष्ण चतुर्दशीका साँझमा पूजा गरिने एक रात्रिचर वा कल्पित राक्षस, गठेमङ्गल ।
9517 घण्टाकर्ण ना. २. कानमा घण्ट बाँधेर हिड्ने व्यक्ति ।
9518 घडी चतुर्दशी ना. श्रावण कृष्ण चतुर्दशी ।
9519 घण्टाघर ना. सर्वसाधारणलाई समयको ज्ञान दिलाउन केही प्रमुख स्थानमा बनाइएको चारैतिर घडी जडिएको अग्लो भवन, घण्टाको आवाज टाढासम्म पुग्ने गरी बनाइएको घडी भएको अग्लो घर ।
9520 घटक ना. मसिनो र लामो थुतुनो हुने गोहीका जातको एक जलजन्तु ।
9521 घण्टिका ना. १. सानो आकारको घण्ट ।
9522 घण्टिका ना. २. चाँप ।
9523 घण्टी ना. १. सानो घण्ट ।
9524 घण्टी ना. २. साइकल आदिका अगाडि रहने, टिन्न बजाइने एक यन्त्र ।
9525 घण्टी ना. ३. कार्यालय आदिमा टेबुलमा रहने र थिचेर बजाई पियन आदिलाई बोलावटको सङ्केत दिने यन्त्र ।
9526 घण्टी ना. ४. कुनैकुनै घरमा जडिएको ढोकामा स्विच थिचेर आगमनको सूचना दिने यन्त्र |
9527 घण्टे वि. हे. घन्टे ।
9528 घत ना. १. राम्रो वा नराम्रो हुने पूर्वलक्षण, छुक २. जोखना, आखत ।
9529 घत ना. ३. विचार ।
9530 घत ना. ४. मनमा पर्ने असर, प्रभाव ।
9531 घतघत क्रि.वि. गाग्राबाट एकैचोटि पानी खन्याउँदा शब्द निस्कने चालमा ।
9532 घतघतिनु अ.क्रि. घतघत हुनु ।
9533 घतघतिनु अ.क्रि. घतघती- क्रि.वि. अझ शीघ्र घतघत हुनेगरी ।
9534 घतघत्याइ ना. घतघत्याउने काम वा प्रक्रिया |
9535 घतघत्याइनु क.क्रि. घतघत पारिनु वा गराइनु ।
9536 घतघत्याउनु स.क्रि. / प्रे. क्रि. गाग्राबाट पानी एकैचोटि खन्याउनु घघत पार्नु ।
9537 घतविघत ना. राम्रो वा नराम्रोको छुक विचार |
9538 घत लाग्नु टु. चित्त बुझ्नु, चाख लाग्नु, मन पर्नु ।
9539 घत लाग्नु टु. (उदा.- लोककथा बालकहरूका लागि साह्रै घतलाग्दो हुन्छ)।
9540 घती वि. राम्रो, नराम्रोको छुक हेर्ने, जोखना गर्ने, घत निकाल्ने ।
9541 घतेलो ना. झुप्पा-झुप्पा परेको काँढा हुने एक प्रकारको रुख वा बोट ।
9542 घत्त क्रि.वि. पानी आदि र बाक्लो तरल वस्तु एक्कासि खन्याउँदा वा पोख्ता एकैपल्ट हुत्त निस्कने गरी ।
9543 घत्रक्क क्रि.वि. कुनै ठोस वस्तु भर्दा वा खस्ता शब्द निस्कने गरी ।
9544 घत्र्याकघुत्रुक क्रि.वि. १. कुनै जन्तु ओर्लिएको, लडेको, हिँडेको वा कुदेको आवाज आउने चालले ।
9545 घत्र्याकघुत्रुक क्रि.वि. ना. २. त्यस किसिमको शब्द |
9546 घद्रक्क क्रि.वि. हे. घत्रक्क ।
9547 घद्ग्राकघुद्रुक क्रि.वि. १. लडन्तभिडन्त पर्दा शब्द निस्कने चालले, घत्र्याकघुत्रुक |
9548 घद्ग्राकघुद्रुक क्रि.वि. ना. २. त्यस प्रकारको शब्द |
9549 घन ना. १. बादल, मेघ ।
9550 घन ना. २. मुखमा डल्लो परेको फलामको कडा मुङ्ग्रो ।