Dictionary

All Word

1051 कमान, ना. बाँस वा धातुबाट निर्मित, नुगाउनका निम्ति दुई टुप्पामा ताँदो जडिने धनुषको अर्धवृत्ताकार भाग, धनु।
1052 कमानी ना. १. भारोत्तोलनका लागि जडिने, दह्रो तारबाट निर्मित लचिलो यान्त्रिक उपकरण; स्प्रिङ।
1053 कमानी ना. २. घडीमा दम दिँदा पटुका कसिए झैँ कसिने र दम निखँदा खुकुलिएर फुक्ने एक यान्त्रिक प्रणाली।
1054 कमानी ना. ३. स्मरणशक्ति तथा विवेकसँग सम्बन्धित स्नायुहरूको प्रणाली (मान्छेमा सीमित) |
1055 कमानीदार वि. १. बुद्धिमान्, स्मरणशाली, तेजस्वी (व्यक्ति)।
1056 कमानीदार वि. २. कमानीवाला हैकमवाला।
1057 कमान्डर ना. सेनाको एक उपाधि, पति (जस्तै - चमूपतिः कोर कमान्डर)।
1058 कमान्डर इन चिफ ना. १. प्रधान सेनापति।
1059 कमान्डर इन चिफ ना. २. राणाकालीन चिफसाहेब अथवा कमाडचिफ |
1060 कमान्डरी वि. १. कमान्डरसम्बन्धी, कमान्डरको काम गर्ने।
1061 कमान्डरी वि. ना. २. कमान्डरको चाला (उदा.- तपाईंको कमान्डरीले मलाई के गर्यो खै !)।
1062 कमान्डरी किताबखाना ना. सरकारी जागिरदारहरूको नामनामासी र तलबको लगत दर्ता गर्ने अड्डा (कर्मचारी प्रशासन व्यवस्था विभागको पूर्वरूप।)।
1063 कमारागिरी ना. कमार्तन, दासता।
1064 कमारो ना. सं. १९८१ सालमा करिया अमलेख हुनुभन्दा पूर्व कृषिदेखि लिएर घरेलु काममा समेत गृहस्थले सम्पत्तिका रूपमा किनबेच गर्ने गरेको श्रमिकवर्गको व्यक्ति, करिया, दास, घर्ती, खवासे।
1065 कमारो ना. स्त्री. कमारी।
1066 कमार्तन ना. कमारागिरी; दासता; दासत्व |
1067 कमाल ना. १. कुनै अनौठो अद्भुत वा चमत्कारिलो कार्य चमत्कार।
1068 कमाल ना. २. आश्चर्यजनक दक्षता वा कुशलता।
1069 कमाल ना. (उदा.- तेन्जिङ नोर्गेले सगरमाथा चढेर कमाल गरे। )।
1070 कमालको वि. अनौठो, अदभुत, आश्चर्यजनक (व्यक्ति, कार्य, वस्तु, इ.)।
1071 कमिच/कमिज ना. दौरा, कुर्ता, मयलपोस आदि झैँ कमरभन्दा माथि लगाइने, तनाको साटो टाँक, चेन आदि जडिने, बाहुला पूरा वा आधा हुने, आधा बाहुला भए साधारण मोहोता हुने, पूरा बाहुला भए कफ हुने तथा घाँटीमा कलर नामक कर्णाकार कठालो हुने अनेकौं प्रकारका उत्तरीय वस्त्रमध्ये कुनै एक (हाफ कमिज, फुल कमिज आदि)।
1072 कमिटी ना. हे. समिति।
1073 कमिनी ना. १. कामीको स्त्रीलिङ्गी रूप।
1074 कमिनी ना. २. कामी जातकी नारी वा कामीकी पत्नी।
1075 कमिली सलाह क्रि.वि. १. कमिला सरह, छ्यासछ्यासती, स्याउँस्याउँती, बग्रेल्ती |
1076 कमिली सलाह क्रि.वि. वि. २. धेरै, प्रशस्त (प्रायः सङ्ख्या)।
1077 कमिलो ना. गुलियो आदि स्वादिला पदार्थ रुचाउने, दुला, गोला वा पातमा गुँड लगाएर फुल पार्ने, ऋतुअनुसार फुल आदि बोकेर ठाउँ सर्ने, भविष्यका लागि अन्न फूल आदि सञ्चय गर्ने र पिँधमा बारुला आदिको झैं चिल्ने खिल हुने, जीवविज्ञानका अनुसार फर्मिसिडी परिवारमा पर्ने ज्यादै सानोदेखि लिएर ठिक्कको सानो आकारमा र जातअनुसारको रङमा देखा पर्ने भाले, पोथी र नपुंसकसमेत सम्मिलित भएर समुदाय गठन गरी सामूहिक रूपमा रहने एक जातको किरो।
