Dictionary

All Word

9551 घन ना. ३. खँदिलोपन, बाक्लोपन, कडापन ।
9552 घन ना. ४. उही उही अङ्कको तीन पटक गुणन गर्ने क्रिया वा त्यसरी गुणन गर्दा भएको सङ्ख्या, कुनै खँदिलो वस्तुको लमाइ, चौडाइ र उचाइको गुणा गर्दा हुने सङ्ख्या ।
9553 घन ना. ५. वेदमन्त्रको पाठ गर्ने एक विधि ।
9554 घन ना. ६. ठुलो मुजुरा, घण्टा ।
9555 घनक्क क्रि.वि. एकैचोटि घन्कने गरी रन्को फर्कने गरी बाजा आदि एकै साथ बज्ने चालमा ।
9556 घनक्षेत्र ना. कुनै खँदिलो पदार्थको लमाइ, चौडाइ र मोटाइ वा गहिराइको विस्तार वा फैलावट ।
9557 घनघटा ना. बादलको ताँती; तहतह परेको बादल, मेघमाला |
9558 घनघन ना. १. एक प्रकारको ठुलो डम्फु ।
9559 घनघन ना. क्रि.वि. २. बाजा आदि बज्दा घन्केर आवाज आउने गरी ।
9560 घनघोर वि. १. उत्पातको ज्यादै घना, धेरै बाक्लो ।
9561 घनघोर वि. २. भयङ्कर, भीषण, डरलाग्दो, धूमधामको ।
9562 घनघोर वि. ना. ३. बादलको गर्जाहट, मेघको गर्जना ।
9563 घनघोर वि. ४. डरलाग्दो आवाज ।
9564 घनचक्कर ना. १. ठुलो भ्रम भयङ्कर भुल |
9565 घनचक्कर ना. २. झमेला, झन्झट, टन्टा ।
9566 घनचक्कर ना. ३ छुकछुके मानिस, अस्थिर वा चञ्चल बुद्धिको व्यक्ति ।
9567 घनचक्कर ना. वि. ४. मूर्ख, बेकुफ ।
9568 घनज्वाला ना. कालो बादलका बिच चम्कने बिजुली, चट्याङ पर्दा निस्कने प्रकाश |
9569 घनटाउके वि. घनजत्रो अर्थात् ठुलो टाउको हुने, टाउके; घन्टाउके ।
9570 घनता ना. घना हुनाको स्थिति बाक्लोपन, खँदिलोपन, घनत्व ।
9571 घनत्व ना. १. घनता ।
9572 घनत्व ना. २. कुनै नापको एकाइमित्रको सङ्ख्या; कुनै वस्तुको लम्बाइ, चौडाइ, मोटाइ वा गहिराइको परिमाण वा औसत नापो ।
9573 घनत्ववाद ना. १. साहित्यमा, लम्बाइ, चौडाइमात्र नभएर गहिराइमा विश्वास गर्ने र कलात्मक एकतामा सम्पूर्णता हुनुपर्छ भन्ने, अनि मूर्ततामाभन्दा अमूर्ततामा विश्वास गर्ने एक सिद्धान्त ।
9574 घनत्ववाद ना. २. विश्वसाहित्यमा देखा परेको र नेपालीमा तेस्रो आयामको साहित्यिक दर्शन बनेको त्यसै व्यापकतालाई अँगाल्न खोज्ने वाद वा सिद्धान्त ।
9575 घनत्ववादी वि. घनत्ववादमा कलाको निर्माण गर्ने, घनत्ववादको अनुयायी ।
9576 घनन क्रि.वि. लगातार घन्कने ढङ्गले ठुलो आवाज घन्केर आउने चालमा ।
9577 घननाद ना. मेघको गर्जना, मेघनाद, चट्याङचुटुङ ।
9578 घनफल ना. १. लम्बाइ, चौडाइ र मोटाइ वा गहिराइको गुणनफल।
9579 घनफल ना. २. कुनै अङ्कलाई त्यही अङ्कले पालैसित दुई पटक गुणन गर्दा निस्कने गुणनफल ।
9580 घनफुट ना. १X१ X १ अर्थात् उचाइ, चौडाइ र मोटाइ वा गहिराइ एकएक फुट भएको वस्तु वा त्यस्तो नाप क्यूबिक फुट |
9581 घनमण्डल ना. पृथ्वीको बनोटमा सबभन्दा भित्रपट्टिको खण्ड |
9582 घनमिटर ना. उचाइ, चौडाइ र गहिराइ वा मोटाइ सबै एकएक मिटर भएको वस्तु वा नापो ।
9583 घनमूल ना. कुनै घनराशिको मूल अङ्क।
9584 घनमूल ना. (उदा.- २७ को घनमूल ३ हो) ।
9585 घनरस ना. १. आकाशबाट परेको पानी, जल ।
9586 घनरस ना. २. अरक रक्सी |
9587 घनरस ना. ३. कपूर ।
9588 घनरस ना. ४. हात्तीलाई लाग्ने एक प्रकारको रक्तरोग ।
9589 घनवर्धन ना. धातु आदिलाई पिटेर फराकिलो वा ठुलो पार्ने काम।
9590 घनवर्धनीयता ना. पिट्ताखेरि ठुलो हुने वा बढ्ने धातु आदिको गुण ।
9591 घनश्याम ना. १. कालो बादल ।
9592 घनश्याम ना. २. राम ।
9593 घनश्याम ना. ३. कृष्ण ।
9594 घनश्याम ना. वि. ४. पानी बोक्ने बादलजस्तो कालो ।
9595 घनश्रेणी ना. बादलको ताँती, मेघमाला ।
9596 घन सेन्टिमिटर ना. १ X १ X १ सेन्टिमिटरको वस्तु वा नाप ।
9597 घना वि. १. झ्याम्म परेको, वरपरबाट नजिकिंदै जोडिएको बाक्लो ।
9598 घना वि. २. खाँदिएको सघन ।
9599 घना वि. ३. धेरै प्रशस्त, छेलोखेलो।
9600 घनाकार ना. लमाइ, चौडाइ तथा मोटाइ ( उचाइ वा गहिराइ ) बराबर भएको आकृति ।