1078 कमिसन ना. १. कुनै वस्तु किनबेच गर्दा बेपारीले माल किन्ने गाहकीलाई मोलमा केही रकम घटाएर दिने सुविधा।
1079 कमिसन ना. २. कुनै उत्पादक वा थोक वितरकले खुजुरा बेपारीलाई थोक माल लिएबापत निर्धारित मोलमा केही प्रतिशत घटाई दिने सुविधा।
1080 कमिसन ना. ३. व्यापारिक दलाल वा मध्यस्थ व्यापारीले आफूभन्दा माथिल्लो तहको व्यापारीबाट आफूले दलाली वा मध्यस्थता गरेबापत पाउने पारिश्रमिक, दलाली।
1081 कमिसन ना. ४. हे. आयोग।
1082 कमिस्नर ना. १. राजनीतिक नियुक्तिका आधारमा नियुक्त हुने अञ्चल वा जिल्लाका प्रमुख समस्याहरूको रेखदेख गर्ने क उच्च पद वा पदाधिकारी।
1083 कमिस्नर ना. २. अञ्चलाधीशको व्यवस्था हुनुभन्दा पहिले नेपालको राजधानी काठमाडौंमा बडाहाकिमको साटो काम गर्ने गरी तैनाथ गरिएको बडाहाकिमभन्दा माथिल्लो तहको पद वा पदाधिकारी।
1084 कमी ना. १. चाहिँदोभन्दा कम हुने भइरहेको सङ्ख्या, मात्रा, दर्जा, मान, गुण, परिमाण आदि घट्न जाने अवस्था वा स्थिति भएको वा चाहिएको भन्दा थोर हुने अवस्था, अल्पता, न्यूनता, अपर्याप्तता घटी।
1085 कमी ना. २. भाउ आदिको मन्दी।
1086 कमेना/ कमेनी ना. कामी जातकी स्त्रीलाई मान जनाउने शब्द |
1087 कमेरे वि. कमेरोजस्तो, कमेराका छाँटको सेतो रङको धमिलो (प्रायः तरल पदार्थ )।
1088 कमेरे पानी ना. सेतो रङको धमिलो पानीसँग मिल्दोजुल्दो भएको आधारमा जाँडलाई दिइने गरेको व्यङ्ग्यात्मक संज्ञा (तुल. नर्सिङट्वाक - रक्सी, नरम चाना- सुँगुरको मासु, भुत्ले साग- कुखुराको मासु आदि)।
1089 कमेरो ना. चुन जस्तै पोतेर घर आदि सिँगार्ने काम लिइने एक प्रकारको चिप्लो सेतो माटो (तुल) जुली कुमेटो - कमेरो)।
1090 कमै ना. १. प्रायः घुम छाप्ने काममा आउने एक प्रकारको ठुलठुला पात भएको लहरो।
1091 कमै ना. वि. २. अल्पताबोधक शब्द 'कम' को निश्चय, सीमा, अवधारणा, अठोट आदि जनाउँदाको रूप।
1092 कमै ना. (उदा.- धनमा म तिमीभन्दा कमै हुँला, तर मनमा कम छैन)।
1093 कमैया ना. १. जग्गाधनीकै नगदी र जिन्सी कर्जा लिएर सपरिवार अर्काको जग्गा कमाउने किसान, हरुवा (तुल) मैथिली हरवा)।
1094 कमैया ना. वि. २. काममा साह्रै जोतिन सक्ने, कमाइवाल, आर्जनी, पौरखी हिकमती (तुल) मैथिली कमकर)।
1095 कमोत ना. खेतबारी कमाउने काम।
1096 कमोत बस्ती ना. कमोत भएको वा हुन लायक बस्ती आबाद बस्ती।
1097 कमोती ना. १. कमो।
1098 कमोती ना. २. कमोतबाट आएको आयस्ता आर्जन।
1099 कमौट ना. १. हे. कमो।
1100 कमौट ना. २. गहनागुरिया वा भाँडाकुँडा आदि कमाउने वा कमाउन लगाउने काम।